२०८२ कार्तिक २५ मंगलवार
२०८२ कार्तिक २५ मंगलवार

काभा यू-२० महिला भलिबल च्याम्पियनसिप खेल्न जाने टोलीको विदाई

 काठमाडौं  । नेपाल भलिबल संघले  माल्दिभ्सको मालेमा हुने काभा यू–२० महिला भलिबल च्याम्पियनसिप खेल्न जाने नेपाली टोलीलाई बिदाई गरेको छ । सोमबार आयोजित एक कार्यक्रममा राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव टंकलाल घिसिङ, सहाना प्रधान फाउण्डेसनका अध्यक्ष रामकुमारी झाँक्री, नेपाल भलिबल संघका अध्यक्ष जितेन्द्रबहादुर चन्द, उपाध्यक्ष भरतबहादुर शाहलगायतले बिदाई गरे । च्याम्पियनसिप यही जुलाई १८ देखि  २३ सम्म माल्दिभ्सको मालेमा हुँदैछ ।


नेपालले पहिलो पटक उमेर समूह काभा यु–२० च्याम्पियनसिप खेल्न लागेको हो । उमेर समूहदेखि नै भलिबलको विकास गर्ने लक्ष्यसहित नेपाल भलिबल संघले उमेरसमूहको प्रतियोगिता गराउने र अन्तर्राष्ट्रिय स्तरमा पनि सहभागिता गराउने योजना बनाएको छ ।


सेन्ट्रल एसियन भलिबल एसोसिएसन (काभा) को कार्यक्रम अनुसार हुन लागेको प्रतियोगितामा नेपाल, श्रीलंका, आयोजक माल्दिभ्स, कीर्गिस्तान गरी कूल चार टोलीको सहभागिता रहेको छ । नेपाली टोलीलाई बिदाई गर्दै राखेप सदस्य–सचिव टंकलाल घिसिङले पहिलो पटक उमेर समूहको महिला टोलीले अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्न जाने लागेको भन्दै शुभकामना दिए । उनले यो राम्रो सुरुआत भएको र यो टिमबाट भविष्यमा राम्रो प्रदर्शन हुने विश्वास व्यक्त गरे ।


नेपालले पहिलो खेल जुलाई १८ मा श्रीलंकासँग खेल्नेछ । यस्तै नेपालले दोस्रो खेल जुलाई २० मा कीर्गिस्तानसँग र  तेस्रो खेल माल्दिभ्ससँग जुलाई २० मा खेल्नेछ ।
सिंगल राउण्ड रोविनका आधारमा सबै टिमले एक आपसमा खेलेपछि सेमिफाईनल खेल हुनेछ । लिगमा पहिलो हुने र चौथो हुने तथा दोस्रो हुने र तेस्रो हुनेबीच सेमिफाईनल खेल हुनेछ । फाईनल खेल जुलाई २३ मा हुनेछ ।


नेपालले काभा यू–२० महिला भलिबल च्याम्पियनसिपको उपाधि जित्ने लक्ष्य राखेको छ । नेपाली टोली मंगलबार माल्दिभ्स प्रस्थान गर्नेछ ।

छुटाउनुभयो कि ?

error: कपि गर्नु राम्रो होइन ! कृपया आफ्नो भाषामा लेख्नु होला !

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।