२०८२ जेष्ठ ९ शुक्रबार
२०८२ जेष्ठ ९ शुक्रबार

सांसदले घुस दिएकोबारे छानबिन भइरहेको छ : शिक्षामन्त्री भट्टराई

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले समकक्षता प्रमाण पत्र लिँदा सांसद वीरेन्द्र महतोले घुस दिएको विषयमा छानबिन भइरहेको बताएकी छन् ।

बुधबार बसेको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा मन्त्री भट्टराईले सांसद महतोले उठाएको विषयमा छानबिन गर्न समिति बनाएर काम भइरहेको जानकारी गराइन् ।

उनले भनिन् ‘हामीले छानबिनका लागि समिति बनाएका छौं र जो कर्मचारीमाथि आरोप लागेको छ, उहाँलाई अरु स्थानमा पठाइएको छ ।’

शिक्षा तथा मानव स्रोत विकास केन्द्रका उपमहानिर्देशक बसन्त कोइरालाको संयोजकत्वमा तीन सदस्यीय समिति बनाइएको मन्त्री भट्टराईले बताइन् ।

उनले भनिन् अब ‘छानबिन समितिको प्रतिवेदनको सिफारिसका आधारमा कस्तो कारबाही गर्ने भन्ने निर्णय गर्छौं ।’

सांसद महतोले प्रतिनिधि सभाको बैठकमै प्रमाण पत्रको समकक्षताका लागि घुस दिएको बताएका थिए ।

छुटाउनुभयो कि ?

error: कपि गर्नु राम्रो होइन ! कृपया आफ्नो भाषामा लेख्नु होला !

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।