२०८२ जेष्ठ ३ शनिबार
२०८२ जेष्ठ ३ शनिबार

सरकारलाई दिएको समर्थन फिर्ता लिँदै एमाले

काठमाडौं । नेकपा (एमाले) ले सरकारलाई दिएको समर्थन फिर्ता लिने भएको छ ।

पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारलाई दिएको समर्थन एमालेले आजै फिर्ता लिन लागेको हो । प्रचण्ड नेतृत्वको सरकारमा एमाले ९ मन्त्रालयका साथ सहभागी छ ।

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेससँग नयाँ सत्ता समीकरण बनाउने निर्णय गरेको एमालेले प्रधानमन्त्री प्रचण्डलाई मार्गप्रशस्त गर्न आग्रह गरेको छ ।

तर, प्रधानमन्त्री प्रचण्डले भने राजीनामा नदिने बरु सदनमा विश्वासको मतको सामना गर्ने निर्णय लिएका छन् । अब यसपछि राजनीतिक कोर्स कसरी अगाडि बढ्छ,अन्योल छ ।

नयाँ सरकार यसैगरी बन्छ भन्ने स्पष्ट बाटो छैन । संवैधानिक बाटो एउटा हुँदा अदालती व्याख्या अर्कोतिर छ । प्रधानमन्त्री प्रचण्ड एमाले अध्यक्ष केपी शर्मा ओलीलाई कुनै पनि हालतमा प्रधानमन्त्री बन्न नदिने रणनीतिमा छन् । तर, उता एमाले-कांग्रेसबीच भने ओलीलाई प्रधानमन्त्री बनाउने समझदारी बनिसकेको छ ।

यदि प्रधानमन्त्री प्रचण्डले राजीनामा नदिइ सदनमा विश्वासको मत पाएनन् भने सरकार गठनको प्रक्रिया ७६ को ३ मा जान्छ । त्यो भनेको ओली प्रधानमन्त्री बन्न नमिल्ने संवैधानिक उपधारा हो ।

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।