काठमाडौं । विपक्षमा रहेका राजनीतिक दलका नेताहरुले गृहमन्त्री रवि लामिछानेलाई संसदमा बोल्न दिने भएका छन् ।
समिति बनाउने कुरामा सहयोग पुग्ने देखिएकाले बोल्दा अवरोध नगर्ने निष्कर्षमा आफूहरु पुगेको कांग्रेस प्रमुख सचेतक रमेश लेखकले जानकारी दिए ।
उनका अनुसार छानबिन समितिको टीओआर नबनेसम्म अन्य कारबाही अघि बढ्न नदिने निर्णय भएको छ ।
“माननीय रवि लामिछानेले धेरै समय माग्नुभएको छ । उहाँलाई समय दिँदा हामी त्यसमा उहाँलाई सुन्न तयार छौँ,” उनले भने, “समिति नबनेसम्म हामी हाम्रो मागमा अडिग छौँ ।”
उनले टीओआर नबन्दै बोल्न चाहे दिने तर समितिले पूर्णता नपाएसम्म संसद्का अन्य कारबाही अघि नबढ्ने बताए ।
सनिबार प्रधानमन्त्री निवास बालुवाटारमा भएको सत्ता गठबन्धन र नेपाली कांग्रेसका शीर्ष नेताहरुबीचको छलफलमा संसदीय छानबिन समिति गठन गर्न दलहरु सहमत भएका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1