२०८३ बैशाख १७ बिहीबार
२०८३ बैशाख १७ बिहीबार

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गणतन्त्रको मुलधार माओवादी आन्दोलन भएको बताएका छन् । बिहीवार टेलिश्रृंखला राधाकृष्णको पहिलो एपिसोडको शुभारम्भ कार्यक्रममा बोल्दै अध्यक्ष दाहालले यस्तो बताएका हुन् ।

उनले माओवादी आन्दोलन वा नेकपा माओवादी मुलधारमा आएपछि भन्ने शब्द प्रयोग भएको भन्दै माओवादी मुलधारमा आएको हो वा माओवादीले मुलधार क्रिएट गरेको हो भन्नेकुरा राजनीतिक बहसको विषय रहेको बताए ।

अध्यक्ष दाहालले जनयुद्धको विषयलाई लिएर माओवादीले बनाएका बनाएका चलचित्र र टेलिफिल्म जनतामा स्थापित हुन नसकेको बताए । उनले माओवादी नभएकाले बनाउन लागेको सो टेलिश्रृंखला जनताले हेर्ने विश्वास गरे । पृथ्वीनारायण शाहपछि आम नेपाली जनताको सबैभन्दा ठूलो उपस्थिति भएको आन्दोलन माओवादी आन्दोलन नै भएको उनले जिकिर समेत गरे ।

काठमाडौं । मोक्षदाका नितेश बुढाथोकी र कृवित भण्डारीको जोडी दोश्रो पिइएफ अन्तरविद्यालय टेबलटेनिस प्रतियोगिताको ब्वाइज डबल्समा बिहीबार स्वर्ण जितेका छन् ।


चावहिलस्थित सेन्ट लरेन्स स्कुलको प्रायोजनमा प्रोग्रेसिभ एजुकेसन फोरम (पिइएफ) द्वारा आयोजित प्रतियोगिताको फाइनलमा नितेश र कृवितको जोडीले नेमोनिकका विशाल लामा र विप्सन घिमिरेको जोडीलाई ३–० को सोझो सेटमा पराजित गरे ।

रुद्रमति पाठशालाका विभान कार्की र कृष थापा मगरको जोडी तेश्रो भए ।
प्रायोजक सेन्ट लरेन्समा भएको प्रतियोगिताको गल्र्स डबल्समा मिसन पब्लिकका गृष्मा तामाङ र सुजिता राईको जोडीले स्वर्ण जिते । उक्त जोडीले फाइनलमा गत वर्षको उपविजेता सेन्ट लरेन्सका प्रियंका ठाकुर र दीक्षा गुरुङको जोडीलाई ३–२ को सेटमा हराए । रुद्रमतिका विजेता बस्नेत र अञ्जली थापा मगरको जोडी तेश्रो बने ।


विजेतालाई अखिल नेपाल टेबलटेनिस संघका उपाध्यक्ष गोवर्धन श्रेष्ठ, टेबलटेनिस खेलाडी इभाना थापा मगर र सिक्का सुवाल, सेन्ट लरेन्सका प्रिन्सिपल पुरुषोत्तम महर्जन, पिइएफकी अध्यक्ष सिता भट्टराईलगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे ।


एकदिने प्रतियोगितामा विभिन्न १० विद्यालयका ४० खेलाडीले २ स्पर्धामा प्रतिस्पर्धा गरेको सेन्ट लरेन्सका टेबलटेनिस प्रशिक्षक नवीनबहादुर सिंहले जनाएका छन् ।

काठमाडौं । राष्ट्रिय खेलाडी कल्याणकारी कोषले तीन खेलाडीलाई स्वास्थ्य उपचारका लागि आर्थिक सहयोग प्रदान गरेको छ ।


नेपाललाई पहिलो अन्तर्राष्ट्रिय पदक दिलाएका पूर्व धावक जितबहादुर केसीलाई ७५ हजार, उसुकी पूर्व खेलाडी सर्मिला राईलाई १ लाख र १३ औं दक्षिण एसियाली खेलकुद (साग) की स्वर्णधारी जुडोकी पुनम श्रेष्ठलाई ५० हजार रुपैयाँ सहयोग प्रदान गरियो ।

केसीको पित्त थैली तथा सर्मिलाको खुट्टाको शल्यक्रिया गरिएको थियो । लिगामेन्टको शल्यक्रिया गरेकी पुनमलाई थेरापीका लागि आर्थिक सहयोग प्रदान गरिएको कोषका सदस्य–सचिव समेत रहेका नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघका अध्यक्ष दीपक श्रेष्ठले जनाएका छन् ।


राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव एवं कोषका अध्यक्ष टंकलाल घिसिङले खेलाडीलाई उक्त रकम बराबरको चेक हस्तान्तरण गरे ।

https://www.khabarpetika.com/2024/09/12/7745/

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले संविधान पुनरावलोकन गर्नुपर्ने बताएका छन् ।

बिहीबार पार्टी केन्द्रीय कार्यालय सानेपामा आायोजित उत्कृष्ट नगरपालिका र गाउँपालिकालाई सम्मान कार्यक्रममा उनले यस्तो बताएका हुन् । उनले नेपाली कांग्रेस र नेकपा एमाले मिलेर बनेको सरकारले पनि सातबुँदे सहमतिमा संविधान संशोधनलाई प्राथमिकतामा राखेको उल्लेख गर्दै अझै सशक्त रूपमा संघीयतालाई मजबुत बनाउन संविधान संशोधन हुनुपर्ने बताए ।

उनले लोकतन्त्र, गणतन्त्र, समानुपातिक समावेशी प्रतिनिधित्वलाई थप विस्तार आफूहरूले चाहेको बताए । विगतमा संविधान बनाउँदा भएका कमजोरी, राजनीतिक बाध्यता हटाएर सुदृढ रूपमा संशोधन र पुनरवलोकन हुने धारणा राखे । २०८४ सम्म संघीयता कार्यान्वयन गर्ने कामसँग जोडिएका कानुनहरू बनाउने, संरचना निर्माण गर्नेकुरा टुंग्याउनुपर्ने बताए ।

काठमाडौँ । जनमत पार्टीका अध्यक्ष चन्द्रकान्त (सीके) राउत सम्बन्धबिच्छेदको मुद्दा बोकेर अदालत पुगेका छन् । राउतले ललितपुर जिल्ला अदालतमा सम्बन्धबिच्छेदको मुद्दा (फिरादपत्र) दायर गरेका हुन् ।

गत भदौ १२ गते नै राउतले मुद्दा दर्ता गराएको अदालतका प्रवक्ता रामसजिवन महतोले जानकारी दिए ।

राउतले श्रीमती सोनी सिन्धु घरमा नबस्ने अनि माइतमात्र जाने गरेको फिरादपत्रमा उल्लेख छ । सिन्धु लामो समयदेखि भारतमा रहँदै आएको दाबी पनि उनले उक्त मुद्दामा उल्लेख गरेका छन् ।

उक्त मुद्दामा अहिले जिल्ला अदालतले म्याद तामेलीको तयारी गरिरहेको छ।

राउतले श्रीमतीले आफ्ना छोराछोरी र परिवारको दायित्व पुरा नगरेकाले मुलुकी संहिता अनुसार आफू अलग भएर बस्न चाहेको फिरादपत्रमा उल्लेख गरेका छन् । राउतकी श्रीमती सिन्धु भारतीय नागरिक हुन् भने उनीहरूका दुई छोरी र एक छोरा छन्।

राउतले मुद्दामा ‘अंश’ दिएर राख्न पनि आफू तयार रहेको फिरादपत्रमा उल्लेख गरेका छन् । जिल्ला अदालतका अनुसार प्रतिवादी सिन्धुको म्याद तामेलीपछि मात्र यो विवादमा पेसी सुरु हुने छ। दुवै पक्षको जवाफ आएपछि जिल्ला अदालतले सम्बन्ध विच्छेद हुने वा नहुने निर्णय सुनाउने छ।

काठमाडौं – वैदेशिक रोजगारमा आकर्षक तलबको प्रलोभनमा पारी दुवई, कुवेत, क्रोएसिया लगायतका देशहरूमा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । 

पक्राउ पर्नेहरूमा काठमाडौं महानगरपालिका-९ सिनामंगल बस्ने सिराहा, सिरहा नगरपालिका-७ घर भएका ३० वर्षीय सुशान्त सिंह, काठमाडौं महानगरपालिका-९ सिनामंगल बस्ने कपिलवस्तु कृष्णनगर नगरपालिका-११ घर भएका ३६ वर्षीय सल्लउदिन वेग र काठमाडौं बुढानिलकण्ठ नगरपालिका-८ हात्तिगौडा बस्ने ५३ वर्षीय राजु दाहाल रहेका छन् । 

पक्राउ मध्ये सुशान्तले २ जना पीडितबाट ८ लाख ४० हजार रूपैयाँ, सल्लउदिनले २ जना पीडितबाट ७ लाख २० हजार रूपैयाँ र राजुले ३ जना पीडितबाट ८ लाख २५ हजार रूपैयाँ लिई सम्पर्कबिहीन भएको भन्ने पीडितहरूको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले सुशान्तलाई काठमाडौं कोटेश्‍वरबाट, सल्लउदिनलाई काठमाडौं सिनामंगलबाट र राजुलाई काठमाडौं हात्तिगौडाबाट पक्राउ गरेको हो ।  

उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ ।

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शुक्रबार (भोलि) बस्ने संवैधानिक परिषद्को बैठकबाटै रिक्त रहेका सबै पदमा नियुक्ति सिफारिस गर्न प्रस्ताव गरेका छन् ।

आज प्रधानमन्त्री निवास बालुवाटारमा भएको छलफलमा प्रचण्डले संवैधानिक निकायका सबै रिक्त पदमा भोलि नै सिफारिस गर्नुपर्ने बताएका हुन् । नभए अर्को सहमति गरेर चाँडै सबै रिक्त पदमा सिफारिस गर्नुपर्ने बताएको प्रचण्डको सचिवालयले जनाएको छ ।

बालुवाटार छलफलमा प्रधानमन्त्री केपी शर्मा ओलीसहित नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र प्रमुख प्रतिपक्षी दलका नेतासमेत रहेका प्रचण्ड सहभागी थिए ।

हेटौंडा । बागमती प्रदेश खेलकुद विकास परिषद्को सदस्य सचिवमा दीपक लामा नियुक्त भएका छन् । बुधबार बसेको मन्त्रिपरिषद् बैठकले लामालाई सदस्य सचिवमा नियुक्त गरेको हो ।

सामाजिक विकास मन्त्री हरिप्रभा खड्गीको सिफारिसमा मन्त्रिपरिषद्को बैठकले लामालाई सदस्य सचिवमा नियुक्त गरेको हो । सरकारका प्रवक्ता एवं आन्तरिक मामिला तथा कानुनमन्त्री सुरजचन्द्र लामिछानेका अनुसार लामाको नियुक्तिमा युवा तथा खेलकुद मन्त्रालयको समेत सहमति रहेको छ ।

कानुनी रूपमा सामाजिक विकास मन्त्रीको सिफारिसमा सदस्य सचिव नियुक्त गर्ने व्यवस्था रहेपनि प्रदेशमा युवा तथा खेलकुद मन्त्रालय कायम रहेकाले सो मन्त्रालयको जिम्मेवारीमा रहेका मीनकृष्ण महर्जनको सहमति लिएर लामालाई नियुक्त गरिएको उनले बताए । नुवाकोटका स्थानीय लामा उसु खेलाडी हुन् ।

मन्त्रिपरिषद् बैठकले प्रदेश खेलकुद विकास परिषद्को संशोधन प्रस्ताव समेत स्वीकृत गरेको छ । प्रदेशमा युवा तथा खेलकुद मन्त्रालय रहेपनि कानुनी रूपमा सामाजिक विकास मन्त्रालय लेखिएका र केही प्रावधानहरू संशोधन गर्नुपर्ने भएकाले मन्त्रिपरिषद् बैठकले उक्त प्रस्तावलाई स्वीकृति प्रदान गरेको हो ।

https://www.khabarpetika.com/2024/09/12/7730/

काठमाडौं । सर्वोच्च अदालतद्धारा सीट भन्दा बढि यात्रु नराख्न र लामोदुरीमा दुई सवारी चालक अनिवार्य राख्न अन्तिरिम आदेश जारी गरेको छ । वरिष्ठ अधिवक्ता विष्णु लुईटेल लगायतले दायर गरेको रिटमा मंगलबार सर्वोच्च अदालतका न्यायाधिस अब्दुल अजिज मुसलमानको एकल इजालसले यातायात क्षेत्रसँग सम्बन्धित विभिन्न पाँच वटा विषयमा अन्तिरिम आदेश जारी भएको हो ।


रिट निवेदकले सवारी तथा यातायात व्यवस्था ऐन २०४९ को दफा १०२ विपरित सीट क्षमता भन्दा बढी यात्रु सार्वजनिक यातायातमा सवार नचढाउन नराख्न तथा यातायात व्यवस्था सम्बन्धी प्रचलित नेपाल कानुनको प्रभाकारी कार्यान्वयन गरी नागरिकलाई सुरक्षित, विश्वसनिय, सरल र सुलभ सेवा सञ्चालन गर्नु गराउनु र हाल अव्यवस्थित सार्वजनिक सवारीका कारण सडक दुर्घटनामा परी मृत्यु हुनेको संख्या दिनप्रतिदिन बढ्दै गएको हुदा सो लाई न्यूनिकरण गर्ने उपाय अवलम्बन गराउन विपक्षीका नाममा परमादेश निर्देशनात्कम आदेशको माग गरिएको थियो ।


त्यसैगरी सवारी साधान भित्र यात्रुको इच्छा विपरित ठूलो स्वरमा म्यूजिक सिस्टम नबजाउन, उच्च बाहन शक्ति मोटरसाइकल चालकहरुले सडक यात्रु र समाजलाई आंतकित हुने गरी ठुलो स्वर र तिव्र गतिमा मोटरसाइकल नचलाउन, १८ वर्ष उमेर नभएका नावालकलाई परिचालकको काममा नलगाउन, लामो बाटोमा यातायात सेवा सञ्चालकले गर्ने यात्रीबाहक सार्वजनिक सवारीमा चालक फेर्नु पर्ने हुँदा कम्तिमा दुइवटा चालक अनिवार्य रुपमा राख्ने व्यवस्था गराउन र चाँडवाडको समयमा यातायात व्यवसायीले जोखिमपूर्ण यात्रा गराउदा दुर्घटना हुने भएकोले कडाइका साथ नियमन तथा निगरानी गर्न विपक्षीहरुका नाममा अन्तरिम आदेशसगै अग्राधिकारको माग गरिएको थियो ।


यातायात सञ्चालनको नियमन निकायका दश वटा संस्थालाई विपक्षी वनाएको सो रिटमा वरिष्ट अधिवक्ता विष्णु लुईटेल ,अभिवक्ताहरु टंक प्रसाद भटट्राई, शिवकुमार अधिकारी, भुवन प्रसाद वाग्ले, धनेन्द्र बहादुर श्रेष्ठ, शुसिला कुमारी रोकाय, आशिष लुईटेल, इलाज पुन मगर, अच्यूत लुइटेल र सञ्चारकर्मी राधाकृष्ण कटवाल लगायतले रिट दर्ता गरेका थिए भने वरिष्ट अधिवक्ता लुईटेल र अधिवक्ता वाग्लले वहस गरेका थिए ।


सवारी तथा यातायात व्यवस्था ऐनमा स्पष्ट व्यवस्था भएपनि सार्वजनिक यातायात सञ्चालकहरुले पालना नगरेको नियमन निकायहरुले कार्यान्वयमा ध्यान नदिएको भन्दै प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यालय, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय सिंहदरबार काठमाडौं, गृह मन्त्रालय सिंहदरबार काठमाडौं, यातायात व्यवस्था विभाग, मिनभवन काठमाडौं, महानिर्देशक यातायात व्यवस्था विभाग मिनभवन काठमाडौं, नेपाल प्रहरी प्रधान कार्यालय नक्साल काठमाडौं, काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथ काठमाडौं, काठमाडौं महानगर पालिका कमलादी काठमाडौं, ललितपुर महानगरपालिका पुल्चोक ललितपुर र भक्तपुर नगरपालिका व्यासी भक्तपुरलाई विपक्षी बनाएको सो रिटमा निवेकको माग बमोजिम नै सर्वोच्चले अन्तिरिम आदेश जारी गरेको हो ।


सर्वोच्चको आदेशमा भनिएको छ–निवेदकले अन्तरिम आदेशसमेत माग गरेतर्फ विचार गर्दा निवेदकले निवेदनमा उठाएका धेरै विषयहरु भएको र अधिकांश विषयमा लिखित जवाफ पेस भई प्रस्तुत निवेदनको अन्तिम सुनुवाई हुँदा सम्वोधन हुने प्रकृतिको देखिदा हाललाई सर्वोच्च अदालत नियामावली २०७४ को नियम ४९(२) को (ख) बमोजिम देहायका विषयहरुमा अल्पकालीन अन्तरिम आदेश जारी गरिएको छ, सो पालना गर्नु,गराउनु भन्दै हाललाई पाँच वटा विषयमा आदेश भएको हो ।
पहिलो नम्बरमा सवारी तथा यातायात व्यवस्था ऐन २०४९ को दफा १०२ ले निर्धारण गरेको सिट क्षमता भन्दा बढी यात्रुलाई सार्वजनिक सवारीमा नचढाउनु र सवारी भित्र यात्रुको इच्छा विपरित ठुलो स्वरमा म्यूजिक सिस्टम नबजाउनु । त्यसैगरी उच्च बाहन शक्ति (Horse power) मोटरसाइकल चालकहरुले सडक यात्रु र समाजलाई आंतकित हुने गरी ठुलो स्वर र तिव्र गतिमा मोटरसाइकल नचलाउन, र १८ वर्ष उमेर नभएका नावालकलाई परिचालकको काममा नलगाउन पनि आदेश भएको छ ।


भने ऐ.ऐनको दफा १०४ मा व्यवस्था भए अनुसार लामो बाटोमा यातायात सेवा सञ्चालनले गर्ने यात्रीबाहक सार्वजनिक सवारीमा चालक फेर्नु पर्ने हुँदा कम्तिमा दुइवटा चालक अनिवार्य रुपमा राख्ने व्यवस्था गर्न पनि आदेश भएको छ । त्यस्तै चाँडवाडको समय नजिकिै गरेको अवस्थामा यात्रु बाहक सवारीमा यातायातको चाप अत्याधिक बढ्न गई सडह दुर्घटना समेत बढ्न सक्न जोखिमलाई मध्यनजर गरी प्रभावकारी अनुगमन एवम् निगरानीको व्यवस्था मिलाउन विपक्षीका नाममा आदेश भएको छ ।

error: कपि गर्नु राम्रो होइन ! कृपया आफ्नो भाषामा लेख्नु होला !

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।