२०८३ बैशाख २६ शनिबार
२०८३ बैशाख २६ शनिबार

गणेश बहादुर थापाको अध्यक्षतामा सुपादेउराली मन्दिरको नयाँ व्यवस्थापन समिती गठन

अर्घाखाँची । अर्घाखाँची जिल्लाको सन्धिखर्क नगरपालिका स्थित प्रसिद्ध धार्मिक तथा पर्यटकीय स्थल सुपादेउराली मन्दिरमा नयाँ मन्दिर व्यवस्थापन समिति गठन गरिएको छ। स्थानीय समाजसेवी गणेशबहादुर थापाको अध्यक्षतामा सर्वसम्मत रूपमा समिति चयन गरिएको हो।

नवगठित समितिले मन्दिरको संरक्षण, नियमित पूजा व्यवस्थापन तथा धार्मिक एवं पर्यटकीय गतिविधिको प्रवर्द्धनका लागि दीर्घकालीन योजना अघि बढाउने जनाएको छ। समितिले मन्दिर परिसरको व्यवस्थापन, सरसफाइ, भक्तजनको सुविधालगायत विकास निर्माणका कामलाई प्राथमिकतामा राख्ने बताएको छ।

स्थानीयवासी, भक्तजन तथा सरोकारवालाहरूले नयाँ समितिले मन्दिरको सुशासन, विकास र व्यवस्थापनलाई अझ प्रभावकारी बनाउने विश्वास व्यक्त गरेका छन्।

समितिको अध्यक्षमा गणेशबहादुर थापा चयन भएका छन् भने उपाध्यक्षमा निरज गुरुङ, सचिवमा हरि खनाल, सह–सचिवमा कमल थापा र कोषाध्यक्षमा थम्मन थापा (दुमान) रहेका छन्। समितिमा अन्य सदस्यहरू समेत रहेका छन्।

छुटाउनुभयो कि ?

error: कपि गर्नु राम्रो होइन ! कृपया आफ्नो भाषामा लेख्नु होला !

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।