
काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेसले पार्टी केन्द्रिय सदस्य उमेश श्रेष्ठलाई पार्टीको कोषाध्यक्षमा अनुमोदन गरेको छ ।
सोमवार बसेको कांग्रेस केन्द्रिय कार्यासम्पादन समितिको बैठकले सभापति शेरबहादुर देउवाद्वारा मनोनीत पार्टी केन्द्रिय सदस्य समेत रहेका श्रेष्ठलाई कोषाध्यक्षमा बहुमतले अनुमोदन गरेको पार्टी प्रवक्ता डा।प्रकाशशरण महतले जानकारी दिए ।
बैठकले गण्डकी प्रदेश सभा सदस्य विमला गौतमको निधनपछि रिक्त प्रदेश सभा सदस्य पदमा निर्वाचन आयोगको निर्देशनअनुसार स्याङ्जाकी सुनिता थापालाई प्रश्ताव गरेर पठाउने विषय पनि अनुमोदन गरेको उनले बताए ।
उनका अनुसार पार्टीका भ्रातृ संगठनहरुको अधिवेशन अगामी चैतभित्र सम्पन्न गर्न निर्देशन दिएकोमा तरुण दल र किसान संघको परिमार्जित विधानलाई समेत पास गर्ने निर्णय भएको छ ।
उनले बैठकमा बीआरआई परियोजनाबारे पनि छलफल भएको बताए । पार्टीले बीआरआई अन्तर्गतका परियोजनाहरु सञ्चालन गर्दा हुने सहमतिमा अनुदान मात्र स्वीकार्ने निर्णयमा अडिग रहेको बताए ।
प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणका क्रममा भएको एड फाइनान्सिङ ऋणमात्र नभएर अनुदान समेत हुने भन्दै अनुदानमात्र स्वीकार्ने पहिलादेखिकै अडानमा पार्टी कायम रहेको बताए ।
उनले भने, “पार्टीको कोषाध्यक्षमा सभापति शेरबहादुर देउवाले केन्द्रिय सदस्य उमेश श्रेष्ठ कोषाध्यक्षमा मनोनीत गर्नुभएको थियो । त्यसलाई अनुमोदन गरेको छ । गण्डकी प्रदेश सभा सदस्य विमला गौतामको निधन भएपछि उहाँको सम्झनामा मौन धारण व्यक्त गर्दै रिक्त प्रदेश सभा सदस्य पदमा निर्वाचन आयोगको निर्देशनअनुसार स्याङ्जाकी सुनिता थापालाई प्रश्ताव गरेर पठाउने विषय अनुमोदन गरेको छ ।”
बीआरआईका सम्बन्धमा डा। महतले भने, “बीआरआईको विषयमा पनि बैठकमा छलफल भएको छ । बीआरआईको सन्दर्भमा पार्टीको कार्यसम्पादन समितिले सम्झौता हुनुभन्दा अगाडि नै अनुदानको रुपमा स्वीकार गर्ने तर ऋण स्वीकार नगर्ने निर्णय गरेको थियो । त्यसैबमोजिम चीनबाट आएको प्रश्तावमा छलफलपछि प्रधानमन्त्रीको चीन भ्रमणका क्रममा प्रश्तुत गर्यो । अनुदान लिने कुरालाई प्रस्तुत गरेको छ । बीआरआईको फ्रेमवर्क समझदारीमा हाम्रो राष्ट्रिय आवश्यकता हित र अनुकुलताका विषयवस्तुहरुलाई मात्रै समावेश गर्ने गरेर त्यो विषयवस्तुहरु अगाडि बढ्यो । तर त्यसमा ग्रान्ड फाइनान्सिङ नभएर एड फाइनान्सिङ आयो भन्ने विषयवस्तुको सार्वजनिक रुपमा चर्चा भएको छ । त्यो फाइनान्सिङमा ग्रान्ड स्वाभाविक रुपमा पर्ने भइहाल्यो । अब आउने परियोजनाका सूचीहरुमा सम्झौता गर्दा अनुदानका आधारमा मात्रै सम्झौता गर्ने, जुन परियोजनामा चीन सरकार अनुदान दिन तयार हुन्छ ति परियोजनामा मात्र सम्झौता गर्ने भन्ने कुराहरु भएका छन् । अहिले पनि नेपाली काँग्रेसको भनाइ अनुदान मात्र लिने हो । चीनसँग मात्र नभई अन्य देशहरुसँग पनि ऋण लिँदा अनेक शर्तहरु हुने भएकाले ति शर्तहरुमा देशलाई फाइदा नहुने र परियोजना कार्यान्वयन भएपछि त्यसबाट प्राप्त प्रतिफल ऋण तिर्नसक्ने खालको नहुने खालका हुन्छन् ।”
ऋण लिएर सम्पन्न गरेका परियोजनाहरुले प्रतिफल नदिने भएका कारण ऋण लिएर परियोजना अगाडि बढाउन नहुने पार्टीको धारणा रहेको उनले बताए । न्युज एजेन्सी नेपाल
काठमाडौँ । गृहमन्त्री रमेश लेखकले अपराध गर्ने जोसुकैलाई पनि कानुनको दायराभित्र ल्याउने बताएका छन् ।
सोमबार सुर्खेतको वीरेन्द्रनगरमा कर्णाली प्रदेशस्तरीय सुरक्षा गोष्ठीको उद्घाटन गर्दै मन्त्री लेखकले विशेषलाई उन्मुक्ति दिने, सानो ठुलो भनेर विभेद गर्ने काम नगर्न निर्देशन दिँदै अपराध गर्ने जोसुकैलाई पनि कानुनको दायराभित्र ल्याउनुपर्ने बताएका हुन् ।
शान्ति सुरक्षा सुदृढ गर्न कुनैपनि सम्झौता नगर्न मातहतका निकायलाई उनले निर्देशन समेत दिए ।
अहिलेको सरकार केही मानिसहरूलाई मन्त्री बनाउन र सरकार बनाउनका लागि मात्र बनेको नभई विशेष परिस्थितलाई सम्बोधन गर्न ठुला दुई दल एक ठाउँ उभिनुपरेको उनले बताए ।
काठमाडौं । अमेरिकाका नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पले गैरकानुनी आप्रवासीलाई देशबाट निष्कासन गर्ने योजना फेरि दोहोर्याएका छन् । एनबीसी न्युजसँगको अन्तर्वार्तामा ट्रम्पले कार्यकालको पहिलो दिनमा नै जन्मको आधारमा अमेरिकी नागरिकता पाउने अधिकार खारेज गर्ने बताएका छन् ।
अमेरिकी संविधानको १४औँ संशोधन अनुसार अमेरिकामा जन्मेका कुनै पनि बालबालिकाले जन्मिनबित्तिकै अमेरिकी नागरिकता पाउँछन् ।
अन्तर्वार्ताका क्रममा ट्रम्पले नाटोका बारेमा राष्ट्रपति बनेपछि आफू त्यसबाट बाहिरिने विषयमा गम्भीरतापूर्वक विचार गर्ने बताएका छन् । उनले गर्भपतन चक्की प्रतिबन्ध नगर्ने वाचा पनि गरे ।
ट्रम्पले राष्ट्रपति बनेपछि फेडरल रिजर्भ (सेन्ट्रल बैंक) का अध्यक्ष जेरोम पावेललाई राजीनामा दिन आग्रह गर्ने कुनै योजना नभएको पनि स्पष्ट पारेका छन् ।
यसैगरी, ट्रम्पले राष्ट्रपति बनेलगत्तै क्यापिटल हिल घटनाका दोषीलाई माफी दिने पनि वाचा गरेका छन् । सन् २०२० को राष्ट्रपतीय निर्वाचनमा ट्रम्प पराजित भएपछि जनवरी ६, २०२१ मा उनका समर्थकहरू क्यापिटल हिल ९अमेरिकी संसद्०भित्र पसेर लुटपाट गरेका थिए ।
प्रतिक्रिया दिनुहोस्काठमाडौं । अमेरिकाका नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पले गैरकानुनी आप्रवासीलाई देशबाट निष्कासन गर्ने योजना फेरि दोहोर्याएका छन् । एनबीसी न्युजसँगको अन्तर्वार्तामा ट्रम्पले कार्यकालको पहिलो दिनमा नै जन्मको आधारमा अमेरिकी नागरिकता पाउने अधिकार खारेज गर्ने बताएका छन् ।
अमेरिकी संविधानको १४औँ संशोधन अनुसार अमेरिकामा जन्मेका कुनै पनि बालबालिकाले जन्मिनबित्तिकै अमेरिकी नागरिकता पाउँछन् ।
अन्तर्वार्ताका क्रममा ट्रम्पले नाटोका बारेमा राष्ट्रपति बनेपछि आफू त्यसबाट बाहिरिने विषयमा गम्भीरतापूर्वक विचार गर्ने बताएका छन् । उनले गर्भपतन चक्की प्रतिबन्ध नगर्ने वाचा पनि गरे ।
ट्रम्पले राष्ट्रपति बनेपछि फेडरल रिजर्भ (सेन्ट्रल बैंक) का अध्यक्ष जेरोम पावेललाई राजीनामा दिन आग्रह गर्ने कुनै योजना नभएको पनि स्पष्ट पारेका छन् ।
यसैगरी, ट्रम्पले राष्ट्रपति बनेलगत्तै क्यापिटल हिल घटनाका दोषीलाई माफी दिने पनि वाचा गरेका छन् । सन् २०२० को राष्ट्रपतीय निर्वाचनमा ट्रम्प पराजित भएपछि जनवरी ६, २०२१ मा उनका समर्थकहरू क्यापिटल हिल (अमेरिकी संसद्भित्र) पसेर लुटपाट गरेका थिए ।
कञ्चनपुर, भिमदत्त नगरपालिका-६ ऐठपुरस्थित त्रिवेणी चोकबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ३ सय ८० मिलिग्राम सहित २ जनालाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा भिमदत्त नगरपालिका-६ ऐठपुर बस्ने २३ वर्षीय राहुल डगौरा र २५ वर्षीय सञ्जु डगौरा रहेका छन् । जिल्ला प्रहरी कार्यालय कञ्चनपुर र लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालयबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
यसैगरी कञ्चनपुर, भिमदत्त नगरपालिका-३ भाँसीबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १ सय ४० मिलिग्राम सहित सोही ठाउँ बस्ने ३० वर्षीय टेक राज जोशीलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुर र लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालयबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
सुर्खेत, वीरेन्द्रनगर नगरपालिका-२ खोली गाउँ बस्ने २९ वर्षीय बिशाल थापालाई अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ ग्राम २ सय ९० मिलिग्राम सहित आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय सुर्खेत र लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय सुर्खेतबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा उक्त पदार्थ फेला पारी पक्राउ गरेको हो ।
तनहुँ, आँबुखैरेनी गाउँपालिका-४ बेनिटारस्थित सडकबाट नियन्त्रित लागूऔषध ट्रामाडोल ३ सय ट्याब्लेट, डाइजेपाम २० एम्पुल, फेनारगन २४ एम्पुल र बुप्रेनुर्फिन ३८ एम्पुल सहित २ जनालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा गोरखा, गोरखा नगरपालिका-६ बस्ने ३० वर्षीय समिन जोशी र ३० वर्षीय सलिन श्रेष्ठ रहेका छन् । अस्थायी प्रहरी पोष्ट मुग्लिङ पुलजिपबाट खटिएको प्रहरीले नारायणगढबाट गोरखातर्फ आउँदै गरेको ना.५ ख ३१४ नम्बरको बसलाई जाँच गर्ने क्रममा बसमा सवार उनीहरूलाई उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो ।
कैलाली, टिकापुर नगरपालिका-९ खक्रोला पुल नजिकबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १ ग्राम ९ सय ४० मिलिग्राम सहित सोही नगरपालिका-६ नारायणपुर बस्ने २० वर्षीय बिशाल चौधरीलाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी कालाकुण्डाबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेका उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
काठमाडौ । सवारी ज्यान मुद्दामा पक्राउ परेका भाइरल झाँक्री प्रकाश भुजेल पुर्पक्षका लागि कारागार चलान भएका छन्। जिल्ला अदालत काठमाडौँका न्यायाधीश खेमराज भट्टको एकल इजलासले उनलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको हो।
गएको कात्तिक २८ उनले चलाएको कारको ठक्करबाट बा प्र ०२–०१८–प ६८७५ नम्बरको मोटरसाइकलमा सवार दम्पतीको ज्यान गएको थियो। कात्तिक २८ गते दिउँसो काठमाडौंको शंखरापुर नगरपालिका(९ स्थित साँखु–थली सडकखण्डमा उनले चलाएको कारले मोटरसाइकललाई ठक्कर दिएको थियो।
दुर्घटनामा कागेश्वरी मनोहरा नगरपालिका-२ आलापोटका ३८ वर्षका नारायण नगरकोटी र उनकी पत्नी ३२ वर्षकी सानुमाया नगरकोटी घाइते भएका थिए। दुर्घटनाको भोलिपल्ट अस्पतालमा दुवै जनाको मृत्यु भएको थियो। दुर्घटनापछि कार त्यहीँ छाडेर भागेका झाँक्रीपछि बौद्ध प्रहरी वृत्तमा उपस्थित भएका थिए। उनलाई हिरासतमा राखेर प्रहरीले अनुसन्धान गरेको थियो।
तर दुवै जनाको ज्यान गएपछि पीडित परिवारले आर्थिक सहायताको माग गर्दै शव समेत बुझ्न मानेका थिएनन्। झाँक्रीले मृतकका परिवारलाई आर्थिक सहायता दिएपछि शव पोस्टमार्टम गरेर परिवारलाई बुझाइएको थियो।





