२०८३ बैशाख १६ बुधबार
२०८३ बैशाख १६ बुधबार

काठमाडौं । बागमती प्रदेशस्तरीय खुला तेक्वान्दो लिग आगामी भदौमा हुने भएको छ । खेलाडीको क्षमता अभिवृद्धि गरी अन्तर्राष्ट्रिय प्रतियोगितामा उत्कृष्ट नतिजा ल्याउने उद्देश्यले बागमती प्रदेशभित्रका १३ जिल्लाबीच लिग सञ्चालन गर्न लागिएको काठमाडौं जिल्ला समन्वय समितिका प्रमुख सन्तोष बुढाथोकीले जानकारी दिए

बागमती प्रदेशस्तरीय खुला तेक्वान्दो लिग आयोजनाका लागि काठमाडौं जिल्ला समन्वय समिति र बागमती प्रदेश तेक्वान्दो संघबीच सम्झौता भएको छ । सम्झौतापत्रमा काठमाडौं जिल्ला समन्वय समितिका प्रमुख सन्तोष बुढाथोकी र बागमती प्रदेश तेक्वान्दो संघका अध्यक्ष केशव पुरीले हस्ताक्षर गरेका थिए ।

जिल्ला समन्वय समितिको संयोजन, काठमाडौं जिल्लाका ११ वटै पालिकाको आयोजना र बागमती प्रदेश तेक्वान्दो संघको प्राविधिक सहयोगमा सञ्चालन हुने लिगबाट खेलाडीको वरीयता निर्धारण पनि गरिने भएको छ । ‘बागमती प्रदेशस्तरीय खुला तेक्वान्दो लिग हरेक तीन÷तीन महिनामा सञ्चालन हुनेछ । पहिलो लिग भदौ, दोस्रो मंसिर, तेस्रो फागुन र चौथो लिग जेठमा आयोजना हुनेछ’, प्रमुख बुढाथोकीले आइतबार आयोजित पत्रकार सम्मेलनमा भने, ‘लिग सञ्चालनका लागि काठमाडौं जिल्लाका ११ वटै पालिकाको पनि प्रत्यक्ष सहभागिता र सहयोग रहनेछ ।’

लिगमा पुरुषमा पाँच तथा महिलामा पाँच गरी १० तौल समूहमा प्रतिस्पर्धा हुनेछ । पुरुषमा ४६–५०, ५०–५४, ५४–५८, ५८–६३ र ६३–६८ केजी तौल समूहमा प्रतिस्पर्धा हुनेछ । यस्तै महिलामा ४०–४३, ४३–४६, ४६–४९, ४९–५३ र ५३–५७ केजी तल समूहमा प्रतिस्पर्धा हुनेछ । लिगमा पहिलो हुनेले १० अंक, दोस्रोले सात अंक र तेस्रो हुनेले तीन अंक पाउने छन् । हरेक लिगका शीर्ष तीन स्थान हासिल गर्ने खेलाडीलाई अर्को लिगमा खान, बस्न र यातायात लगायतका खर्च आयोजकले बेहोर्ने बागमती प्रदेश तेक्वान्दो संघका अध्यक्ष केशव पुरीले जानकारी दिए । लिगभरिको प्रदर्शनका आधारमा उत्कृष्ट हुने खेलाडीलाई आकर्षक पुरस्कार प्रदान गरिने जनाइएको छ । हरेक पटकको लिग सञ्चालनका लागि पाँच लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको प्रमुख बुढाथोकीले बताए । कार्यक्रममा बागमती प्रदेशका सांसद किरण थापा र जिल्ला समन्वय समितिकी उपप्रमुख शान्ति पाण्डेलगायतको उपस्थिति रहेको थियो ।

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले संविधानको धारा ७६(२) अनुसार एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई आज प्रधानमन्त्रीमा नियुक्त गरेका छन् । प्रधानमन्त्रीको शपथग्रहण सोमबार बिहान ११ बजे गर्ने राष्ट्रपति कार्यालयको तयारी छ ।

ओली प्रधानमन्त्रीमा नियुक्त

संसदको सबैभन्दा ठुलो दल नेपाली काँग्रेसको समर्थन सहित प्रधानमन्त्रीमा नियुक्त भएका ओलीको नेतृतवमा राष्ट्रिय सहमतिको सरकार बनाउने एमाले काँग्रेसबीच गत असार १७ गते राति सात बुँदे सहमति भएको छ ।

यता राष्ट्रपति पौडेलले संविधानको धारा ७६(३) अनुसार प्रधानमन्त्री नियुक्त गर्नुपर्नेमा (२) बाटै सरकार गठन गरिएको भन्दै कानुन व्यवसायीहरु सर्वाेच्चमा जाने तयारी गरेका छन् । आज एक कार्यक्रमको आयोजना गर्दै पूर्वमहान्याधिवक्ता तथा वरिष्ठ अधिवक्ता मुक्ति प्रधानले राष्ट्रपतिले संविधानको धारा ७६ (२) अनुसार प्रधानमन्त्रीको लागि आह्वान गरेर असंवैधानिक कदम उठाएको बताए । उनले संविधान संशोधनको नाममा काँग्रेस र एमाले पुरानै संविधान ब्युँताउन खोजेको दाबी समेत गरे ।

त्यस्तै अधिवक्ता यज्ञमणि न्यौपानेले राष्ट्रपतिले संविधान च्यात्ने काम गरेको बताएका छन् । उनले राष्ट्रपति संविधानको रक्षक हुनुपर्नेमा भक्षक भएको बताए । ‘संविधानको अपव्याख्या गरेर राष्ट्रपतिले गैरसंवैधानिक रूपमा प्रधानमन्त्री नियुक्ति गर्न लाग्नुभएको छ । यो संविधानमाथिको घात हो, संविधानको बलात्कार हो, यो विषय अदालत जान्छ’ न्यौपानेले भने ।

ओलीको शपथ भाेलि बिहान ११ बजे ; सबै सांसदलाई निम्तो

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रको भातृ संगठन सम्पर्क समन्वय समिति मधेश प्रदेश द्वारा नारायणगढ मुग्लिन सडकखण्ड अन्तर्गत सिमलतालमा पहिरोमा परि मृत्यु भएका मृतकहरु प्रति श्रद्धाञ्जली र परिवारजनमा गहिरो समबेदना ब्यक्त गर्दै घाइतेहरु शिघ्र स्वस्थ्यलाभको र बेपत्ता यात्रुहरूको स-कुसल उदारको लागि नेपाल सरकारसंग माग गरेको छ।

सम्पर्क समन्वय समिति मधेस प्रदेश द्वारा केन्द्रिय कार्यालय पेरिसडाँडामा आयोजित कार्यक्रममा बोल्दै विभिन्न नेता तथा कार्यकर्ताले सरकारसंग बेपत्ता यात्रुहरूको स-कुशल उदार गर्न र घाइतेहरुको निशुल्क उपचार गर्न सरकारसंग माग गरेका छन् ।

मिति २०८१/०३/२८ गते नारायणगढ मुग्लिन सडकखण्ड अन्तर्गत सिमलतालमा बिहान करिव ३ बजे माथि बाट आएको लेदो पहिरोले दुईवटा बस त्रिशुली नदीमा खसेको थियो। दुईवटा बसमा सवार ६५ जना मध्य ३ जना हाम फालेर ज्यान जोगाउन सफल भएका थिए ।

नेपाली सेना, सशस्त्र र नेपाल प्रहरीको टोलीले त्रिशुली नदीमा खसी बेपत्ता भएको बसको खोजि गरिरहेको छ । अहिले सम्म ३ जनाको शव भेटिएको छ भने बाकि ५९ जना बेपत्ता छन् ।

कार्यक्रममा नेकपा (माओवादी केन्द्र) मधेश प्रदेश संयोजक विनोद चौधरी र नेकपा (माओवादी केन्द्र) रौतहट – काठमाडौँ सम्पर्क समन्वय समिति पूर्व अध्यक्ष दिनेश जयसवालले मन्तब्य राखेका थिए ।

काठमाडौं । राष्ट्रिय खेलकुद परिषद्(राखेप)का सदस्य–सचिव टंकलाल घिसिङले झुठा र भ्रामक समाचार प्रकाशित गर्ने सन्चार सस्था विरुद्ध कानूनी कारवाहीका लागि नेपाल प्रेस काउन्सीलमा निवेदन दिएका छन् । सो खवरले व्यवसायीक आचार संहिता उल्लंघन गरेको भन्दै कानूनी कारवाहीका लागि काउन्सीलमा निवेदन दिएको घिसिङले बताएका छन् ।

राष्ट्रिय खेलकुद परिषद्को सदस्य सचिव हुन स्नातक तह उत्तीर्ण योग्यता आवश्यक पर्नेमा सो प्रमाण पत्र पेश नगरि नियुक्ती भएको भन्दै नेपालफेस नामक अनलार्इंन खवरले २०८१ असार २८ गतेको अंकमा प्रकाशित समाचार झुठो भएको दावी सहित कारवाहीका लागि निवेदन दिएका छन् ।

काल्पनिक समाचारबाट आफ्नो मान प्रतिष्ठा तथ सार्वजनिक जीवनमा आँच पुगेको भन्दै कसैले व्यक्तीगत तुष्टि पुरा गर्ने उदेश्यबाट अख्तियार दुरुपयोग अनुसन्धन आयोगमा दिएको उजुरीको हवाला दिदै प्रकाशित भएको समाचार प्रति आफ्नो गंभिर ध्यानाकर्षण भएको घिसिङको भनाई छ ।

समाचार प्रकाशित गर्दा तथ्यको परिक्षण गर्नु सन्चारकर्मीको सामान्य धर्म हो । तर त्यति पनि नगरि समाचार प्रकाशित गर्दा पत्रकार आचार संहिता विपरत भएको छ निवेदनमा उल्लेख गरिएको छ ।

तथ्यको दोहोरो परिक्षण नगरि कपोल्कल्पित र भ्रामक समाचार प्रकाशित गर्ने सस्था र सो अनलाईनका प्रधान सम्पादकलाई प्रेस काउन्सील ऐन २०४८ को दफा १२ बमोजिम कारवाहीको लागि निवेदन दिइएको हो ।

आफुले २०६८ सालमा विभुवन विश्वविद्यालय अन्तर्गत रत्न राज्य लक्ष्मी क्याम्पस, भृकुटटीमण्डपबाट राजनीति शास्त्रमा स्नातक तह उत्तिर्ण गरेको भन्दै घिसिङले आफ्नो शैक्षिक योग्यताको प्रमाण पत्रको प्रतिलिपी सहित काउन्सीलमा निवेदन दिएका हुन ।

काठमाडौं : अविरल वर्षाको कारण गत जेठ २८ गतेदेखि देशका विभिन्न स्थानमा आएको बाढी, पहिरो लगायतका विपद्‍मा परी आइतबार दिउँसोसम्म १ सय ८ जनाको मृत्यु भएको छ । बाढी, पहिरो लगायतका विपद्‍मा परी काठमाडौं उपत्यकामा २ जना, कोशी प्रदेशमा १९ जना, मधेश प्रदेशमा ५ जना, बागमती प्रदेशमा ९ जना, गण्डकी प्रदेशमा ३८ जना, लुम्बिनी प्रदेशमा २३ जना, कर्णाली प्रदेशमा ४ जना र सुदूरपश्चिम प्रदेशमा ८ जना गरी जम्मा १ सय ८ जनाको मृत्यु भएको हो । 

साथै काठमाडौं उपत्यकामा ८ जना, कोशी प्रदेशमा ३१ जना, मधेश प्रदेशमा ९ जना, बागमती प्रदेशमा ७ जना, गण्डकी प्रदेशमा २८ जना, लुम्बिनी प्रदेशमा ९ जना, कर्णाली प्रदेशमा १६ जना र सुदूरपश्‍चिम प्रदेशमा ११ जना गरी जम्मा १ सय १९ जना घाइते भएका छन् । घाइतेहरूलाई उपचारको लागि स्थानीय अस्पताल लगिएको छ । साथै कोशी प्रदेशमा ४१ जना, गण्डकी प्रदेशमा १२ जना गरी जम्मा ५३ जनाको उद्दार गरिएको छ । बाढी पहिरोमा परी कोशी प्रदेशमा २ जना, बागमती प्रदेशमा २ जना र गण्डकी प्रदेशमा १ जना र सुदूरपश्‍चिम प्रदेशमा १ जना गरी ६ जना वेपत्ता भएका छन् । वेपत्ताको खोजी कार्य जारी छ । 

बाढीको कारण जम्मा १ सय ८२ घर डुबानमा परेका छन् । २ सय ३ वटा घर, ७५ वटा गोठ, ४१ वटा पुल, १ वटा विद्यालय र २ वटा सरकारी कार्यालयमा क्षति पुगेको छ । ५ सय १६ वटा पशु चौपायको मृत्यु भएको छ । उक्त अवधिमा विपद्‍का घटनाबाट ३ हजार ५ सय ५२ घर परिवार विस्थापित भएका छन् ।

साथै बाढी पहिरोको जोखिममा रहेका विभिन्न जिल्लाका विभिन्न घर परिवारलाई सुरक्षित स्थानमा राख्ने, पहिरोमा पुरिएका धनमाल निकालेर सुरक्षा गर्ने काम समेत विभिन्न निकाय र स्थानीयबासीको समन्वय र सहयोगमा गर्नुका साथै विभिन्न स्थानमा भएको बाटो अवरोध हटाउने कार्य समेत प्रहरीले गरिरहेको छ । 

काठमाडौँ । अर्थमन्त्री वर्षमान पुनले दोस्रो कार्यकाल सन्तोषजनक रहेको बताउनुभएको छ । अर्थ मन्त्रालयका कर्मचारीद्वारा आज आयोजित विदाइ कार्यक्रममा उहाँले आगामी आर्थिक वर्षको बजेटमार्फत मुलुकको भावी विकास र अर्थतन्त्रको मार्गचित्र कोर्न सफल भएकोसमेत दाबी गर्नुभयो ।

उहाँले चार महिने कार्यकालमा आफू जिम्मेवारीमा नरहे पनि आफ्नो अनुभव र शिक्षाका आधारमा मुलुकको अर्थतन्त्र सुधारका लागि नयाँ आउने मन्त्रीसँग सहकार्य हुने उहाँले बताउनुभयो । आगामी आवको बजेटमार्फत विद्यमान शिथिल अर्थतन्त्रमा सुधार तथा निजी क्षेत्र र युवा वर्गमा आशा जगाउने खालका कार्यक्रम ल्याइएको उहाँले जिकिर गर्नुभयो ।

बाह्र वर्षअघि पहिलो पटक १८ महिना अर्थमन्त्रीको जिम्मेवारीमा रहँदा दुई आर्थिक वर्षमा पुरक बजेट ल्याएको स्मरण गर्दै उहाँले यसपटक संसदबाट पूर्ण बजेट ल्याउने मौका पाएकामा खुसी व्यक्त गर्नुभयो । “केही आशा जगाउने गरी बजेट ल्याएको छु । चार महिना एक साताको कार्यकालबाट म सन्तुष्ट छु”, अर्थमन्त्री पुनले भन्नुभयो, “मलाई अर्थ मन्त्रालय परिवार र नेपाल राष्ट्र बैंकका गभर्नरसहित सम्वद्ध सबैबाट राम्रो सहयोग मिल्यो ।”

आगामी आर्थिक वर्षको बजेट निर्माण प्रक्रियालाई सहभागितात्मक बनाइएकाले विगतको तुलनामा यस पटकको बजेटको स्वामित्व धेरैले लिएको उहाँको भनाइ थियो । सरकारको नीति तथा कार्यक्रम, बजेट र मौद्रिक नीतिमा तालमेल नहुँदा मुलकको समग्र अर्थतन्त्रमा त्यसको नकारात्मक प्रभाव पर्ने गरेको विगतबाट सिकेर योपटक बढीभन्दा बढी निकाय र सरोकारवालाको सहभागितामा बजेट निर्माण गरिएको अर्थमन्त्री पुनको भनाइ छ ।

“एक वर्ष बसे पनि, चार महिना बसे पनि अर्थमन्त्रीले गर्ने मुख्य काम बजेट ल्याउनु नै हो । जहिले पनि बजेट विवादमा आउने र कसैले स्वामित्व नलिने अवस्था रहँदै आयो । प्रधानमन्त्री कार्यालयमा बन्ने नीति तथा कार्यक्रम एक खालको, अर्थ मन्त्रालयमा बन्ने बजेट अर्को खालको र राष्ट्र बैंकले ल्याउने मौद्रिक नीति अर्कै खालको हुने गरेको थियो”, उहाँले भन्नुभयो, “राज्यका नीतिहरु समन्वयात्मक ढङ्गले आउनुपर्छ भनेर यसपटक बजेट निर्माणमा सुरुदेखि नै बजेट बनाउँदा योजना आयोगका, उपाध्यक्ष, राष्ट्र बैंकका गर्भनर र मुख्यसचिवलाई सुरुदेखि नै सहभागी गराइयो ।”

मलुकु आर्थिक शिथिलताबाट माथि उठ्दै गर्दा तयार पारिएको बजेटले आशा जगाएको अर्थमन्त्री पुनको भनाइ छ । विगतमा जस्तो यस पटक बजेट महत्वाकांक्षी नरहेकाले कार्यान्वयन हुनेमा शङ्का नरहेको उहाँले उल्लेख गर्नुभयो । मुलुकको भू–अवस्थितिअनुसार आर्थिक विकासको अवधारणा र रुपान्तरणकारी योजना बनाउनुपर्ने विषयलाई ध्यान दिएर यसपटक विगतमा जस्तै कृषि, जलविद्युत, पर्यटन र उत्पादममुलक उद्योगमा जोड दिइए पनि सूचना प्रविधि क्षेत्रलाई महत्वका साथ समावेश गरिएको चर्चा मन्त्री पुनले गर्नुभयो ।

“सूचना प्रविधिमा हाम्रो प्रतिस्पर्धी क्षमता छ । भू–अवस्थितिका कारणले पनि त्यो क्षेत्रमा विश्वव्यापी प्रतिस्पर्धी क्षमता बन्न सक्छ भन्ने मेरो विश्वास हो”, उहाँले भन्नुभयो । दुई छिमेकी मुलुक भारत र चीनको विकसित र सुदृढ अर्थतन्त्रबाट प्रत्यक्ष लाभ लिने गरी बजेटमार्फत् योजना अघि सारिएको पुनको दाबी छ । “विगतमा बजेट छरियो, आकार ठूलो भयो, महत्वाकांक्षी भयो, कार्यान्वयन हुँदैन भन्ने गरिन्थ्यो । धेरैको अपेक्षाविपरीत हामीले सही आकारको र यथार्थपरक बजेट प्रस्तुत गरेका छौं”, उहाँले भन्नुभयो, “विश्व आर्थिक केन्द्र बन्दै गइरहेको दुवै छिमेकका विकसित अर्थतन्त्रबाट फाइदा लिनुपर्छ भनेर योजना र कार्यक्रम ल्याएका छौं ।”

बढ्दो वैदेशिक मुद्रा सञ्चितिलाई मुलुकको प्राथमिकता क्षेत्रमा खर्च गर्न बजेटमार्फत ‘सोभरेन्ट वेल फण्ड’को अवधारणा अघि सारिएको अर्थमन्त्री पुनले उल्लेख गर्नुभयो । “वैदेशिक मुद्राको सञ्चितिलाई मुलुकको विकासमा सदुपयोग गर्नका लागि बजेटमार्फत ‘सोभरेन्ट वेल फण्ड’का रुपमा लानुपर्छ भन्ने नयाँ बहस अघि सारेका छौँ”, उहाँले भन्नुभयो, “यो अवधारणाले हामीलाई विदेशी मुद्राको सञ्चितिलाई मुलुकको प्राथमिकता निर्धारण गरेर प्रयोग गर्ने सुविधा दिन्छ ।”

अर्थमन्त्री पुनले बजेटमार्फत् करका दर फेरफेर गर्दा यस पटक धेरै विवाद नभएकोसमते जिकिर गर्नुभयो । बजेट निर्माणको सुरुको चरणदेखि नै आफू त्यसबारे सचेत रहेको भन्दै उहाँले एक्लै नभई मन्त्रालयका दुवै सचिव, राजश्व महाशाखा प्रमुख, भन्सार र राजश्वका महानिर्देशक र बजेट लेखन समितिका सदस्यबिच लामो छलफलपछि मात्र करका दरहरुमा हेरफेर भएको बताउनुभयो ।

“अर्थमन्त्रीले अन्तिम रात आफूखुसी बिना तर्क, बिना तथ्य एक्लो तजबिजमा राजश्व र भन्सारका दरमा हेरफेर गरिन्थ्यो । यसपटक मन्त्रालयको पूरै टिमले विज्ञ, सरोकारवाला र उद्योगी व्यवसायीका संगठनले संस्थागतरुपमा दिएका संस्थागत सुझावसमेत समेटेर तथ्यमा आधारित रहेर राजश्व र भन्सारका दर हेरफेर गरेका छौं । त्यसमा पनि एकदमै कम चलाएका छौँ”, पुनले भन्नुभयो । सरकारले विकासका ढाँचा बनाउँदा केही ठाउँमा विकास गर्ने र त्यसलाई विस्तार गर्ने गरी नीति लिनुपर्ने भन्दै उहाँले बजेटले नयाँ कार्यक्रमका रुपमा पोखरा, बुटवल र नारायणगढ तीन ठूला सहरलाई जोेडर आर्थिक त्रिभुजको अवधारणा अघि सारेको उल्लेख गर्नुभयो ।

सरकारले यातायातसहित पूर्वधार निर्माण तथा नीतिगत क्षेत्रमा काम गर्ने र निजी क्षेत्रको सहकार्यमा त्रिभुज कार्यान्वयन गर्नुपर्ने आवश्यकता उहाँले औँल्याउनुभयो । आगामी आर्थिक वर्षको बजेटमार्फत नयाँ चरणको आर्थिक सुधारको घोषणा गरिएको भन्दै अर्थमन्त्री पुनले त्यसले समाजवादतर्फको बाटो निर्माण गर्ने धारणा राख्नुभयो । संविधानले मुलुकलाई समाजवाद उन्मुख भनेकाले राष्ट्रिय अर्थतन्त्र र राष्ट्रिय पुँजी समाजवादतर्फ उन्मुख गराउन उक्त नीति अघि सारिएको उहाँको भनाइ छ । “संविधानले निर्दिष्ट गरेको र राज्य प्रणालीले अपेक्षा गरेअनुसार नयाँ चरणाको आर्थिक सुधारको अवधारणा अगाडि सारिएको छ । यस वर्षको बजेटको प्राथमिकता पनि त्यसकै वरिपरिबाट निर्धारण गरिएको हो”, अर्थमन्त्री पुनले भन्नुभयो ।

अर्थ मन्त्रालय र नेपाल राष्ट्र बैंकले एक अर्काका प्रतिस्पर्धी नभई समन्वयमा काम गर्नुपर्ने भएपनि विगतमा विविध कारणले त्यसो हुन नसकेको अनुभव यस पटक आफूले गर्नुनपरेको पुनले अनुभव सुनाउनुभयो । अर्थमन्त्री पुनले कर्मचारीतन्त्रको मनोबल खस्किएको भन्दै उच्च मनोबलका साथ काम गर्न आग्रह गर्नुभयो । असल नियतका साथ काम गर्दा तत्काल कुनै आरोप लागे पनि इतिहासले सही मूल्याङ्कन गर्ने भएकाले निडर भएर कार्यसम्पादन गर्न उहाँको सुझाव थियो । आफू जिम्मेवारीका हिसाबले जहाँ रहे पनि कर्मचारीतन्त्रको मनोबल उठाउने काममा लाग्ने प्रतिबद्धता पनि उहाँले जनाउनुभयो ।

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्रीमा नियुक्त भएका छन् ।

ओलीको शपथ भाेलि बिहान ११ बजे ; सबै सांसदलाई निम्तो

आइतबार राष्ट्रपति रामचन्द्र पौडेलले संविधानको धारा ७६(२) अनुसार ओलीलाई प्रधानमन्त्री नियुक्त गरेका हुन् ।

ओलीले नेपाली कांग्रेसको समर्थन सहित शुक्रबार राति प्रधानमन्त्रीमा दाबी पेस गरेका थिए ।

शुक्रबारको प्रतिनिधि सभा बैठकमा पुष्पकमल दाहाल प्रचण्डले विश्वासको मत नपाएपछि सोही दिन राष्ट्रपति पौडेलले धारा ७६(२) अनुसार दुई वा दुईभन्दा बढी दलको समर्थनमा प्रधानमन्त्रीमा दाबी पेस गर्न आह्वान गरेका थिए ।

काठमाडौँ । राष्ट्रपति कार्यालयले प्रधानमन्त्रीको शपथका लागि संघीय सांसदहरुलाई निमन्त्रणा पठाएको छ ।

राष्ट्रपति कार्यालयले केपी शर्मा ओलीलाई प्रधानमन्त्रीमा नियुक्ति गर्नुअघि नै संसद सचिवालयलाई पत्राचार गर्दै सबै सांसदहरुलाई शपथ ग्रहण समारोहमा सहभागी हुन निमन्त्रणा गरेको हो । पत्रअनुसार प्रधानमन्त्रीको शपथ सोमबार बिहान ११ बजेका लागि तोकिएको छ ।

‘नवनियुक्त सम्माननीय प्रधानमन्त्रीज्यूको भोलि मिति २०८१।३।३१ गते बिहान ११ बजे हुने शपथ ग्रहण समाहरोहमा उपस्थितिको लागि संघीय संसदका सम्पूर्ण माननीय सदस्यज्यूहरुलाई बिहान १०ः३० भित्र राष्ट्रपतिको कार्यालय, शीतल निवास प्रवेश गरिसक्ने गरी निमन्त्रणा सहितको जानकारी सम्प्रेषण गरिदिने व्यवस्था हुन अनुरोध छ’, राष्ट्रपति कार्यालयले संघीय संसदका महासचिवलाई पठाएको पत्रमा भनिएको छ ।

मकवानपुर । बागमती प्रदेश प्रमुख यादवचन्द्र शर्माले आज बागमती प्रदेशसभाबाट पारित भई आएको अर्थसम्बन्धी दुई वटा विधेयक प्रमाणीकरण गर्नुभएको छ ।

उहाँले प्रमाणीकरण गर्नुभएको विधयेक मध्ये आव २०८१/०८२ को सेवा र कार्यका लागि प्रदेश सञ्चित कोषबाट रकम विनियोजन र खर्च गर्ने सम्बन्धमा व्यवस्थापन गर्न बनेको विधेयक र प्रदेश सरकारको अर्थसम्बन्धी प्रस्ताव कार्यान्वयन गर्न बनेको विधेयक, २०८१ रहेको प्रदेश प्रमुख सचिवालयका प्रवक्ता गोविन्दप्रसाद पौडेलले जानकारी दिनुभयो ।

ती दुई विधेयक प्रदेश प्रमुख शर्मासमक्ष प्रमाणीकरण गर्न प्रदेशसभाका सभामुख भुवनकुमार पाठक र प्रमुख सचिव कृष्णहरि खड्काले हस्ताक्षरगरी पठाउनुभएको थियो । दुवै विधेयक प्रदेश प्रमुख शर्माले प्रमाणीकरण गर्नुभएको प्रदेशसभा सचिवालयका सचिव पूर्णबहादुर दर्जीले जानकारी दिनुभयो ।

काठमाडौँ । हराएका तथा चोरी भएका २१ ओटा दुईपाङग्रे सवारी साधन खोजी गरी ट्राफिक प्रहरीले आइतबार सम्बन्धित धनीलाई हस्तान्तरण गरेको छ । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयमा आज आयोजित एक कार्यक्रमका बीच कार्यालयका प्रहरी उपरीक्षक विश्‍वराज खड्काले १३ ओटा मोटरसाइकल र ८ ओटा स्कुटर सम्बन्धित धनीलाई हस्तान्तरण गरेका छन् ।

उपत्यका ट्राफिक प्रहरी कार्यालयमा प्राप्‍त निवेदनका आधारमा खोजी गर्ने क्रममा केही वास्तविक नम्बर प्लेटमा र केही नक्कली नम्बर प्लेट राखेको अवस्थामा सिंहदरबार, कपन, रामहिटी गौशाला,नयाँबसपार्क, बालाजु, टोखा, मालिगाँउ, रानिवन, गौरीघाट, बौद्ध, बुद्धनगर, कालिमाटी, मैतिदेवी र चुनदेवी लगायतका विभिन्न स्थानबाट हराएका सवारी साधन ट्राफिक प्रहरीले फेला पारेको थियो ।

आज बुझाइएका २१ ओटा सहित ४१७ ओटा सवारी साधन चालु आर्थिक वर्षको हाल सम्म ट्राफिक प्रहरीले धनीलाई जिम्मा लगाइसकेको छ । अवैध रुपमा नेपाल भित्रिएका १७ ओटा सवारी साधनलाई भने भन्सार कार्यालयमा बुझाइएको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रहरी वरिष्‍ठ उपरीक्षक जीवन कुमार श्रेष्‍ठले जानकारी दिनुभएको छ । चालु आर्थिक वर्षको हाल सम्म चोरीका ३२ ओटा २ पाङ्ग्रे सवारी साधन सहित संलग्न ४१ जना व्यक्तिलाई पनि कारबाहीका लागि विभिन्न प्रहरी परिसर तथा प्रहरी वृत्तमा पठाइएको छ

error: कपि गर्नु राम्रो होइन ! कृपया आफ्नो भाषामा लेख्नु होला !

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।