२०८३ बैशाख १९ शनिबार
२०८३ बैशाख १९ शनिबार

तामाङ पत्रकार संघको सातौं महाधिवेशन : अध्यक्षमात्र नेत्र मोक्तान निर्वाचित

काठमाडौ । तामाङ पत्रकार संघको सातौं संघिय राष्ट्रिय महाधिवेशनबाट अध्यक्षमा नेत्र तामाङ सर्वसम्मतिमा भएको छ ।

शनिबार काठमाडौं स्थित एअरपोर्ट होटलमा सम्पन्न महाधिवेशनबाट अध्यक्ष तामाङको नेतृत्वमा ३५ सदस्यीय नयाँ कार्यसमिति चयन भएको हो ।

यस्तै समितिको वरिष्ठ उपाध्यक्षमा तिर्थमान बल, उपाध्यक्षहरुमा साहिला तामाङ, शिशिर दोङ, डोल्माछिरिङ तामाङ, महासचिवमा सरस्वती तामाङ, सचिवमा आदर्श थोकर, जिबी लामा,  मिक्साङ वाइबा र कोषाध्यक्षमा  हिरामान बल निर्वाचित भएका छन्  ।

त्यस्तै केन्द्रिय सदस्यहरुमा अञ्जली तामाङ, पासाङ घिसिङ, सुदिन दोङ, संगम लामा, श्यामलाल योन्जन, बागमती प्रदेशबाट अर्जुन तामाङ, मानकाजी तामाङ, सन्तोष योन्जन तामाङ, शान्ती थिङ, राज कुमार स्याङ्बो, राधिका लो तामाङ, श्याम बहादुर तामाङ (अनिश), कोशी प्रदेशबाट अनुप योन्जन, सन्तोषीकला तामाङ, मधेश प्रदेशबाट साङ बहादुर लो (राजु) निर्वाचित भएका छन । 

अध्यक्षमा निवर्तमान वरिष्ठ उपाध्यक्ष समेत रहेका बुद्ध योन्जन ले बलियो दावी गरेका थिए । निर्वाचन मण्डलले सहमतिको प्रयास गर्दा पनि दुई बीचमा सहमति नहुँदा उनले अध्यक्षको मैदानबाट बाहिरिँदै असन्तुष्टि व्यक्त गरे । तामाङ पत्रकारिताको क्षेत्रमा आफ्नो लामो संघर्ष रहेको बताउँदै उनले  तामाङ पत्रकार संघमा राजनितिकरण गरेर आफ्नो त्यागलाई भुलेकोमा आपत्ति जनाए । 

छुटाउनुभयो कि ?

error: कपि गर्नु राम्रो होइन ! कृपया आफ्नो भाषामा लेख्नु होला !

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।