२०८२ जेष्ठ २ शुक्रबार
२०८२ जेष्ठ २ शुक्रबार

राष्ट्रपतिले बेलुका ५ बजेपछि ओलीलाई प्रधानमन्त्रीमा नियुक्त गर्ने ; शपथ कार्यक्रम भोलि

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले आज बेलुका ५ बजेपछि मात्रै नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई प्रधानमन्त्रीमा नियुक्त गर्ने भएका छन् ।

आज बेलुका ५ बजेसम्म सरकार गठनका लागि दिएको समय नै बाँकी रहेको छ । प्रधानमन्त्रीमा दाबी पेश गर्ने समयसीमा सकिएपछि मात्रै राष्ट्रपतिले ओलीलाई प्रधानमन्त्रीमा नियुक्त गर्ने राष्ट्रपतिको कार्यालयले जनाएको छ ।

संसद्को सबैभन्दा ठूलो दल नेपाली कांग्रेसको समर्थनमा ओलीले गएको शुक्रवार नै प्रधानमन्त्रीमा दाबी पेश गर्नुभएको थियो । नयाँ प्रधानमन्त्रीको नियुक्ति आजै हुने भए पनि शपथ कार्यक्रम भने भोलि हुनेछ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रतिनिधि सभाबाट विश्वासको मत लिन नसकेपछि राष्ट्रपतिले नयाँ सरकार गठनका लागि आह्वान गरेका हुन् ।

यसैबीच नेपाली कांग्रेसको शेखर कोइराला र गगन थापा समूहले कम्तीमा चार जना मन्त्री माग गरेको छ । कोइरालाको निवास विशालनगरमा बसेको बैठकले नयाँ सरकारमा कांग्रेसले जति जना मन्त्री पाए पनि चार जना आफ्नो समूहका हुनुपर्ने निष्कर्ष निकालेको हो ।

बैठकले समूहबाट पठाउने मन्त्रीको चयन गर्ने अधिकार शेखर कोइराला, गगन थापा र धनराज गुरुङलाई दिएको बैठकमा सहभागी नेता अर्जुननरसिंह केसीले जानकारी दिए।

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।