२०८३ बैशाख १९ शनिबार
२०८३ बैशाख १९ शनिबार

हेटौंडा । बागमती प्रदेशमा सरकारले संविधान दिवसको अवसरमा विभिन्न कार्यक्रम गर्ने भएको छ । प्रदेश सरकारले ३ दिनसम्म विभिन्न कार्यक्रम गरी दिवस मनाउने निर्णय गरेको छ ।

मंगलबार मुख्यमन्त्री बहादुर सिंह लामाको अध्यक्षमा बसेको बैठकले दिवस मनाउन ४३ सदस्यीय मूल समारोह समिति गठन गरेको छ । मुख्यमन्त्री लामाको संयोजकत्वमा रहेको उक्त समिति मार्फत दिवसको अवसरमा विभिन्न गतिविधि तथा कार्यक्रम सञ्चालन गरिने प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्रालयका सचिव पूर्णबहादुर दर्जीले जानकारी दिए ।

उनका अनुसार समितिमा संघ तथा प्रदेशका सरकारी निकाय, स्थानीय तह, सुरक्षा निकाय, विभिन्न संघ संस्थाहरू रहेका छन् । सो समितिका सदस्यहरूको संयोजनमा विभिन्न कायक्रमहरु सञ्चालन हुने उनले बताए ।

दिवसको अवसरमा असोज १ गते सामाजिक विकास मन्त्रालयले ‘संविधान कार्यान्वयनका नौ वर्ष उपलब्धि र चुनौती’ विषयक प्रदेश राजधानी रहेको जिल्लाका क्याम्पस स्तरीय निबन्ध प्रतियोगिता आयोजना गरिने छ भने वन तथा वातावरण मन्त्रालयले उपयुक्त स्थानमा वृक्षारोपण, युवा तथा खेलकुद मन्त्रालय मार्फत राष्ट्रसेवक र नागरिकको सहभागिता हुनेगरी खेलकुद कार्यक्रम आयोजना गर्ने निर्णय गरिएको छ ।

त्यस्तै दिवसको अवसरमा २०८० को एसईई परीक्षामा सामुदायिक विद्यालयबाट प्रदेशस्तरमा सर्वोत्कृष्ट जिपिए प्राप्त गर्ने एक जना छात्रा र एक जना छात्रलाई नगद पुरस्कार वितरण गर्ने, स्वास्थ्य मन्त्रालय मार्फत स्वास्थ्य शिविर सञ्चालन, अपांगता भएका व्यक्तिहरूलाई कृत्रिम अंग प्रदान र रक्तदान कार्यक्रम, सरसफाइ र असोज ३ गते विशेष समारोहसहित दिवस मनाउने निर्णय गरिएको छ ।

दिवसको अवसरमा सरकारी कार्यालय परिसर, प्रदेश राजधानीको बुद्ध चोक र बसपार्कमा तथा सार्वजनिक सवारी साधनहरूमा राष्ट्रिय झण्डा फहराउने, दीप प्रज्ज्वलन, गर्ने निर्णय गरिएको छ ।

काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप) अन्तर्गत तालिम तथा प्रशिक्षण विभागका निर्देशक प्रचण्ड शर्मालाई मंगलबार बिदाइ गरिएको छ ।


राखेपका सदस्य–सचिव टंकलाल घिसिङले शर्मालाई लामो समय राखेपमा रहेर सेवा गरेकोमा धन्यवाद दिए । मंगलबारै छुट्टै कार्यक्रममा तालिम तथा प्रशिक्षण विभागले पनि शर्मालाई बिदाइ गरेको थियो ।


खेलकुद चिकित्सा तथा अनुसन्धान केन्द्रका प्रमुख मधुसुदन बस्नेत, तालिम तथा प्रशिक्षण विभागकी उप निर्देशक संगीना वैद्य, फुटबलकी प्रमुख प्रशिक्षक अरुणा गुरुङ, एथलेटिक्सकी प्रमुख प्रशिक्षक उषा कर्ण, राखेप कर्मचारी संघकी अध्यक्ष सरस्वती केसी, तालिम तथा प्रशिक्षक विभागका वरिष्ठ अधिकृत सुजन खतिवडालगायतले एक कार्यक्रमबीच शर्मालाई बिदाइ गरे । २०५२ साल माघ १० गते राखेपमा सेवा प्रवेश गरेका शर्माले मंगलबारदेखि उमेर हदका कारण अनिवार्य अवकास पाएका हुन् ।

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले ०८४ मा हुने निर्वाचनमा एमालेले कसैसँग गठबन्धन नगर्ने बताएका छन् ।

मंगलबार सुरु भएको पोलिटब्यूरो बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले ०८४ को निर्वाचनमा एमालेले कसैसँग गठबन्धन नगर्ने बताएका हुन् ।

‘नेकपा एमाले ०८४ को निर्वाचनमा कसैसँग गठबन्धन गर्दैन । एक्लै लड्छ । बरु त्यसपछि नतिजाका आधारमा सरकार बनाउन तालमेल गर्न सकिन्छ’, बैठकमा ओलीले गरेको ब्रिफिङ उधृत गर्दै एक पोलिटब्युरो सदस्यले भने,‘ त्यसका लागि शक्ति निर्माण गर्न आजैदेखि लाग्नुपर्छ ।’

काठमाडौं । गोल्डेनगेट इन्टरनेसनल कलेजले प्रथम अन्तरकलेज छात्रा बास्केटबल प्रतियोगितामा मंगलबार लगातार दोश्रो जित हात पारेको छ ।


प्रोफेसनल एडुकेसन कन्सल्टेन्सी (पीइसी) द्वारा आयोजित प्रतियोगितामा गोल्डेनगेटले ट्रिटन इन्टरनेसनल कलेजलाई ४६–१८ ले सहजै पराजित ग¥यो ।

विजेताकी आयुशा महर्जनले १३ अंक जोडिन् । सुरुका तीन क्वाटरमा गोल्डेनगेटले ११–०, १४–० र १०–४ को अग्रता लियो । चौथो तथा अन्तिम क्वाटरमा गोल्डेनगेट ११–१४ ले पछि परेपनि जितलाई असर परेन ।


सानागाउँस्थित रोयल स्पोर्ट्स सेन्ट्रलको कोर्टमा भइरहेको प्रतियोगितामा रातो बंगला र ल्यान्डमार्क एकेडेमीले सफलता पाए ।
रातो बंगलाले ब्लु बर्डलाई २३–७ ले हरायो । रातो बंगलाकी समृद्धि शाहले १० स्कोर गरिन् । चारै क्वाटरमा अग्रता लिएको रातो बंगलाले क्रमशः ४–१, ९–४, ६–० र ४–२ को प्रदर्शन ग¥यो ।


ल्यान्डमार्कले कान्जिरोवामाथि २८–२५ को कठिन जित दर्ता ग¥यो । ल्यान्डमार्ककी मिका केसीले १६ अंक जोडिन् । ल्यान्डमार्कको पनि यो लगातार दोश्रो जित हो । ल्यान्डमार्कले पहिलो क्वाटरमा ६–२, दोश्रोमा २–११, तेश्रोमा १५–१ र चौथोमा ५–११ अंक जोड्यो ।

काठमाडौं । नेपाली काँग्रेसका सांसद रामहरी खतिवडाले सरकारका मन्त्रीहरुलाई जिब्रोमा ब्रेक लगाएर बोल्न आग्रह गरेका छन् ।

मङ्गलवार प्रतिनिधि सभा बैठकको आकस्मिक समयमा बोल्दै सांसद खतिवडाले सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले केही दिनअघि नेपाल प्रहरीको महानिरीक्षकको जिब्रो थुत्नुपर्दछ भन्ने अभिव्यक्ति दिएको भन्दै आपत्ति जनाएका हुन् ।

उनले भने– ‘गण्डकी प्रदेशमा मन्त्रीको पद नै बिक्री गर्न लागियो भन्ने चर्चा छ । यो के हो ? यो बारे कसले जवाफ दिनुपर्ने हो, यसको जवाफ हामी खोज्न चाहन्छौँ । मन्त्रीको पद पैसामा बिक्री गर्न शुरुवात गरेको हो कि होइन ? यस्ता अभिव्यक्ति किन आउँछन् योबारे सरकारले जानकारी देओस् । दोस्रो, म सत्तारुढ पक्षकै सांसद हुँ । तर सूचना तथा सञ्चारमन्त्रीले केही दिन पहिला नेपाल प्रहरीका आइजिपीका जिब्रो थुत्नुपर्दछ भनेर अभिव्यक्ति दिनुभएछ । यो अभिव्यक्ति आपत्तिजनक छ । मन्त्रीहरुलाई आग्रह गर्न चाहन्छु, जिब्रोमा ब्रेक लगाइयोस् । अन्त कहाँ–कहाँ लगाउनुपर्ने हो ब्रेक लाग्दै गर्ला । तर मन्त्रीहरुले चाहीँ जिब्रोमा ब्रेक लगाएर बोल्ने गरियोस् । सभामुखसँग अनुरोध गर्न चाहन्छु यसको जवाफ संसदमा दिइयोस् ।’

https://www.khabarpetika.com/2024/09/03/7424/

काठमाडौं । सार्वजनिक बिदाको दिनमा पनि सरकारी अस्पतालमा बहिरंग सेवा (ओपीडी) सञ्चालन गर्न सरकारले दिएको निर्देशनप्रति नेपाल चिकित्सक संघले आपत्ति जनाएको छ ।

संघका महासचिव डा. सञ्जीव तिवारीले विज्ञप्ति जारी गरी चिकित्सक तथा स्वास्थ्यकर्मीहरुको शारीरिक तथा मानसिक स्वास्थ्यको बेवास्ता गर्दैै सरकारले गरेको निर्णय अव्यवहारिक र अवैज्ञानिक भएको बताएका छन् । उक्त निर्णय तुरुन्तै फिर्ता लिन पनि माग गरेका छन् ।

सङ्घले अन्तर्राष्ट्रिय श्रम संगठनले व्यक्तिको श्रमअवधि साताको ४० घण्टा तोकेपनि ७२ घण्टासम्म लगातार काम गर्नुपरेको भन्दै त्यसको तुलनामा सुविधा र दरबन्दी अत्यन्त कम भएको बताएको छ ।

https://www.khabarpetika.com/2024/09/02/7402/

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले संविधानका मौलिक अधिकारका मर्म र भावनालाई पूर्णतः कार्यान्वयन गर्ने बताएका छन् ।

मंगलवार काठमाडौंमा लैङ्गिक समावेशीकरण सम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन उद्घाटन गर्दै उनले यस्तो बताएका हुन् । उनले सरकार अन्तर्राष्ट्रिय प्रतिवद्धता र सम्झौताको कार्यान्वयनप्रति प्रतिवद्ध रहेको बताए ।

प्रधानमन्त्री ओलीले नेपालको गरिबी उन्मुलन गर्ने, समृद्ध नेपाल, सुखी नेपालीको लक्ष्य पूरा गर्ने र मुलुकको विकासका काम गर्ने प्रतिवद्धता जनाए । उनले शान्ति, सुरक्षा र अधिकारसहित जनताले सम्मानजनक जीवनको अनुभुति गर्नेगरी सरकारले काम ग्रिरहेको बताए ।

प्रधानमन्त्री ओलीले नेपालले पहिलो महिला राष्ट्रपति, प्रधानन्यायाधीश, प्रतिनिधिसभाका सभामुख र मुख्यसचिव पाइसकेको बताउँदै राज्यका सबै निकायमा महिला सहभागिता बढाउन आवश्यक सहजीकरण भइरहेको उल्लेख गरे ।

उनले भने– ‘हामीले संविधानका मौलिक अधिकारका मर्म र भावनालाई पूर्णत कार्यान्वयन गर्नेछौँ । अन्तर्राष्ट्रिय प्रतिबद्धता र सम्झौताको कार्यान्वयनप्रति प्रतिबद्ध छौँ । नेपालको गरिबी उन्मुलन गर्नेछौँ । समृद्ध नेपाल, सुखी नेपालीको लक्ष्य पूरा गर्नेछौँ । मुलुकको विकासका लागि समृद्धिले मात्रै काम गर्दैन । शान्ति, सुरक्षा र अधिकारसहित जनताले सम्मानजनक जीवनको अनुभूति गर्नुपर्छ । त्यसका लागि सरकारले काम गरिरहेको छ ।’

बर्दिया, बढैयाताल गाउँपालिका-२ फुटाहबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ४ सय ९० मिलिग्राम सहित सोही गाउँपालिका-६ मैनापोखर बस्ने २८ वर्षीय योगेन्द्र सिलाललाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी जमुनीबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ साइकलमा आउँदै गरेका उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । 

मोरङ, बिराटनगर महानगरपालिका-१७ स्लामपुरबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ७ सय ९० मिलिग्राम सहित सोही महानगरपालिका-१७ बस्ने १८ वर्षीय किशोर समेत २ जनालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो बिराटनगरबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । 

पर्सा, वीरगंज महानगरपालिका-१६ स्थित सडकबाट अवैध लागूऔषध गाँजा ४ किलो ८ सय ४१ मिलिग्राम सहित २ जनालाई सोमबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा भारत बिहार घर भएका ४० वर्षीय सन्तोष कुमार ठाकुर र ३० वर्षीय सुजित कुमार राय रहेका छन् । प्रहरी चौकी इनरूवा समेतबाट खटिएको प्रहरीले वीरगंजबाट भारत रक्सौलतर्फ पैदल जाँदै गरेका उनीहरूलाई उक्त गाँजा सहित पक्राउ गरेको हो । 

कञ्चनपुर, बेलौरी नगरपालिका-१० सडकघाटस्थित सडकबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १ ग्राम १ सय ५० मिलिग्राम सहित सोही ठाउँ बस्ने २४ वर्षीय बिकास चौधरी समेत २ जनालाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको  छ । इलाका प्रहरी कार्यालय बेलडाँडीबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । 

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

https://www.khabarpetika.com/2024/09/03/7416/

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहको फेसबुकबाट नेकपा (एमाले) लुम्बिनी प्रदेश सांसद रेखा शर्माको फोटो सहित पोष्ट गरिएको स्टाटस हटाइएको छ ।

मेयर शाहको सचिवालयले धेरै मानिसहरूले रिपोर्ट गरेपछि फेसबुकले आफै पेजको स्टाटस हटाएको बताएको छ।

हटेको उक्त स्टाटस रिकभर गर्ने प्रयास पनि भइरहेको उनको सचिवालयले जनाएको छ।

एमाले सांसद शर्माले बालशोषण गरेको र उनलाई पक्राउ गर्नुपर्ने भन्दै आइतबार स्ट्याटस राखेका थिए।

मेयर बालेनले उक्त स्ट्याटस माइक्रो ब्लगिङ साइट एक्समा पनि राखेका थिए।

उनले लेखेकाे स्टाटसकाे केही अ‍‌श-

‘उहाँ हुनुहुन्छ नेकपा एमालेकी प्रदेश सांसद रेखा शर्मा, उहाँले विगत ८ वर्षदेखि बन्दी बनाएर, एक जना नबालिकालाई घरेलु कामदार को नाममा हिंसा गर्दै आउनु भएको छ, दैनिक रूपमा कुटपिट गर्दै आउनु भएको छ’  उनले लेखेका छन्,’काठमाडौँ महानगरले विगत २ महिनादेखि कारबाही अगाडि बढाउनु भन्दा पनि यो सरकारले समाएको छैन । अदालतले पनि मुद्दा चलाऊ भनेर भनी सकेको छ ।’

‘सम्माननीय प्रधानमन्त्री खड्ग प्रसाद ओलीज्यू,सुशासन भनेको अदालतले नि समाऊ भनेको तपाईंको सांसद रेखा शर्मा जसलाई बाल शोषण गरेको मुद्दा छ समाउनलाई भन्दछ । सायद तपाईंको लागि सुशासनको अर्थ सो बालिकाको मृत्युपछि गोहीको आँसु चुहाएर फेसबुकमा समवेदना दिँदै एक लाख घोषणा गर्नु नै होला । कहिले समाउने ?? कि नसमाउने ??’

https://www.khabarpetika.com/2024/09/03/7414/

पोखरा । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति समेत रहेका पूर्व गृहमन्त्री रवि लामिछानेले सहकारीको रकम गोर्खा मिडियामा लगानी भएकोबारे आफूलाई केही थाहा नभएको बताएका छन् ।

सूर्यदर्शन सहकारीको रकम अपचलनमा नाम मुछिएपछि लामिछानेसँग कास्की प्रहरीले काठमाडौँमा बयान लिएको थियो ।

अनुसन्धानका लागि गोर्खा मिडिया कम्पनीमा छापा हान्न गएको प्रहरीको टोलीले लामिछानेसँग प्रारम्भिक बयान लिएको हो । भदौ १० गते उनीसँग बयान लिइएको कास्की प्रहरीले जनाएको छ ।

‘कम्पनीसँग उहाँको आवद्धता देखिन्छ । पोखरा महानगरको विज्ञ टोलीले अध्ययन गर्दा पनि उहाँको नाम उल्लेख छ,’ अनुसन्धानमै सहभागी एक प्रहरीले भने, ‘बयानको क्रम सकिएको छैन । अनुसन्धानले जे भन्छ, सोही अनुसार प्रक्रिया अघि बढ्छ ।’

छानबिन र अनुसन्धानका क्रममा सूर्यदर्शन सहकारीको साढे ५ करोड रुपैयाँ गोर्खा मिडिया नेटवर्कमा लगानी भएको पत्ता लागेको छ । सहकारीका पीडित बचतकर्ताले २०८० साउन २२ गते प्रहरीमा जाहेरी दिएका थिए ।

https://www.khabarpetika.com/2024/09/03/7411/
error: कपि गर्नु राम्रो होइन ! कृपया आफ्नो भाषामा लेख्नु होला !

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।