२०८२ जेष्ठ २ शुक्रबार
२०८२ जेष्ठ २ शुक्रबार

गोल्डेनगेटको दोश्रो जित

काठमाडौं । गोल्डेनगेट इन्टरनेसनल कलेजले प्रथम अन्तरकलेज छात्रा बास्केटबल प्रतियोगितामा मंगलबार लगातार दोश्रो जित हात पारेको छ ।


प्रोफेसनल एडुकेसन कन्सल्टेन्सी (पीइसी) द्वारा आयोजित प्रतियोगितामा गोल्डेनगेटले ट्रिटन इन्टरनेसनल कलेजलाई ४६–१८ ले सहजै पराजित ग¥यो ।

विजेताकी आयुशा महर्जनले १३ अंक जोडिन् । सुरुका तीन क्वाटरमा गोल्डेनगेटले ११–०, १४–० र १०–४ को अग्रता लियो । चौथो तथा अन्तिम क्वाटरमा गोल्डेनगेट ११–१४ ले पछि परेपनि जितलाई असर परेन ।


सानागाउँस्थित रोयल स्पोर्ट्स सेन्ट्रलको कोर्टमा भइरहेको प्रतियोगितामा रातो बंगला र ल्यान्डमार्क एकेडेमीले सफलता पाए ।
रातो बंगलाले ब्लु बर्डलाई २३–७ ले हरायो । रातो बंगलाकी समृद्धि शाहले १० स्कोर गरिन् । चारै क्वाटरमा अग्रता लिएको रातो बंगलाले क्रमशः ४–१, ९–४, ६–० र ४–२ को प्रदर्शन ग¥यो ।


ल्यान्डमार्कले कान्जिरोवामाथि २८–२५ को कठिन जित दर्ता ग¥यो । ल्यान्डमार्ककी मिका केसीले १६ अंक जोडिन् । ल्यान्डमार्कको पनि यो लगातार दोश्रो जित हो । ल्यान्डमार्कले पहिलो क्वाटरमा ६–२, दोश्रोमा २–११, तेश्रोमा १५–१ र चौथोमा ५–११ अंक जोड्यो ।

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।