२०८३ बैशाख १७ बिहीबार
२०८३ बैशाख १७ बिहीबार

काठमाडौँ । अग्रवाल युवा मञ्चको आयोजनामा खेल महोत्सव शुक्रबारदेखि हुने भएको छ । मारवाडी समुदयकाले मात्र सहभागिता जनाउन पाउने महोत्सवमा विभिन्न ५ खेलमा प्रतिस्पर्धा हुनेछ ।


महोत्सवमा क्रिकेट, फुटसल, टेबलटेनिस, ब्याडमिन्टन र पौडीमा प्रतिस्पर्धा हुने मञ्चका अध्यक्ष प्रवीण गर्गले बिहीबार आयोजित पत्रकार सम्मेलनमा जानकारी गराए । करिब ३ सय खेलाडीको सहभागिता रहने महासचिव विनय अग्रवालले जनाएका छन् ।


प्रायोजकमा ग्लोबल रिच एडुकेसन, शिव शक्ति ग्रुप, बीएलसी इन्रिचिङ लाइफ, मोहन खेतान फाउन्डेसन, केमिकल हाउस प्रा.लि. र राधाकृष्ण ज्वेलर्स रहेका छन् । दुईदिने महोत्सवका खेलहरु धन्यन्तरी स्पोर्ट्स हबमा खेलाइने छ । पत्रकार सम्मेलनमा सांसद् चन्द्र भण्डारीले ट्रफीका साथै जर्सी सार्वजनिक गरेका थिए ।

काठमाडौं । रेडियो नेपालको कार्यकारी निर्देशकमा अमरध्वज लामा नियुक्त भएका छन् ।

बिहिबार बसेको मन्त्रिपरिषदको बैठकले लामालाई रेडियो नेपालको कार्यकारी निर्देशकमा नियुक्त गरेको हो ।

मन्त्रालयका सहसचिव बाबुराम भण्डारीको अध्यक्षतामा गठित समितिले लामा सहित अनिता गुरुङ र दीपक ज्ञवालीको नाम सिफारिस गरेको थियो ।

लामाले रेडियो नेपालमा २५ वर्ष सेवा गरेर साढे २ वर्ष अघि बरिष्ठ कार्यक्रम अधिकृतबाट स्वैच्छिक अवकाश लिएका थिए ।

काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले पेरिस पारालिम्पिक– २०२४ मा ऐतिहासिक कांस्य पदक जितेकी तेक्वान्दोकी पलेशा गोबर्धनका प्रशिक्षक कविराज नेगी लामालाई राखेपमा सेवा गर्ने गरी प्रशिक्षक (अधिकृत तृतीय) मा नियुक्तिका लागि सिफारिस गरेको छ । राखेपले युवा तथा खेलकुद मन्त्रालयलाई सिफारिस गरेको हो ।

विगतमा पनि विभिन्न अन्तर्राष्ट्रिय प्रतियोगितामा पदक जित्ने खेलाडी तथा उनीहरुका प्रशिक्षकलाई सफलताको कदर गर्दै राखेपमा सेवा गर्ने गरी नियुक्ति दिने प्रचलन थियो ।

अन्तर्राष्ट्रिय लेभल– २ पारा तेक्वान्दो प्रशिक्षक लामाले विभिन्न अन्तर्राष्ट्रिय पारा तेक्वान्दोमा प्रशिक्षकका रुपमा हालसम्म नेपाललाई ११ पदक दिलाएका छन् । त्यसमा ३ स्वर्ण, २ रजत र ३ कांस्य रहेको छ । लामा स्वयंसेवक प्रशिक्षक हुन् ।

पेरिस पारालिम्पिकमा नेपालले जितेको कांस्य नेपाली खेलकुद इतिहासकै अहिलेसम्मको ठूलो उपलब्धी हो । पेरिस पारालिम्पिकअघि कुनैपनि ओलम्पिकमा नेपालले हालसम्म पदक जित्न सकेको थिएन । नेपालले पारालिम्पिकमा सन् २००४ को एथेन्स तथा गृष्मकालीन ओलम्पिकमा सन् १९६४ को टोकियो ओलम्पिकदेखि भाग लिन थालेको थियो ।

राखेपले पेरिस पारालिम्पकमा पदक जित्ने खेलाडी, प्रशिक्षक, व्यवस्थापक र नेपाल तेक्वान्दो संघलाई राष्ट्रिय खेलकुद विकास नियमावली– २०७९ मा व्यवस्था भए अनुसारको नगद पुरस्कारका लागि पनि सिफारिस गरिसकेको छ । पेरिस पारालिम्पिकमा पलेशाले के– ४४ क्याटगोरीअन्तर्गत महिला ५७ केजीमुनि ऐतिहासिक कांस्य पदक जितेकी थिइन् ।

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले बाढी प्रभावित आयोजनालाई भन्सार छुट नदिए त्यो बनाउन गाह्रो हुने बताएका छन् । क्षति पुगेका बेला सहुलियत दिए मात्र आयोजना ‘फिजिवल’ हुने उनले बताए ।

विद्युत् विधेयकमा निजी क्षेत्रको विषय समेट्न छलफलमा रहेको पनि उनले बताए । “निजी क्षेत्रको कुरा समेटेर जाने भनेर नै हामीले त्यसलाई संसद्मा लिएका छैनौँ,” बिहीबार मन्त्रालयमा आयोजित छलफल कार्यक्रममा उनले भने ।

भारतमा १० हजार मेगावाट बिजुली बेच्ने सम्झौता भइसकेको, बंगलादेशमा पाँच हजार मेगावाट निर्यातको विषय पक्कापक्कीजस्तै भएको उनले उल्लेख गरे । चीनमा पनि केही विद्युत् बेच्न सकिन्छ कि भनेर अध्ययन भइरहेको उनले जानकारी गराए । सबै गरेर २० हजार मेगावाट विद्युत् बेच्न सकिने मन्त्री खड्काको भनाइ छ ।

“अहिले विदेशी लगानीमा बनेका ठूला आयोजनाबाट २१.९ प्रतिशत निःशुल्क विद्युत् पाइरहेका छौँ । अहिले आएर साना आयोजनामा पनि यो अभ्यास गर्नेबारेमा छलफल चलिरहेको छ,” उनले भने, “उसै पनि विद्युत् आयोजनाको लागत उच्च छ, त्यसैमा फ्री इनर्जीको कुरा सम्भव देखिँदैन ।”

काठमाडौं । नेपालका विभिन्न स्थानमा सहकारी खोलेर सर्वसाधारणको अरबौँ पैसा हिनामिना गरेर फरार रहेका गितेन्द्रबाबु (जीबी) राईलाई पक्रन मलेसिया पुगेको नेपाल प्रहरीके टोली रित्ततो हात फर्किएको छ ।

एक साताअघि मलेसिया गएको प्रहरी टोली बुधवार नेपाल आइपुगेको प्रहरी स्रोतले जनाएको छ । तर,जीबी राईलाई खोज्दै मलेसिया पुगेको प्रहरी टोलीले उनलाई भेटेको वा नभेटेको बारेमा प्रहरीले खुलाइएको छैन ।

सहकारीको बचत रकम बोकेर जीबी राई विदेशमा लुकेर बसेको आशङ्का गरिएको छ । स्रोतका अनुसार जीबी मलेसियामा अपार्टमेन्ट किनेर बसेका छन् । क्वालालम्पुरस्थित देशापण्डनमा उनले ७ करोड नेपाली रुपैयाँभन्दा बढीको अपार्टमेन्ट किनेको बताइन्छ ।

जीबीले सहकारीको रकम उपचलन लगेर मलेसियामा १ अर्ब रुपैयाँभन्दा बढी लगानी गरेको दाबी गरिएको छ ।

https://www.khabarpetika.com/2024/09/05/7492/

काठमाण्डौं । नेपाल पौडी संघका निवर्तमान अध्यक्ष अशोक रत्न बज्रचार्यले नयाँ निर्वाचित टिमलाई बरबुझारथ नगर्दा विश्व पौडी महासंघले दिदैं आएको झण्डै ४० लाख वार्षिक अनुदान कटौती गर्ने भन्दै पत्र पठाएकाे छ ।

वल्र्ड अक्वाटिक्स संघकाे पत्र

नेपाल पौडी संघलाई वार्षिक ३० हजार डलर दिँदै आइरहेको वल्र्ड अक्वाटिक्सले संघमा देखिएको विवादका कारण देखाउँदै चेतावनीपूर्ण पत्र पठाएको हो ।  

गत २०८१ वैशाख ८ गते सम्पन्न नेपाल पौडी संघको पाँचौ साधारण सभा बाट निर्वाचित टिमलाई बज्रचार्यले बरबुझारथ अझै नगरेको संघका एक सदस्यले बताए । उक्त अधिवेशनले निवर्तमान महासचिव जगत मान श्रेष्ठको अध्यक्षता नयाँ कार्यसमिति निर्वाचित गरेको थियो ।

२०८१ वैशाख ८ गते सम्पन्न नेपाल पौडी संघको पाँचौ साधारण सभा बाट निर्वाचित टिम

वल्र्ड अक्वाटिक्सको विधान अनुसार निवर्तमान अध्यक्ष र निर्वाचित अध्यक्षको संयुक्त दस्तखत प्राप्त भए पछि मात्र निर्वाचनलाई वैधानिकता दिने प्रावधान छ । तर, बज्रचार्यले उक्त हस्ताक्षर गर्न नमाने पछि यो समस्या आएको हो ।

२०८१ वैशाख ८ गते सम्पन्न नेपाल पौडी संघको पाँचौ साधारण सभामा अध्यक्षताकाे रुपमा बज्राचार्य

नेपाल पौडी संघको पाँचौ साधारण सभा बज्रचार्यकै अध्यक्षता, राष्ट्रिय खेलकुद परिषदको स्वीकृति तथा नेपाल ओलम्पिक कमिटिको रोहबरमा सम्पन्न भएको थियो । साधारण सभाको बन्दसत्र सकिएपछि निर्वाचन प्रक्रियामा भाग नलिएका बज्रचार्यले कुनियतका साथ आफु पुनः अध्यक्षमा निर्वाचित नहुने देखि पछि निर्वाचन छाडेका संघका एक पदाधिकारिले बताए । ‘शुरुमा त उहाँले हस्ताक्षर गर्छु मलाई आजिवन मानार्थ अध्यक्ष दिनुस भन्नुभयो, त्यसपछि उहाँलाई मानार्थ अध्यक्षको पत्र पनि दियौं तर अहिले हामीले पटक–पटक मौखिक तथा लिखित रुपमा आग्रह गर्दा पनि उहाँ हस्ताक्षर गर्दिन भन्नुहुन्छ’ ती पदाधिकारीले भने ।

त्यस्तै बज्रचार्यसंग नैतिकता र पौडी खेलको माया भएको भए बरबुझारथ गरी समस्या समाधान गर्नुपर्ने नव निर्वाचित महासचिव ईश्वर कार्कीले भन्छन् । निर्वाचन सम्पन्न प्रतिवेदन सहित उक्त बरबुझारथ कागजात पठाएको भए विश्व पौडी महासंघले मान्यता दिन्थ्यो तर अहिले त्यो नहुँदा नयाँ समितिलाई मान्यता दिएको छैन ।

बेलैमा समस्या समाधान नभए वार्षिक ४० लाख अनुदान मात्र नभएर नेपाल वल्र्ड अक्वाटिक्सको सदस्यमा पनि नरहने निश्चित जस्तै छ । यदि त्यसो भएमा नेपालमा पौडी खेलको विकासमा अन्धकार सृजना हुने संघका प्रवक्ता उमेश प्रधान बताउँछन् ।

हाल वाइल्ड कार्ड मार्फत ओलम्पिकमा सहभागी हुँदै आएका खेलाडीले अब उपरान्त सहभागी हुन पाउने छैनन् । वैदेशिक सहभागीता वन्द हुनेछ भने नेपाली पौडी खेलाडीको भविष्य अनिष्चित हुनेमा दुई मत नभएको उनको भनाइ छ । ‘संघमा भएको समस्याका बारेमा नियामक निकायहरु राष्ट्रिय खेलकुद परिषद र नेपाल ओलम्पिक कमिटिलाई पत्र मार्फत्नै जानकारी गराएका छौं । तर, उहाँहरु सुने पनि नसुने झैं गरिराख्नु भएको छ,’ संघका प्रवक्ता प्रधानले भने ।

बरबुझारथ गर्न संघले बज्राचार्य लाई पठाएको पत्र

काठमाडौं– वैदेशिक रोजगारमा आकर्षक तलबको प्रलोभनमा पारी कतार पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा  ओखलढुङगा चिसङखुढी नगरपालिका-६ पोखरे घर भई काठमाडौं बुढानिलकण्ठ नगरपालिका-३ बस्ने २८ वर्षीय सुबास आले मगरलाई मंगलबार प्रहरीले पक्राउ गरेको छ । 

सुभासले कतार पठाइदिन्छु भन्दै १ जना पीडितबाट १ लाख रूपैयाँ लिई सम्पर्क विहीन भएको भन्ने पीडितको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उनलाई काठमाडौं महानगरपालिका-३ महाराजगंजबाट पक्राउ गरेको हो ।

उनलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ ।

https://www.khabarpetika.com/2024/09/05/7487/

काठमाडौं– क्लब एवम् हाउस पार्टीको नाममा युवा युवतीहरूलाई शरीर बन्धक बनाई यातना दिने कार्यमा संलग्न रहेको अभियोगमा ४ जनालाई मंगलबार प्रहरीले पक्राउ गरेको छ । 

पक्राउ पर्नेहरूमा काठमाडौं बुढानिलकण्ठ नगरपालिका-१ बस्ने ३३ वर्षीय आशिष देउला, टोखा नगरपालिका-३ बस्ने २७ वर्षीय राजेन्द्र घले, काठमाडौं ठमेल बस्ने उदयपुर गाईघाट नगरपालिका-११ घर भएका २२ वर्षीय ओजस्वी तामाङ र काठमाडौं स्वयम्भू बस्ने चितवन भरतपुर महानगरपालिका-२९ घर भएका २२ वर्षीय साजन गुरूङ रहेका छन् । 

उनीहरूले काठमाडौंका विभिन्न स्थानमा रहेका डान्सबार, क्लबबाट युवा युवतीहरूलाई विभिन्न प्रलोभनामा पारी क्लब पार्टी र हाउस पार्टीको नाममा बुढानिलकण्ठ नगरपालिका-१ स्थित घरमा लगेर नशालु पदार्थ सेवन गराई अनैतिक कार्य तथा ज्यान मार्ने सम्मको शारीरिक यातना दिएको भन्ने सूचना प्राप्त हुनासाथ जिल्ला प्रहरी परिसर काठमाडौंबाट खटिएको प्रहरीले उनीहरूलाई काठमाडौं बुढानिलकण्ठ नगरपालिका-१ बाट पक्राउ गरेको हो । साथै प्रहरीले उनीहरूको साथबाट नक्कली पेस्तोल १ थान, ह्‍यामर १ थान, इलेक्ट्रिक आइरन १ थान र व्लोवर मेसिन १ थान बरामद गरेको छ । 

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ । 

https://www.khabarpetika.com/2024/09/05/7485/

सुर्खेत । प्रमुख सत्तारुढ दल नेकपा एमालेका महासचिव शङ्कर पोखरेलले एमालेलाई बलियो र राष्ट्रिय शक्ति बनाउन लागिरहेको बताएका छन् । लोकतन्त्रलाई सुदृढ गर्न निकै आवश्यक भएको बताउँदै त्यसका लागि बलियो शक्ति आवश्यक भएकाले ०८४ मा एमाले मुलुककै बलियो शक्तिका रूपमा स्थापित हुने उनको भनाइ छ ।

बिहीबार सुर्खेत विमानस्थलमा पत्रकारसँग कुरा गर्दै पोखरेलले युवाहरूमा निकै निराशावाद पलाएको र ती युवालाई तत्कालै राज्यले रोजगारी दिने अवस्था नरहेको बताए । तर त्यसका लागि सरकारले काम गर्नुपर्ने र निराशालाई चिर्न राज्य तयार हुनुपर्ने बताए ।

काठमाडौँका मेयर बालेन साह र प्रधानमन्त्री केपी शर्मा ओलीबिच भएको टकरावलाई लिएर पोखरेलले बालेनले प्रधानमन्त्रीसँग उक्त विषय जोड्न आवश्यक नभएको बताए । बालेनले लगाएको आरोपबारे सम्बन्धित निकायले पुष्टि गर्ने भएकाले खासै बोल्न आवश्यक नरहेको उनको भनाइ छ ।

https://www.khabarpetika.com/2024/09/05/7482/

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारमा रहेका दलका नेताहरूले ‘जनयुद्ध’को अवमूल्यन गर्न खोजेकाले भन्डाफोर गर्नुपर्ने बताएका छन् ।

माओवादी पार्टी कार्यालय पेरिसडाँडामा बिहीबार आयोजित सहिद शेरमान कुँवर र मोहनचन्द्र गौतमको २०औँ स्मृति दिवस कार्यक्रममा उनले ‘जनयुद्ध’ वा सशस्त्र द्वन्द्वलाई संविधानले नै स्वीकार गरेको उल्लेख गरे । यस्तो अवस्थामा सरकारमा रहेका दलका नेताहरूले हिंसा भन्ने दुष्साहस गरेको भन्दै उनले जनतामा गएर भन्डाफोर गर्नुपर्नेमा जोड दिए ।

सहिदकै बलिदानका कारण प्राप्त राजनीतिक उपलब्धि उपभोग गरेर उक्त संघर्षमाथि धावा बोल्ने छुट कसैलाई नभएको उनले बताए ।

प्रधानमन्त्री (केपी शर्मा ओली)ले ‘प्रचण्डलाई राउन्ड किक हानेको’ भनेर बोलेको आफूले सुनेको उनले उल्लेख गरे । अब जनताको राउन्ड किक उनीहरूले देख्ने प्रचण्डको भनाइ छ ।

“प्रचण्डलाई राउन्ड किक हानेको भनेर पनि बोलेछन्, प्रधानमन्त्रीमा बसेका मान्छेले,” उनले भने, ‘अब जनताको राउन्ड किक कस्तो हुन्छ तिनले देख्नेछन् । उनले (केपी ओली) त मलाई राउन्ड किक हानेका रहेछन्, जनताको राउन्ड किक उनले देख्नेछन् भन्ने म ठान्छु ।

‘जनयुद्ध’का महान् सहिदलाई सम्मान गर्ने विषयमा पार्टीले निरन्तर काम गरिरहेको उनले स्पष्ट पारे । टीआरसी विधेयक पारित भएपछि ‘जनयुद्ध’लाई राष्ट्रिय दिवसका रूपमा स्थापित गर्न रोक्न नहुने र अदालतले पनि पुनर्विचार गर्ने उनले विश्वास व्यक्त गरे ।

आफूले गरेका राम्रा कामको अपनत्व र स्वामित्व लिन उनले आग्रह गरे । सरकारबाट बाहिरिएसँगै संगठन बनाउने र कमजोरी सच्याउने अवसर प्राप्त भएको उनले बताए ।

परिवर्तनका विरुद्ध गर्न खोजिएको ज्यादती र अपमानविरुद्ध संघर्ष गर्न पनि उनले कार्यकर्तालाई निर्देशन दिए । हिमालयन टेली भ्वाइस

https://www.khabarpetika.com/2024/09/05/7479/
error: कपि गर्नु राम्रो होइन ! कृपया आफ्नो भाषामा लेख्नु होला !

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।