२०८२ जेष्ठ ३ शनिबार
२०८२ जेष्ठ ३ शनिबार

एमालेको चिन्ता अरुले गर्नुपर्दैन, परीक्षण चुनावले गर्छ ; शंकर पोखरेल

काठमाडौँ नेकपा एमालेका महासचिव शंकर पोखरेलले एमालेको भविष्यका बारेमा चिन्ता नलिन आग्रह गरेका छन् ।

उनले आफ्नो सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै एमालेको भविष्य जनताले तय गर्ने भन्दै एमाले बलियो र निर्णायक शक्ति निर्माणमा जुटेको बताएका छन् ।

सामाजिक सञ्जालमा एमालेबारे विभिन्न टिप्पणीहरू भइरहेका बेला उनले लेखेका छन्, ‘यतिबेला फरक पार्टीका नेता र कार्यकर्ताहरूले नेकपा (एमाले) को भविष्यका बारेमा चिन्ता गर्दै सामाजिक सञ्जालमा अनेकन सुझाव दिइरहेका छन् र उसले गरेका निर्णयहरुको कटुआलोचना गरिरहेका छन्। राजनीति गर्नेहरूले आ–आफ्नो पार्टी राम्रो बनाउन लागे त अरुका बारेमा चिन्ता गर्नै पर्दैन नि ।

नेकपा (एमाले) लाई कस्तो बनाउने नेकपा (एमाले) जनलाई नै छोडिदिनु न। जनता के चाहन्छ? र राष्ट्रको आवश्यकता के हो? नेकपा (एमाले) लाई राम्ररी थाह छ। त्यही भएर नै नेकपा (एमाले) आजको कुरामा मात्र नअल्झेर भविष्यको कुरामा केन्द्रीत छ। बलियो र निर्णायक राष्ट्रिय शक्ति निर्माणमा जुटेको छ।’

उनले कुन पार्टी कस्तो भन्ने कुराको परीक्षण सामाजिक सञ्जालले भन्दा पनि आवधिक निर्वाचनले गर्ने र एमाले त्यसका लागि हरदम तयार रहेको पनि बताएका छन्।

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।