
काठमाडौँ । सुनको भाउ आज तोलामा तीन सय रुपैयाँले बढेको छ । हिजो तोलाको एक लाख ६८ हजार दुई सय रुपैयाँ रहेको सुनको भाउ आज तीन सय रुपैयाँले बढेर एक लाख ६८ हजार पाँच सय रुपैयाँ कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
यही कात्तिक १५ गते सुनको भाउ अहिलेसम्मकै उच्च तोलामा एक लाख ७१ हजार रुपैयाँ रहेको थियो ।
यस्तै आज चाँदीको भाउ भने घटेको छ । आज चाँदी १५ रुपैयाँले घटेर ताेलाकाे दुई हजार १५ रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।
स्पेनका विभिन्न स्थानमा आएको बाढीका कारण हालसम्म २१७ जनाको निधन भएको छ ।
स्पेनको उत्तर-पूर्वमा रहेको क्याटालोनिया क्षेत्र बाढीको चपेटामा परेको छ । छिमेकी भ्यालेन्सियामा उद्धार कार्य जारी छ ।
स्पेनका यातायात मन्त्री ओस्कर पुएन्टेले स्पेनी मौसम विज्ञान एजेन्सीले क्यास्टेलोन, तारागोना र बार्सिलोना प्रान्तहरूमा भारी वर्षाको लागि रेड अलर्ट जारी गरेपछि यस क्षेत्रमा स्थानीय रेल सेवाहरू रद्द गरिएको पुष्टि गरे ।
अत्यावश्यक बाहेकको यात्रा नगर्न पनि सरकारले अनुरोध गरेको छ ।
गत हप्ताको मंगलबार रातिदेखि बुधबार बिहानसम्म ४०० लिटर प्रतिवर्गमिटरभन्दा बढी पानी परेपछि यी शहरमा ठूलो क्षति पुगेको हो ।
काठमाडौँ । स्कटल्याण्डका पेस बलर क्रिस सोल नेपाल प्रिमियर लिग (एनपीएल) का लागि विराटनगर किंग्समा अनुबन्ध भएका छन् । हिजो विराटनगरले सोललाई विदेशी खेलाडीको कोटामा अनुबन्ध गरेको हो ।
सोलले स्कटल्याण्डको उमेर समूह, स्कटल्याण्ड ‘ए’टिम हुँदै अहिले राष्ट्रिय टिमबाट खेलिरहेका छन् । उनले स्कटल्याण्डका लागि १७ टी–२० एकदिवसीय खेल्दै १५ विकेट लिएका छन् भने ३१ एकदिवसीय खेलेका छन् ।
यसअघि उनलाई जुन महिनामा इंग्ल्याण्डको टी–२० क्रिकेट भाइटालिटी ब्लास्टका लागि ग्लामोर्गनले अनुबन्ध गरेको थियो । सोल विराटनगरले अनुबन्ध गरेको चौथो विदेशी खेलाडी हुन् ।
यसअघि विराटनगरले न्युजिल्याण्डका स्टार ब्याटर मार्टिन गप्टिल, ओमानका कप्तान तथा अलराउण्डर अकिब इल्यास र क्यानडाका कप्तान निकोलस किर्टोनलाई अनुबन्ध गरिसकेको छ ।
काठमाडौँ । यस वर्षको तिहारमा ५० करोड रुपैयाँ बराबरको फूलको कारोबार भएको छभने सबैभन्दा धेरै खपत काठमाडौँ उपत्यकामा भएको छ।
फ्लोरिकल्चर एशोसिएसनका अध्यक्ष दिलीप बादेका अनुसार गत वर्षकै हाराहारीमा यस वर्ष फूलको कारोबार भएको छ। यस वर्ष उपभोक्ताले सामान्यतया एउटा मालाको एक सय रुपैयाँ तिर्नुपरेको थियो। काठमाडौँ महानगरपालिका (कामपा)ले फूल बिक्रीस्थल तोकेका कारण यस वर्ष सहज भएको उनले बताए।
यस वर्ष कामपाले नेपाली फूल किसानलाई फूल बेच्न ४६ स्थान तोकेको थियो। बजार माग हरेक वर्ष १५ देखि २० प्रतिशतसम्म वृद्धि हुने तर उत्पादन भने बढीमा १० प्रतिशतले मात्र वृद्धि हुने गरेको छ।
विशेषगरी तिहारमा प्रयोग हुने मखमली र गोदावरी फूल स्वदेशी उत्पादनले नै पुग्ने गरेको भए पनि सयपत्री र रातो गुलाफ भने भारतबाट आयात गर्नुपर्ने बाध्यता रहेको अध्यक्ष बादेले बताए।
काठमाडौँ उपत्यकाको तीन जिल्लासहित कास्की, चितवन, मकवानपुर, काभ्रेपलाञ्चोक, गुल्मी, पाल्पा, धादिङ, मोरङलगायत ५२ वटा जिल्लामा पुष्पखेती विस्तार भएका छन्।
व्यावसायिक रूपमा चार सय ५० प्रजातिका फूल उत्पादन हुँदै आएका उनले जानकारी दिए। पुष्पखेतीबाट ४४ हजारभन्दा बढी लाभान्वित भएका छन् भने दुई सय २१ हेक्टरमा एक हजार एक सय ८४ व्यवसायीले पुष्पखेती गरेका छन्।
काठमाडौं । अमेरिकामा नयाँ राष्ट्रपतिका मङ्गलवार निर्वाचन सम्पन्न भएको छ । निर्वाचनपछि सुरु भएको मतगणनाको नतिजाअनुसार पदासीन उपराष्ट्रपति कमला ह्यारिसलाई पछि पार्दे पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पको नजिता अग्रस्थानमा रहेको छ ।
यो निर्वाचनबाट अमेरिकाका लागि ४७औँ राष्ट्रपति छानिने छन्। यो समाचार तयार पार्ने अवस्थासम्मको नतिजानुसार डोनाल्ड ट्रम्पको १५४ र कमला ह्यारिसले ५३ सिट जीत हासिल गरेका छन् ।





