२०८२ असार ३१ मंगलवार
२०८२ असार ३१ मंगलवार

स्कटल्याण्डका बलर क्रिस सोल विराटनगरबाट एनीएल खेल्ने

काठमाडौँ । स्कटल्याण्डका पेस बलर क्रिस सोल नेपाल प्रिमियर लिग (एनपीएल) का लागि विराटनगर किंग्समा अनुबन्ध भएका छन् । हिजो विराटनगरले सोललाई विदेशी खेलाडीको कोटामा अनुबन्ध गरेको हो ।

सोलले स्कटल्याण्डको उमेर समूह, स्कटल्याण्ड ‘ए’टिम हुँदै अहिले राष्ट्रिय टिमबाट खेलिरहेका छन् । उनले स्कटल्याण्डका लागि १७ टी–२० एकदिवसीय खेल्दै १५ विकेट लिएका छन् भने ३१ एकदिवसीय खेलेका छन् ।

यसअघि उनलाई जुन महिनामा इंग्ल्याण्डको टी–२० क्रिकेट भाइटालिटी ब्लास्टका लागि ग्लामोर्गनले अनुबन्ध गरेको थियो । सोल विराटनगरले अनुबन्ध गरेको चौथो विदेशी खेलाडी हुन् ।

यसअघि विराटनगरले न्युजिल्याण्डका स्टार ब्याटर मार्टिन गप्टिल, ओमानका कप्तान तथा अलराउण्डर अकिब इल्यास र क्यानडाका कप्तान निकोलस किर्टोनलाई अनुबन्ध गरिसकेको छ ।

छुटाउनुभयो कि ?

error: कपि गर्नु राम्रो होइन ! कृपया आफ्नो भाषामा लेख्नु होला !

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।