२०८२ जेष्ठ ९ शुक्रबार
२०८२ जेष्ठ ९ शुक्रबार

वैदेशिक रोजगारमा विभिन्न देशहरूमा पठाइदिन्छु भनी ठगी गर्ने तीन जना पक्राउ

काठमाडौं – वैदेशिक रोजगारमा आकर्षक तलबको प्रलोभनमा पारी दुवई, कुवेत, क्रोएसिया लगायतका देशहरूमा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । 

पक्राउ पर्नेहरूमा काठमाडौं महानगरपालिका-९ सिनामंगल बस्ने सिराहा, सिरहा नगरपालिका-७ घर भएका ३० वर्षीय सुशान्त सिंह, काठमाडौं महानगरपालिका-९ सिनामंगल बस्ने कपिलवस्तु कृष्णनगर नगरपालिका-११ घर भएका ३६ वर्षीय सल्लउदिन वेग र काठमाडौं बुढानिलकण्ठ नगरपालिका-८ हात्तिगौडा बस्ने ५३ वर्षीय राजु दाहाल रहेका छन् । 

पक्राउ मध्ये सुशान्तले २ जना पीडितबाट ८ लाख ४० हजार रूपैयाँ, सल्लउदिनले २ जना पीडितबाट ७ लाख २० हजार रूपैयाँ र राजुले ३ जना पीडितबाट ८ लाख २५ हजार रूपैयाँ लिई सम्पर्कबिहीन भएको भन्ने पीडितहरूको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले सुशान्तलाई काठमाडौं कोटेश्‍वरबाट, सल्लउदिनलाई काठमाडौं सिनामंगलबाट र राजुलाई काठमाडौं हात्तिगौडाबाट पक्राउ गरेको हो ।  

उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ ।

छुटाउनुभयो कि ?

error: कपि गर्नु राम्रो होइन ! कृपया आफ्नो भाषामा लेख्नु होला !

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।