काठमाडौं । सर्वोच्च अदालतकी वरिष्ठ न्यायाधीश सपना प्रधान मल्ल २० दिनका लागि बिदामा बसेकी छन् । मंगलबार डा. मनोजकुमार शर्माको प्रधानन्यायाधीशमा नियुक्ति भएसँगै मल्ल बिदामा बसेकी हुन् ।

सर्वोच्च अदालतका प्रवक्ता अर्जुन कोइरालाले न्यायाधीश मल्ल २० दिन बिदामा रहेको जानकारी दिएका छन् ।
यसअघि संवैधानिक परिषद्ले आफूभन्दा जुनियर रहेका डा. शर्मालाई प्रधानन्यायाधीशमा नियुक्तिका लागि सिफारिस गरेपछि न्यायाधीश मल्ल असन्तुष्ट रहेको चर्चा भएको थियो ।
प्रधानन्यायाधीश प्रकाशमानसिंह राउत ६५ वर्षे उमेरहदका कारण अवकाश भएपछि वरिष्ठतम न्यायाधीशका रूपमा मल्लले २०८२ चैत १८ गतेदेखि कायममुकायम प्रधानन्यायाधीशको जिम्मेवारी सम्हाल्दै आएकी थिइन् ।










