२०८२ मंसिर २५ बिहीबार
२०८२ मंसिर २५ बिहीबार

निर्मला पन्त हत्या प्रकरणको सूक्ष्म रूपमा अनुसन्धान गरिने

काठमाडौं । गृहमन्त्री रमेश लेखकले निर्मला पन्त हत्या प्रकरणको सूक्ष्म रूपमा अनुसन्धान गरिने बताएका छन् । बिहीबार कञ्चनपुरमा आयोजित पत्रकार सम्मेलनमा उनले उक्त हत्या प्रकरणलाई आफूले गम्भीरताका साथ लिएको बताए ।

“यो प्रकरण मैले गम्भीरताका साथ लिएको छु, यो घटनाको सूक्ष्म ढंगले अनुसन्धान हुन्छ,” उनले भने ।

०७५ साउन १० मा कञ्चनपुरको भीमदत्त नगरपालिका–२, उल्टाखामकी १३ वर्षीया बालिका निर्मलाको बलात्कारपछि हत्या गरिएको थियो । हालसम्म हत्यारा पत्ता लागेको छैन ।

गृहमन्त्री लेखकले कञ्चनपुरको दोधाराचाँदनीलाई देशको सबैभन्दा ठूलो नाकाका रूपमा विकास गरिने पनि बताए । “कञ्चनपुरलाई त्रिदेशीय नाका बनाउने कुरा अघि बढिसकेको छ,” उनले भने, “निकट भविष्यमा नै दार्चुलाको तिंकरमा अध्यागमन कार्यालय स्थापना गर्ने तयारीमा निर्णय भएको छ, यसले चीनसँग जोड्छ ।”

https://www.khabarpetika.com/2024/09/05/7476/

छुटाउनुभयो कि ?

error: कपि गर्नु राम्रो होइन ! कृपया आफ्नो भाषामा लेख्नु होला !

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।