
काठमाडौं । ग्रिनल्यान्ड र भ्याली पब्लिकले चौथो हेराल्ड एसइइ कप थ्री अन थ्री बास्केटबल प्रतियोगिताको उपाधि आइतबार जितेका छन् । ग्रिनल्यान्ड ब्वाइज तथा भ्याली पब्लिक गल्र्समा च्याम्पियन भए ।
धापासीस्थित आयोजक हेराल्ड इन्टरनेसनल कलेजको कोर्टमा भएको ब्वाइजको फाइनलमा ग्रिनल्यान्डले ड्रिम अनलाई १९–१८ ले पराजित ग¥यो ।
गल्र्सको उपाधि भिडन्तमा भ्याली पब्लिकले फेरिल्यान्डलाई १५–८ ले हरायो । दुवै समूहका विजेताले १५ हजार तथा उपविजेताले १० हजार नगद पुरस्कार प्राप्त गरे । ब्वाइजमा ग्रिनल्यान्डका प्रवीण गुरुङ तथा गल्र्समा भ्याली पब्लिककी अनिता गुरुङ ‘मोस्ट भेलुएबल प्लेयर’ घोषित भए ।
विजेतालाई हेराल्डका प्रमुख कार्यकारी अधिकृत कपिल ज्ञवाली, सिफ्ट तथा इसीए इन्चार्ज मदनप्रसाद फुयाल, सिफ्ट इन्चार्ज राजेशराज अर्याल र एकेडेमिक को–ओर्डिनेटर दीपेन्द्र पुडासैनीले एक कार्यक्रमबीच पुरस्कृत गरे ।
नगद पुरस्कारसहित सहभागी सबै खेलाडीलाई हेराल्डमा प्लस टु अध्ययन गर्न छात्रवृत्तिको पनि व्यवस्था गरिएको छ । विजेता टोलीका खेलाडीले ७० प्रतिशत, उपविजेताले ६५ प्रतिशत र सहभागी खेलाडीले ५० प्रतिशत छात्रवृत्ति पाउने छन् । दुईदिने प्रतियोगिताको ब्वाइजमा ६५ तथा गल्र्समा ३२ गरी ९७ टिमले लिग कम नकआउट आधारमा प्रतिस्पर्धा गरेका थिए ।
रामेछाप । रामेछाप जिल्लाको पाँच ठाउँमा एकैपटक `उद्यमी बनाै स्वदेशमै रमाै´ शीर्षकमा वक्तृत्वकला कार्यक्रम सम्पन्न भएको छ ।
रामेछाप काठमाडौँ सृजनशिल समाजको आयोजनामा शुक्रवार कार्यक्रम सम्पन्न गरिएको संस्थाको संयोजक कृष्णहरि बुढाथोकीले जानकारी दिए ।
उनले दिएको जानकारी अनुसार खाँडादेवी गाउँपालिकाको बुद्ध भवानी मावि,मन्थली नगरपालिकाको श्री भुमेश्वर रुद्र उच्च मावि ,सिक्राल मावि ,उमाकुण्डको सिद्वेस्वर मावि र लिखु तामाकोसी गाउँपालिका तिल्पुङ स्थित नवदर्शन माविमा सम्पन्न भएको हो ।
खाँडादेविको बुद्ध भवानी मावि माकादुममा ७ विद्यालयका विद्यार्थीहरुको उपस्थिति रहेकोे थियो । उक्त प्रतियोगितामा श्री बुद्ध भवानी माविका रश्मी भुजेल प्रथम , श्री बिष्णु जनज्योति माविका जान्हबी केसी द्दितीय र श्री भारती माविका मेगर्पा राम्चु खड्का तृतीय भएको थियो ।
समाजले एकैदिन २० विद्यालयहरुको सहभागितामा पाँच स्थानमा कार्यक्रम सम्पन्न गरिएको यो पहिलोपटक हो ।
स्थापना कालदेखि नै विभिन्न सामाजिक कार्यहरू गर्दै आइरहेको यस संस्थाले अहिले शिक्षाको गुणस्तरमा परिवर्तन गर्ने उदेश्यले विभिन्न विद्यालयमा पुगेर शैक्षिक कार्यक्रमहरु गर्दै आइरहेको छ ।
मुख्यमन्त्री सिंहको सिफारिशमा प्रदेश प्रमुख सुमित्रा भण्डारीले सुवेदीले जनमत पार्टीका त्रिभुवन साह र मोहम्मद सकिल मियालाई मन्त्री नियुक्त गरेकी छन्। साहले वन मन्त्रालयको जिम्मेवारी पाएका छन्।
त्यस्तै, मियाँलाई भने कुनै जिम्मेवारी दिइएको छैन। उनलाई विना विभागीय राज्यमन्त्री नियुक्त गरिएको हो।
यसअघि जेठ २५ मा मुख्यमन्त्री सिंहले १० मन्त्री र तीन राज्यमन्त्री बनाएका थिए। अब मधेश प्रदेश सरकार १६ सदस्यीय बनेको छ।
नवनियुक्त मन्त्रीले आइतबार नै पद तथा गोपनीयताको शपथ लिएका छन्।
काठमाडौँ । बालाजु माछापोखरीमा मुख्य कार्यालय रहेको मेगा ड्रिम बहुउद्देश्यीय सहकारी संस्थाले बचतकर्ताको २१ करोड २ लाख ८४ हजार ६ सय ९२ रुपैयाँ अपचलन गरेको पाइएको छ ।
काठमाडौंका ४ स्थान कालीमाटी, न्युरोड, चाबहिल र जोरपाटीमा शाखा कार्यालय रहेको मेगा विगत १४ वर्षयता सञ्चालनमा रहँदै आएको छ ।
पीडितमध्येका बाबुराम पाण्डे, मातृकाप्रसाद वाग्ले लगायतले २०८० असोज २४ गते बागमती प्रदेशस्थित संस्कृति, पर्यटन तथा सहकारी मन्त्रालयमा मेगाविरुद्ध उजुरी दिएपछि ठगी घटनाको पर्दाफास भएको थियो ।
अनुसन्धानका लागि प्रहरीले गत फागुन ३० मा सहकारीका अध्यक्ष महाशंकर रेग्मी, उपाध्यक्ष वासुदेव भट्ट, सचिव ईन्द्रप्रसाद गेलाल, कोषाध्यक्ष रविनकुमार कार्की, सदस्य शेखर बस्नेत, सदस्य राजकुमार श्रेष्ठ र सदस्य शरदकुमार अधिकारीको हकमा जिल्ला अदालतमार्फत पक्राउ पुर्जी जारी गर्यो ।
खोजी गर्दै जाँदा जेठ १ गते काठमाडौंका विभिन्न स्थानहरूबाट मेगाका उपाध्यक्ष वासुदेव भट्ट, सचिव ईन्द्रप्रसाद गेलाल र सदस्य शरदकुमार अधिकारीलाई पक्राउ गर्न सफल भयो भनि अरु भने फरार छन् ।
अध्यक्ष रेग्मी, कोषाध्यक्ष कार्की, सदस्य शेखर बस्नेत, राजकुमार श्रेष्ठ, लेखा सुपरिवेक्षण समिति संयोजक तथा पूर्व अध्यक्ष उमाकान्त न्यौपाने, लेखा सुपरिवेक्षण समिति सदस्य प्रकाश घिमिरे, सुभद्रा चौलागाईं हालसम्म पनि फरार छन् ।
काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नक्कली शैक्षिक प्रमाणपत्र पेस गरेर राष्ट्रिय अनुसन्धान विभागको उप-अनुसन्धान निर्देशक पदमा कार्यरत हेमन्त चौधरीविरुद्ध मुद्दा दायर गरेको छ ।
चौधरीले भारतको मगध विश्वविद्यालय, बोधगयाबाट बि.ए. उत्तीर्ण गरेको भनी नक्कली शैक्षिक योग्यताको प्रमाणपत्र पेस गरी राष्ट्रिय अनुसन्धान विभागमा अनुसन्धान अधिकृतको बढुवा नियुक्ति लिई त्यसपश्चातका माथिल्ला विभिन्न पदको लागि समेत सोही प्रमाणपत्र पेस गरी हाल राष्ट्रिय अनुसन्धान विभाग अन्तर्गत उप-अनुसन्धान निर्देशक पदमा रही ओहोदा, लाभ र सुविधा प्राप्त गरेको पुष्टि भएको भन्दै अख्तियारले मुद्दा दायर गरेको जनाएको छ ।
अख्तियारले चौधरीको उक्त कार्य भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ को उपदफा (१) बमोजिमको कसुर भएको हुँदा निजलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ को उपदफा (१) बमोजिम कैद र जरिवाना सजाय हुन मागदाबी लिई आज विशेष अदालत, काठमाडौंमा आरोप-पत्र दायर गरिएको जनाएको छ ।
धादिङ । धादिङको गजुरी गाउँपालिका–५ घाटबेशी स्थित त्रिशूली नदीमा शनिबार बेपत्ता भएका दुई किशोरमध्य एकजनाको शव फेला परेको छ।
सशस्त्र प्रहरीको गोताखोरले नदीको २० फिट गहिराईबाट १५ वर्षीय युनिक सुवेदीको शव आज (आइतबार) निकालेको हो।
सोही स्थानका १३ वषीय रिदम रोईला अझै बेपत्ता छन्। उनको खोजी जारी रहेको एपीएफले जनाएको छ।
युनिक र रिदम शनिबार दिउँसो ४ बजे देखि हराइ रहेका थिए। त्रिशूली नदी किनारमा उनीहरूले लगाएको कपडा भेटिएपछि उक्त स्थानमा सशस्त्र प्रहरी बल, नेपाल बिपद् व्यवस्थापन बेश आदमघाटबाट सशस्त्र प्रहरी उपरीक्षक मदन कुमार रसाईलीको कमाण्डमा ७ जनाको टोली खटिएको थियो।
तर शनिबार ती किशोररू फेला नपरेपछि उद्धार कार्य स्थगित गरेको सशस्त्र प्रहरीले आज (जेठ २७ गते) विहानैदेखि खोेजी सुरु गरेको थियो।
त्यसक्रममा आज १ः२० बजे कपडा खोलेको ठाउँ देखि १०/१५ मिटर माथि युनिकको लास फेला पारेको हो।
उनीसँगै हराइरहेका अर्का किशोर रिदमको खोजीकार्य जारी रहेको प्रहरीले जनाएको छ।
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) भारत प्रस्थान गरेका छन् ।
भारतको प्रधानमन्त्री नरेन्द्र मोदीको शपथग्रहण समारोहमा सहभागी हुन प्रधानमन्त्री प्रचण्ड आइतबार दिउँसो नयाँदिल्ली उडेका हुन् ।
प्रधानमन्त्री प्रचण्डका साथमा उनकी छोरी गंगा दाहाल, कानुन, न्याय तथा संसदीय मामिलामन्त्री पदम गिरी, परराष्ट्रसचिव सेवा लम्साल, परराष्ट्र मन्त्रालयका शिष्टाचार महापाल विष्णुप्रसाद गौतम र परराष्ट्रको दक्षिण एसिया महाशाखा प्रमुख भृगु ढुंगाना रहेका छन् ।
भारतीय प्रधानमन्त्री मोदीले तेस्रो कार्यकालका लागि आज साँझ ६ बजे शपथ लिने कार्यक्रम रहेको छ ।
काठमाडौं महानगरपालिका-१४ कलंकीमा चिया पसल संचालन गरी बस्ने तारा देबी डंगोललाई नेपाली एक हजार दरको ५ सय १५ थान नक्कली नोटसहित शनिबार राति प्रहरीले पक्राउ गरेको छ ।
डंगोलले नक्कली नोटको कारोबार गरेको भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी परिसर काठमाडौंबाट खटिएको प्रहरीले उनको पसल तलासी गर्दा उक्त नोट फेला पारी उनलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
काठमाडौं: भन्सार छली अवैध रूपमा संकलन गरी लैजान लागेको करिब २५ ग्राम सुनजस्तो देखिने पहेंलो धातुको सिक्री १ थान र करिब ६९ ग्राम ९९ मिलिग्राम सुन जस्तो देखिने पंहेलो धातुको काँचो डल्लोसहित २ जनालाई गएराति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा मोरङ केराबारी गाउँपालिका-९ बस्ने ३१ वर्षीय सरोज कोईराला र रौतहट कटहरिया नगरपालिका-६ बस्ने २४ वर्षीय मोहम्मद इन्तेयाज आलम रहेका छन् । कतार एयर उडानद्वारा नेपाल आएका कोईरालाले भन्सार छली ल्याएको उक्त धातु आलमलाई दिने क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अन्तर्राष्ट्रिय आगमन पार्किङ एरियाबाट उनीहरूलाई प्रहरीले पक्राउ गरेको हो ।
यसैगरी काठमाडौं, भन्सार छली अवैध रूपमा संकलन गरी लैजान लागेको करिब ५० ग्राम सुन जस्तो देखिने पहेंलो धातुको सिक्री १ थानसहित २ जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सप्तरी सुरुङ्गा नगरपालिका-५ बस्ने २१ वर्षीय मोहमद अरमान र सप्तरी खडक नगरपालिका-६ बस्ने ३७ वर्षीय ज्याउदिन मिंया रहेका छन् । कतार एयरको उडानद्वारा दोहाबाट नेपाल आएका ज्याउदिनले भन्सार छली ल्याएको उक्त धातु अरमानलाई दिने क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अन्तर्राष्ट्रिय आगमन पार्किङ एरियाबाट उनीहरूलाई प्रहरीले पक्राउ गरेको हो ।
उनीहरूलाई आवश्यक कारवाहीको लागि भन्सार कार्यालय बुझाइने छ ।
काठमाडौँ । प्रतिनिधि सभाको आज र भोलिको बैठक सूचना टाँसेर स्थगित गर्ने निर्णय भएको छ । सभामुख निवास बालुवाटारमा आइतबार बिहान बसेको मुख्य दलका प्रमुख सचेतकसहितको बैठकले दुई दिन बैठक स्थगित गर्ने निर्णय गरेको हो ।
आजदेखि विनियोजन विधेयकमाथि छलफल गर्ने कार्यसूची थियो । अब २७ गतेदेखि नियमित छलफल हुनेछ । विनियोजन विधेयक, २०८१ अन्तर्गत मन्त्रालयगत छलफलका लागि बजेट पुस्तिका अध्ययनका लागि दलहरूले समय मागेका कारण बैठक रोक्नुपरेको हो ।
सभामुख देवराज घिमिरेले बोलाउनुभएको बैठकमा उपसभामुख इन्दिरा राना, नेपाली कांग्रेसका सचेतक सुशीला थिङ, एमाले प्रमुख सचेतक महेश बर्तौला, माओवादी केन्द्रका मुख्य सचेतक हितराज पाण्डे, रास्वपा प्रमुख सचेतक सन्तोष परियार र राप्रपा प्रमुख सचेतक ज्ञानबहादुर शाही उपस्थित थिए ।
बैठकमा मुख्य सचिव डा वैकुण्ठ अर्याल र सङ्घीय संसदका महासचिव पद्मप्रसाद पाण्डेय पनि सहभागी थिए । अर्को बैठक जेठ २९ गतेका लागि बोलाइने भएको छ ।





