
नेपाललाई लोडसेडिङ मुक्त घोषणा गरेको झन्डै एक दशक पुग्नै लागेको छ । नेपाल विद्युत प्राधिकरणमा पहिलोपटक कार्यकारी निर्देशकमा कुलमान घिसिङ नियुक्ति भएपछि देशलाई लोडसेडिङ मुक्त गराइएको थियो ।
घिसिङको गृहजिल्ला चाहिँ रामेछाप हो । रामेछापमा भने त्यसअघि देखि नै लोडसेडिङ मुक्त थियो । लगभग रामेछापका सबै गाउँ-गाउँमा विजुली पुगेको छ । सबै घरपरिवारले विजुलीको प्रयोग गरिरहेका छन् ।



यसैबीच झन्डै १६ बर्षदेखि विजुली बत्ती गाउँमा पुगेर पनि आर्थिक अभावका कारण प्रयोग गर्न नसकिरहेका रामेछाप मन्थली नगरपालिका -१० चनखु स्थित ३ घर परिवारमा उज्यालो लिएर रामेछाप काठमाडौ सृजनशिल समाज पुगेको छ । संस्थाको स्थापना कालदेखि नै विभिन्न सामाजिक काम गर्दै आइरहेको यस संस्थाले भर्खरै चनखुका तीन घर परिवारमा विजुली बत्ति जोडि दिएको संस्थाको संयोजक कृष्णहरि बुढाथोकीले जानकारी दिए ।
१६ वर्ष हुँदा समेत अध्यारोमा जीवन गुजारिरहेका सुन माया तामाङ ,मोति तामाङ र खडग कुमारी बोहोराको घरपरिवारलाई ” चनखु उज्यालो सेवा” कार्यक्रम अन्तर्गत संस्थाको आर्थिक सहयोगमा मिटर, तार, बल्व, खरिद गरि मिस्त्री समेत लगाएर बत्ती जाेडी दिइएको संस्थाकाे कार्यक्रम संयोजक एवम् आजीवन सदस्य तारादिप बुढाथोकीले बताए ।
बत्ति जोडिएपछी तीनै घरपरिवारका सदस्यहरु खुशी भएका छन् ।
वडा प्रतिनिधि सहित संस्थाको सदस्य उत्तम चाैहान र कमल कार्कीकाे पनि उपस्थिति रहेकोे थियो ।
चनखु उज्यालो सेवा कार्यक्रमका सहयोगीहरु :-
१. तारादिप बुढाथोकी रु १०००/-
२. कृष्ण हरि बुढाथोकी रु १०००/-
३ यम विक्रम पाैडेल रु १०००/-
४.राधाकृष्ण खड्का रु ५००/-
५. केशव फुयाँल रु १०००/-
६ रमेश अछामी रु ५००/-
७ कमल कार्की रु १३००/-
८. हरि विक्रम कार्की रु ३०००/-
९ नारायण खड्का रु १००५/-
१० उत्तम चाैहान ३२४५/-
११ भरत कार्की रु ५०५/-
१२ सहयाेगी मन रु १००५/-
१३ बाबु खड्का ५५५/-
१४ सुमन गिरि रु ५०५/-
१५ सिहंराज याेन्जन रु ५५५/-
१६ सुनिल बस्नेत रु १०००/-
१७ सिताराम ढुंगेल रु ५००/-
१८ उत्तम कुमार श्रेष्ठ रु ५००/-
१९ अरुण प्रशाद अधिकारी रु ५०५/-
२० साेम बुढाथोकी रु १२९८/-
२१ सरिना घिसिङ रु १०००/-
२२ राजेन्द्र गुरागाईं रु १०००/-
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई लक्षित गर्दै अर्काको काँधमा चढेर राज गरिरहने दिन सकिएको बताएका छन् । आइतबार नेकपा एमाले, पर्सा कमिटीले आयोजना गरेको जनसभालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।
साथै, उनले अहिले नेपाली कांग्रेससँग बनेको सरकार गठबन्धन नभइ समीकरण भएको जिकिर गरे ।
‘अर्काको काँधमा चढेर म्याजिक नम्बर भन्दै धक्कु लगाउँदै मनपरितन्त्र चलाउने दिन गए । त्यो दिन जानुपर्छ भनेर नै नेकपा एमाले र नेपाली कांग्रेसले मिलेर अहिलेको समीकरण बनाएको हो,’ ओलीले भने ।
उनले नेकपा एमाले र अहिलेकै समीकरणले देश विकास गर्ने र विकासको नेतृत्व एमालेले नै गर्ने दाबी पनि गरे ।
उनले भने, ‘हामीले त्यतिबेला सुरु गरेर बिजोग भएका कामहरू फेरि अघि बढाएका छौं । ती कामहरू गर्न अग्रसर छौं । विश्वास गर्नुस्, नेकपा एमालेले गर्छ, एमालेको नेतृत्वले गर्छ । अहिलेको सरकार नेकपा एमाले र नेपाली कांग्रेसको छ । यसले गर्छ । किनभने देशको राजनीति अत्यन्त अस्थिर भयो ।’
काठमाडौ । नेपाल सरकारको उर्जा,जलस्रोत तथा सिँचाइ राज्यमन्त्री पुर्ण बहादुर तामाङ(कान्छाराम) ले राजनीतिक दलहरूले तामाङलाई कोटा पुर्याउन मात्रै स्थान दिइएको बताएका छन् ।
तामाङ पत्रकार संघको सातौं संघिय राष्ट्रिय महाधिवेशमा प्रमुख अतिथिको रूपमा उपस्थित राज्यमन्त्री कान्छारामले सो कुरा बताएका हुन् । `देउतालाई धुप बाल्दाखेरी पहिला बीचको देउतालाई बाल्दिन्छ र छेउछेउको लाई यसो घुमाइदिने मात्रै हो,´ कान्छारामले भने -`हामीहरुलाई पार्टीहरुले बीचबाट कहिल्यै धुप बाल्दैन । हामीलाई छेउछेउको त्यो संख्या पुर्याउने काम मात्रै गरेको छ । जुनसुकै पार्टीले पनि ।´
नेपाली काङ्ग्रेस रामेछापको जिल्ला सभापति समेत रहेका कान्छारामले तामाङहरुबीच एकता नहुँदा धेरै पछि परेको बताउँदै तामाङहरु सबै एकीकृत भएर अगाडि बढ्नुपर्नेमा जोड दिए ।
उनले कुनै पार्टीको भन्दा पनि तामाङको मुद्दा लिएर तामाङ पत्रकार संघलाई अगाडि बढाउन सुझाव समेत दिए । `आज हामी तामाङहरु मिल्न सकेको छैन । सबै अलगअलग छौँ, ´ राज्यमन्त्री कान्छारामले भने -`यहाँ तामाङ पत्रकार साथीहरू कुनै न कुनै पार्टीमा आवद्ध हुनुहुन्छ होला । तपाईंहरु जुन पार्टीमा भएपनी यसमा राजनीति नगरी कुनै पार्टीको भन्दा पनि तामाङको मुद्दा लिएर अगाडि बढ्नुहोला ।´
तामाङ पत्रकार संघको सातौं महाधिवेशनबाट नेत्र तामाङको नेतृत्वमा ३५ सदस्यीय नयाँ कार्यसमिति निर्वाचित भएको छ ।

काठमाडौं । तामाङ सेलो गायिका इन्दिरा गोलेलाई ‘इन्दिरा गोले बचाउ अभियान’ बाट संकलन भएको आर्थिक सहयोग हस्तान्तरण गरिएको छ। विभिन्न व्यक्ति र संस्थाबाट सङ्कलित रकम गायिका गोलेलाई शनिवार हस्तान्तरण गरिएको सङ्घका कोषाध्यक्ष सुजन कुमार मोक्तान(बैरागी)ले जानकारी दिए ।

अभियानबाट सङ्कलित रकम ३५ लाख २८ हजार ४३७ र बिरामीलाई प्रत्यक्ष १६ लाख १० हजार २७३ रुपैयाँ गरी ५१ लाख ३८ हजार ७१० रुपैयाँ हस्तान्तरण गरिएको हो ।
गायिका गोले केहि समयदेखि क्यान्सरको उपचार गर्दै आइरहेकी छन् । उनको स्वास्थ्य अवस्था गम्भीर भएपछि तामाङ कलाकार सङ्घको संयोजकत्वमा म्हेन्दोला फोले फाउन्डेसन र तामाङ डाजाङ संयोजन सदस्य रहने गरी ‘गायिका इन्दिरा गोले बचाउ अभियान’ सुरु गरी सहयोग जुटाउन पहल गरिएको थियो ।
कलाकार सङ्घले गोलेलाई बचाउन एकजुट हुँदै उपचारका लागि विशेष पहल गरिरहेका छन् । एक महिनाको अभियानबाट संकलित रकम हस्तान्तरण पछी गायिका गालेले सबै सहयोगी दाताहरूलाई धन्यवाद व्यक्त गरेकी छन् ।

- सहयोगको विवरण यस्तो छ :-
- तामाङ को–अपरेशन अफ क्यालिफोर्निय रु.११,०२,११०
- नेपाल प्रवासी तामाङ समाज कतार रू.९०,५००
- राजु लामा फाउन्डेशन रु. ५०,०००
- तामाङ समाज पोर्तुगल रु. ६,५१,५००
- नेपाल तामाङ समाज किताकान्तो क्षेत्रीय समिति जापान रू. ५९,८००
- नर्थ अमेरिका ज्ञानेन्द्र घलानको नेतृत्वमा रु.२,०२,०००
- लाबा ग्रुप तथा तामाङ घेदुङ दक्षिण कोरिया रु.२,७७,५१८
- NRNA इराक कुर्दिस्तान ५०,०००
- व्यक्तिगत तर्फबाट रू. ५,१९,३८०
- तामाङ घेदुङ मलेसिया रु.१,१०,०००
- Dreams Family . ५०,०००
- नेपाल राष्ट्रिय तामाङ घेदुङ पोर्चुगल रु. ३,३२, ५७८
- कमला लोप्चान नेतृत्व क्यानाडा रु.४६.०४०
- अभियानको खाताबाट दिएको जम्मा रकम रु. ३५,२८,४३७
- अभियानको माध्यमबाट प्रत्यक्ष रूपमा प्राप्त रकम तामाङ समाज जापान रु.१,२३,०००
- तामाङ घेदुङ छेजुदो शाखा दक्षिण कोरिया रु. ३०,०००
- नेपाल तामाङ घेदुङ कुबेत रू. २.२६,३२१
- पुर्बि अफ्रीका रिपब्लिक अफ सिसेल्स बिजय तामाङ को नेतृत्वमा रु. २.६४.५१६
- इन्द्र सिङ तामाङ र सोबेन्द्र तामाङको नेतृत्वमा Washington DC बाट रू. ७.३४,८०८
- तामाङ समाज NSW तथा सुन्दोर्जे तामाङ को नेतृत्व मा रु. २,३१,५२६
- जम्मा रु. १६, १०,२७३
- अभियान खर्च रु. १४,७७१
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले सहकारी सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश प्रमाणीकरण गरेका छन् ।
नेपालको संविधानको धारा ११४ को उपधारा ९१० बमोजिम नेपाल सरकार, मन्त्रिपरिषद्को सिफारिसमा उक्त अध्यादेश जारी भएको राष्ट्रपति कार्यालयका प्रवक्ता शैलजा रेग्मी भट्टराईले जानकारी दिइन् ।
मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले सहकारी ऐनको संशोधन अध्यादेश पारित गरी स्वीकृतका लागि राष्ट्रपतिसमक्ष पेस गरेको थियो । राष्ट्रपतिबाट प्रमाणीकरण भएसँगै यो अध्यादेश कार्यान्वयनमा आउने भएको छ ।

काठमाडौं, नागार्जुन नगरपालिका-२ बाट नियन्त्रित लागूऔषध डाइजेपाम १७ पिस, नोर्फिन १६ पिस र फेनारगन १६ पिस सहित सोही नगरपालिका-३ इचंगु नारायण बस्ने बारा घर भएका ३१ वर्षीय विद्या सागर लामालाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ । प्रहरी वृत्त स्वयम्भूबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।
कैलाली, गोदावरी नगरपालिका-२ बदनाम गल्लीबाट नियन्त्रित लागूऔषध स्पास्मो ३६ ट्याब्लेट सहित २ जनालाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही नगरपालिका-२ वनखेत बस्ने २१ वर्षीय अमित शाकी र २५ वर्षीय बिरेन्द्र साउँद रहेका छन् । इलाका प्रहरी कार्यालय मालाखेती अत्तरियाबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।
बारा, जितपुर सिमरा उपमहानगरपालिका-१ पथलैया चोकबाट नियन्त्रित लागूऔषध नोर्फिन १ हजार २ सय पिस, डाइजेपाम १ हजार २ सय पिस र फेनारगन १ हजार २ सय पिस सहित रौतहट कटहरिया नगरपालिका-७ बस्ने १८ वर्षीया किशोरीलाई शनिबार राति प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी पथलैयाबाट खटिएको प्रहरीले गौरबाट काठमाडौंतर्फ जाँदै गरेको बा.प्र.०१-००६ ख ५१५९ नम्बरको बसमा सवार उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।
सुनसरी, धरान उपमहानगरपालिका-१५ मिलन चोकबाट नियन्त्रित लागूऔषध स्पास्पेन १ सय २३ ट्याब्लेट र ट्रामाडोल १ सय १७ ट्याब्लेट सहित २ जनालाई शनिबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने २७ वर्षीय सन्जिप गिरी र २३ वर्षीय रोजेस श्रेष्ठ रहेका छन् । अस्थाई प्रहरी पोष्ट श्यामचोकबाट खटिएको प्रहरीले को.२६ प ८३७२ नम्बरको स्कुटरमा सवार उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।
झापा, मेचीनगर नगरपालिका-९ गैरी गाउँ बस्ने २८ वर्षीय सालु भन्ने अजय राजवंशीलाई अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ५ ग्राम ९० मिलिग्राम, मोबाईल ५ थान र नगद ५० हजार १ सय ५० रूपैयाँ सहित शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय धुलाबारीबाट खटिएको प्रहरीले उनको कोठा तलासी गर्दा उक्त पदार्थ फेला पारी पक्राउ गरेको हो ।
पाल्पा, बगनासकाली गाउँपालिका-५ राम्दिबाट नियन्त्रित लागूऔषध डाइजेपाम ४६ पिस, प्रोमोथाईजिन ४६ पिस, नोर्फिन ४६ पिस सहित कास्की पोखरा घर बताउने २८ वर्षीय गणेश श्रेष्ठलाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी राम्दीबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
काठमाडौं । लुक्लाबाट काठमाडौं आउँदै गरेको हेलिकप्टरमा चरा ठोक्किएको छ । चालकसहित ६ यात्रु सवार रहेका हेलिकप्टरमा चरा ठोक्किँदा साँगामा आकस्मिक अवतरण गरेको छ ।
हेलि एभरेष्टको ९ एन–एकेजी हेलिकप्टरमा चरा ठोक्किएको र पाइलटले थप जोखिम नलिई सुरक्षित स्थानमा अवतरण गराएको कम्पनीका एक उच्च अधिकारीले जानकारी दिए ।
काठमाडौं । गीतकार दिलकुमार तामाङको देशभक्तिपूर्ण भावयुक्त शब्दहरूमा रहेको नयाँ गीत ‘धेरै गर्व ग¥यौँ हामीले’ को भिडियो सार्वजनिक भएको छ ।
नेपालका वरिष्ठ एवम् ‘भर्सटायल’ गायक राजेशपायल राई र नेपाल आइडलबाट नेपाली साङ्गीतिक क्षेत्रमा उदाएकी गायिका ममता गुरुङको स्वर रहेको उक्त गीतलाई ख्यातीप्राप्त सङ्गीतकार दीपक शर्माले सङ्गीत भरेका छन् ।
गीतमार्फत् तामाङले नेपालीहरू इतिहास र वीरताको गर्व र आत्मरतिमा असाध्यै रमाउने गरेका तर वीरतापूर्ण इतिहासको जगमा देशको पहिचानलाई विश्व मञ्चमा अझैमाथि उठाउन मिहेनत र इमानको कमी रहेको सन्देश दिएका छन् । देशको सम्मुन्नतिका लागि इतिहासको गौरवका साथसाथै सम्पूर्ण नेपालीजन मिहेनती, प्रतिवद्ध र इमानी हुन आवश्यक रहेको तामाङद्वारा लिखित गीतको केन्द्रीय भाव हो ।
जातीय, भाषिक, धार्मिक र साँस्कृतिक रूपमा मात्रै नभएर भौगोलिक रूपमा पनि हिमाल, पहाड र तराईको सङ्गमताले नेपालको विविधता झल्किएको र त्यो नै नेपालको पहिचान र निधिको रूपमा गीतकार तामाङले चित्रण गरेका छन् । त्यही भएर देशलाई समृद्ध र विकसित बनाउन तामाङले मूलतः कृषि, ऊर्जा, पर्यटन र प्रविधिसँगै पूर्वाधार क्षेत्रमा विकास गर्नुपर्ने सुझाएका छन् ।
त्यसका लागि भने पहिले श्रमशक्ति जवान युवावर्गमा ज्ञान र सीप सिकाउनुका साथै जाँगर र साहस दुवै भर्नुपर्ने औँल्याएका छन् । त्यसो गरे सम्मुन्नत देश बन्ने विश्वास गीतकार तामाङको रहेको देखिन्छ ।
उनका अनुसार हिन्दुहरूको आस्थाको केन्द्र पशुपतिनाथ र भगवान बुद्धको जन्मस्थान लुम्बिनीसँगै विश्वको सर्वोच्च शिखर सगरमाथा नेपालको पहिचान र धरोहरको रूपमा रहेको र यस्ता धरोहरहरू देशको समुन्नतिको आधारशीला हुन सक्ने भएकाले सम्पूर्ण नेपाली सम्मुन्नत नेपाल बनाउने अठोटबाट अघि बढ्नुपर्ने राय रहेको छ ।
गीतकार तामाङले यसअघि ‘पूर्वै पाँचथर’ बोलको गीत सार्वजनिक गरेका थिए । जन्म जिल्ला पाँचथरको परिचय र वर्णन रहेको उनको सो गीत पाँचथरेहरू माझ लोकप्रिय छ । निजामती सेवामा सेवारत गीतकार तामाङ उपसचिव हुन् । उनी हाल गृह मन्त्रालयका सूचना अधिकारीको रूपमा कार्यरत छन् ।
काठमाडौ । तामाङ पत्रकार संघको सातौं संघिय राष्ट्रिय महाधिवेशनबाट अध्यक्षमा नेत्र तामाङ सर्वसम्मतिमा भएको छ ।
शनिबार काठमाडौं स्थित एअरपोर्ट होटलमा सम्पन्न महाधिवेशनबाट अध्यक्ष तामाङको नेतृत्वमा ३५ सदस्यीय नयाँ कार्यसमिति चयन भएको हो ।
यस्तै समितिको वरिष्ठ उपाध्यक्षमा तिर्थमान बल, उपाध्यक्षहरुमा साहिला तामाङ, शिशिर दोङ, डोल्माछिरिङ तामाङ, महासचिवमा सरस्वती तामाङ, सचिवमा आदर्श थोकर, जिबी लामा, मिक्साङ वाइबा र कोषाध्यक्षमा हिरामान बल निर्वाचित भएका छन् ।
त्यस्तै केन्द्रिय सदस्यहरुमा अञ्जली तामाङ, पासाङ घिसिङ, सुदिन दोङ, संगम लामा, श्यामलाल योन्जन, बागमती प्रदेशबाट अर्जुन तामाङ, मानकाजी तामाङ, सन्तोष योन्जन तामाङ, शान्ती थिङ, राज कुमार स्याङ्बो, राधिका लो तामाङ, श्याम बहादुर तामाङ (अनिश), कोशी प्रदेशबाट अनुप योन्जन, सन्तोषीकला तामाङ, मधेश प्रदेशबाट साङ बहादुर लो (राजु) निर्वाचित भएका छन ।
अध्यक्षमा निवर्तमान वरिष्ठ उपाध्यक्ष समेत रहेका बुद्ध योन्जन ले बलियो दावी गरेका थिए । निर्वाचन मण्डलले सहमतिको प्रयास गर्दा पनि दुई बीचमा सहमति नहुँदा उनले अध्यक्षको मैदानबाट बाहिरिँदै असन्तुष्टि व्यक्त गरे । तामाङ पत्रकारिताको क्षेत्रमा आफ्नो लामो संघर्ष रहेको बताउँदै उनले तामाङ पत्रकार संघमा राजनितिकरण गरेर आफ्नो त्यागलाई भुलेकोमा आपत्ति जनाए ।





