काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रपति रामचन्द्र पौडेलसँग भेटवार्ता गरेका छन्। शनिबार साँझ प्रधानमन्त्री प्रचण्ड र राष्ट्रपति पौडेलबीच शीतल निवासमा भेटवार्ता भएको हो।

भेटमा प्रधानमन्त्री प्रचण्डले आसन्न भारत भ्रमणबारे जानकारी गराएका थिए भने अन्य समसामयिक विषयमा पनि कुरा भएको सचिवालयले जानकारी गराएको छ।

प्रधानमन्त्री प्रचण्ड आइतबार दिउँसो १ बजेर २५ मिनेटमा भारत प्रस्थान गर्दैछन्। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको मैत्रीपूर्ण निमन्त्रणामा प्रधानमन्त्री प्रचण्ड त्यसतर्फ जान लागेका हुन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0