२०८२ जेष्ठ २ शुक्रबार
२०८२ जेष्ठ २ शुक्रबार

 जन्मको आधारमा अमेरिकी नागरिकता पाउने अधिकार खारेज गर्ने

काठमाडौं । अमेरिकाका नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पले गैरकानुनी आप्रवासीलाई देशबाट निष्कासन गर्ने योजना फेरि दोहोर्‍याएका छन् । एनबीसी न्युजसँगको अन्तर्वार्तामा ट्रम्पले कार्यकालको पहिलो दिनमा नै जन्मको आधारमा अमेरिकी नागरिकता पाउने अधिकार खारेज गर्ने बताएका छन् ।

अमेरिकी संविधानको १४औँ संशोधन अनुसार अमेरिकामा जन्मेका कुनै पनि बालबालिकाले जन्मिनबित्तिकै अमेरिकी नागरिकता पाउँछन् ।

अन्तर्वार्ताका क्रममा ट्रम्पले नाटोका बारेमा राष्ट्रपति बनेपछि आफू त्यसबाट बाहिरिने विषयमा गम्भीरतापूर्वक विचार गर्ने बताएका छन् । उनले गर्भपतन चक्की प्रतिबन्ध नगर्ने वाचा पनि गरे ।

ट्रम्पले राष्ट्रपति बनेपछि फेडरल रिजर्भ (सेन्ट्रल बैंक) का अध्यक्ष जेरोम पावेललाई राजीनामा दिन आग्रह गर्ने कुनै योजना नभएको पनि स्पष्ट पारेका छन् ।

यसैगरी, ट्रम्पले राष्ट्रपति बनेलगत्तै क्यापिटल हिल घटनाका दोषीलाई माफी दिने पनि वाचा गरेका छन् । सन् २०२० को राष्ट्रपतीय निर्वाचनमा ट्रम्प पराजित भएपछि जनवरी ६, २०२१ मा उनका समर्थकहरू क्यापिटल हिल ९अमेरिकी संसद्०भित्र पसेर लुटपाट गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्काठमाडौं । अमेरिकाका नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पले गैरकानुनी आप्रवासीलाई देशबाट निष्कासन गर्ने योजना फेरि दोहोर्‍याएका छन् । एनबीसी न्युजसँगको अन्तर्वार्तामा ट्रम्पले कार्यकालको पहिलो दिनमा नै जन्मको आधारमा अमेरिकी नागरिकता पाउने अधिकार खारेज गर्ने बताएका छन् ।

अमेरिकी संविधानको १४औँ संशोधन अनुसार अमेरिकामा जन्मेका कुनै पनि बालबालिकाले जन्मिनबित्तिकै अमेरिकी नागरिकता पाउँछन् ।

अन्तर्वार्ताका क्रममा ट्रम्पले नाटोका बारेमा राष्ट्रपति बनेपछि आफू त्यसबाट बाहिरिने विषयमा गम्भीरतापूर्वक विचार गर्ने बताएका छन् । उनले गर्भपतन चक्की प्रतिबन्ध नगर्ने वाचा पनि गरे ।

ट्रम्पले राष्ट्रपति बनेपछि फेडरल रिजर्भ (सेन्ट्रल बैंक) का अध्यक्ष जेरोम पावेललाई राजीनामा दिन आग्रह गर्ने कुनै योजना नभएको पनि स्पष्ट पारेका छन् ।

यसैगरी, ट्रम्पले राष्ट्रपति बनेलगत्तै क्यापिटल हिल घटनाका दोषीलाई माफी दिने पनि वाचा गरेका छन् । सन् २०२० को राष्ट्रपतीय निर्वाचनमा ट्रम्प पराजित भएपछि जनवरी ६, २०२१ मा उनका समर्थकहरू क्यापिटल हिल (अमेरिकी संसद्भित्र) पसेर लुटपाट गरेका थिए ।

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।