२०८२ जेष्ठ ३ शनिबार
२०८२ जेष्ठ ३ शनिबार

सिमलताल बस दुर्घटना: अर्का एक यात्रुको शव नवलपुरमा भेटियो

नवलपुर। नवलपुरको गैँडाकोटस्थित नारायणी नदीमा अर्का एक युवकको शव भेटिएको छ। उक्त शव सिमलतालस्थित नारायणगढ–मुग्लिन सडकमा दुर्घटनामा परेको बसका यात्रुको भएको प्रहरीले जनाएको छ ।

भारत बिहार बेतिया जिल्ला पश्चिम चम्पारण २२ बस्ने ४० वर्षीय सजाद अन्सारीको शव भेटिएको जिल्ला प्रहरी कार्यालय, नवलपुरका प्रहरी नायव उपरीक्षक वेदबहादुर पौडेलले जानकारी दिनुभयो ।

काठमाडौँ कलङ्कीमा व्यवसाय गरी बस्ने अन्सारी बा.प्र. ०३–००६ ख १५१६ नम्बरको बसमा वीरगन्जबाट काठमाडौँ जाँदै हुनुहुन्थ्यो। उक्त बस दुर्घटनामा परेका यात्रुमध्ये तीन जनाको शव नवलपुरमा भेटिएको छ ।

यसअघि शनिबार दुई जनाको शव गैँडाकोट नगरपालिका-७ गैरीस्थित नारायणी नदीको बिच भागको टापुमा फेला परेको थियो। नदीले शव बगाएर नवलपुरसम्म पुर्‍याएपछि प्रहरीले खोजीलाई निरन्तरता दिएको छ ।

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।