२०८२ कार्तिक २५ मंगलवार
२०८२ कार्तिक २५ मंगलवार

‘इन्दिरा गोले बचाउ अभियान’ बाट संकलित ५१ लाख ३८ हजार आर्थिक सहयोग हस्तान्तरण

May be an image of 6 people and text

काठमाडौं । तामाङ सेलो गायिका इन्दिरा गोलेलाई ‘इन्दिरा गोले बचाउ अभियान’ बाट संकलन भएको आर्थिक सहयोग हस्तान्तरण गरिएको छ। विभिन्न व्यक्ति र संस्थाबाट सङ्कलित रकम गायिका गोलेलाई शनिवार हस्तान्तरण गरिएको सङ्घका कोषाध्यक्ष सुजन कुमार मोक्तान(बैरागी)ले जानकारी दिए ।

अभियानबाट सङ्कलित रकम ३५ लाख २८ हजार ४३७ र बिरामीलाई प्रत्यक्ष १६ लाख १० हजार २७३ रुपैयाँ गरी ५१ लाख ३८ हजार ७१० रुपैयाँ हस्तान्तरण गरिएको हो ।

गायिका गोले केहि समयदेखि क्यान्सरको उपचार गर्दै आइरहेकी छन् । उनको स्वास्थ्य अवस्था गम्भीर भएपछि तामाङ कलाकार सङ्घको संयोजकत्वमा म्हेन्दोला फोले फाउन्डेसन र तामाङ डाजाङ संयोजन सदस्य रहने गरी ‘गायिका इन्दिरा गोले बचाउ अभियान’ सुरु गरी सहयोग जुटाउन पहल गरिएको थियो ।

कलाकार सङ्घले गोलेलाई बचाउन एकजुट हुँदै उपचारका लागि विशेष पहल गरिरहेका छन् । एक महिनाको अभियानबाट संकलित रकम हस्तान्तरण पछी गायिका गालेले सबै सहयोगी दाताहरूलाई धन्यवाद व्यक्त गरेकी छन् ।

  • सहयोगको विवरण यस्तो छ :-
  • तामाङ को–अपरेशन अफ क्यालिफोर्निय रु.११,०२,११०
  • नेपाल प्रवासी तामाङ समाज कतार रू.९०,५००
  • राजु लामा फाउन्डेशन रु. ५०,०००
  • तामाङ समाज पोर्तुगल रु. ६,५१,५००
  • नेपाल तामाङ समाज किताकान्तो क्षेत्रीय समिति जापान रू. ५९,८००
  • नर्थ अमेरिका ज्ञानेन्द्र घलानको नेतृत्वमा रु.२,०२,०००
  • लाबा ग्रुप तथा तामाङ घेदुङ दक्षिण कोरिया रु.२,७७,५१८
  • NRNA इराक कुर्दिस्तान ५०,०००
  • व्यक्तिगत तर्फबाट रू. ५,१९,३८०
  • तामाङ घेदुङ मलेसिया रु.१,१०,०००
  • Dreams Family . ५०,०००
  • नेपाल राष्ट्रिय तामाङ घेदुङ पोर्चुगल रु. ३,३२, ५७८
  • कमला लोप्चान नेतृत्व क्यानाडा रु.४६.०४०
  • अभियानको खाताबाट दिएको जम्मा रकम रु. ३५,२८,४३७
  • अभियानको माध्यमबाट प्रत्यक्ष रूपमा प्राप्त रकम तामाङ समाज जापान रु.१,२३,०००
  • तामाङ घेदुङ छेजुदो शाखा दक्षिण कोरिया रु. ३०,०००
  • नेपाल तामाङ घेदुङ कुबेत रू. २.२६,३२१
  • पुर्बि अफ्रीका रिपब्लिक अफ सिसेल्स बिजय तामाङ को नेतृत्वमा रु. २.६४.५१६
  • इन्द्र सिङ तामाङ र सोबेन्द्र तामाङको नेतृत्वमा Washington DC बाट रू. ७.३४,८०८
  • तामाङ समाज NSW तथा सुन्दोर्जे तामाङ को नेतृत्व मा रु. २,३१,५२६
  • जम्मा रु. १६, १०,२७३
  • अभियान खर्च रु. १४,७७१

छुटाउनुभयो कि ?

error: कपि गर्नु राम्रो होइन ! कृपया आफ्नो भाषामा लेख्नु होला !

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।