२०८३ बैशाख १९ शनिबार
२०८३ बैशाख १९ शनिबार

पार्टीले कोटा पुर्याउन मात्रै तामाङलाई स्थान दिइरहेको छ – उर्जा राज्यमन्त्री कान्छाराम 

काठमाडौ । नेपाल सरकारको उर्जा,जलस्रोत तथा सिँचाइ राज्यमन्त्री पुर्ण बहादुर तामाङ(कान्छाराम) ले राजनीतिक दलहरूले तामाङलाई कोटा पुर्याउन मात्रै स्थान दिइएको बताएका छन् । 

तामाङ पत्रकार संघको सातौं संघिय राष्ट्रिय महाधिवेशमा प्रमुख अतिथिको रूपमा उपस्थित राज्यमन्त्री कान्छारामले सो कुरा बताएका हुन् । `देउतालाई धुप बाल्दाखेरी पहिला बीचको देउतालाई बाल्दिन्छ र छेउछेउको लाई यसो घुमाइदिने मात्रै हो,´ कान्छारामले भने -`हामीहरुलाई पार्टीहरुले बीचबाट कहिल्यै धुप बाल्दैन । हामीलाई छेउछेउको त्यो संख्या पुर्याउने काम मात्रै गरेको छ । जुनसुकै पार्टीले पनि ।´

नेपाली काङ्ग्रेस रामेछापको जिल्ला सभापति समेत रहेका कान्छारामले तामाङहरुबीच  एकता नहुँदा धेरै पछि परेको बताउँदै तामाङहरु सबै एकीकृत भएर अगाडि बढ्नुपर्नेमा जोड दिए ।

उनले कुनै पार्टीको भन्दा पनि तामाङको मुद्दा  लिएर तामाङ पत्रकार संघलाई अगाडि  बढाउन सुझाव समेत दिए । `आज हामी तामाङहरु मिल्न सकेको छैन । सबै अलगअलग छौँ, ´ राज्यमन्त्री कान्छारामले भने -`यहाँ तामाङ पत्रकार साथीहरू कुनै न कुनै पार्टीमा आवद्ध हुनुहुन्छ होला । तपाईंहरु जुन पार्टीमा भएपनी यसमा राजनीति नगरी कुनै पार्टीको भन्दा पनि तामाङको मुद्दा  लिएर अगाडि बढ्नुहोला ।´

तामाङ पत्रकार संघको सातौं महाधिवेशनबाट नेत्र तामाङको नेतृत्वमा ३५ सदस्यीय नयाँ कार्यसमिति निर्वाचित भएको छ । 

https://www.khabarpetika.com/2024/12/28/9475/

छुटाउनुभयो कि ?

error: कपि गर्नु राम्रो होइन ! कृपया आफ्नो भाषामा लेख्नु होला !

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।