२०८३ बैशाख १६ बुधबार
२०८३ बैशाख १६ बुधबार

नेपाल भलिबल संघले काभा यु–२० महिला भलिबल च्याम्पियनसिपमा सहभागी हुने अन्तिम १२ सदस्यीय खेलाडी टोली घोषणा गरेको छ ।

टोलीमा बागमती प्रदेशका ६, लुम्बिनी प्रदेशका ४ तथा सुदूरपश्चिम प्रदेश र गण्डकी प्रदेशबाट समान १–१ खेलाडी छनोट भएको नेपाल भलिबल संघका अध्यक्ष जितेन्द्रबहादुर चन्दले जनाएका छन् ।

बागमतीबाट जेनिशा विक, अनिशा मानन्धर, एन्जिला मानन्धर, निशा महर, सलिना बुढा मगर र भावना तामाङ रहेका छन् । लुम्बिनीका निशा चौधरी, अनुषा चौधरी, मिना सुनार र आरती चौधरी छनोट भए । सुदूरपश्चिमबाट स्नेहा ठगुन्ना तथा गण्डकीबाट आशिका क्षेत्री छानिए ।

मुख्य प्रशिक्षकमा कुमार राई र सहायक प्रशिक्षकमा अर्जुन घिमिरे तथा व्यवस्थापकमा जुनु पुन मगर रहेका छन् । प्रतियोगिता माल्दिभ्सको मालेमा असार ३१ गतेदेखि साउन ९ गतेसम्म हुनेछ ।

काठमाडौं । नेकपा एमालेले सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको छ।

नयाँ समीकरण बनिसकेकोले प्रधानमन्त्री पुष्पकमल दाहाल(ुप्रचण्ड)ले पद त्याग्न नमानेपछि एमालेले सरकारलाई दिएको समर्थन फिर्ता लिएको हो।

एमालेका प्रमुख सचेतक महेश बर्तौलाका अनुसार एमाले नेतृत्वमा राष्ट्रिय सहमतिको सरकार गठन गर्नका लागि मार्ग प्रशस्त गर्न आग्रह गर्दै एमालेबाट सहभागी मन्त्रीहरूको सामूहिक राजीनामा र सरकारलाई दिएको समर्थन पनि फिर्ता लिने भएको हो।

केहीबेरमा प्रधानमन्त्री प्रचण्डलाई समर्थन फिर्ता लिएको पत्र बुझाउने तयारी भएको प्रमुख सचेतक बर्तौलाले बताए।

काठमाडौँ । बालिका बलात्कारको आरोपमा पक्राउ परेका प्रहरी निरीक्षक (इन्स्पेक्टर) विदुर शिवाकोटीलाई जिल्ला अदालत काठमाडौंले पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको छ ।

बुधबार न्यायाधीश शिशिरराज ढकालको इजलासले शिवाकोटीलाई थुनामा पठाउने आदेश दिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी नवराज अधिकारीले जानकारी दिए ।आफ्नो घरमा घरेलु श्रमिकका रुपमा राखिएकी १२ वर्षकी बालिकालाई जबर्जस्ती करणी गरेको आरोपमा २३ जेठमा पक्राउ परेका शिवाकोटीविरुद्ध जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंले जिल्ला अदालतमा जबर्जस्ती करणीको मुद्दा दायर गरेको थियो ।बालिकालाई काठमाडौं महानगरपालिकाको बाल उद्दार समितिले उद्दार गरेपछि उनीमाथि जबर्जस्ती करणी भएको सार्वजनिक भएको थियो ।

महानगरको सामाजिक विकास विभाग अन्तर्गत नाताभन्दा बाहेकका व्यक्तिसँग बसेका बालबालिकाको तथ्यांक संकलन गर्ने क्रममा ती बालिकालाई इन्सपेक्टर शिवाकोटीको घरमा घरेलु श्रमिकको रुपमा राखेको खुलेको थियो । त्यहीबेला बालिकाले महानगरका अधिकारीहरुको सम्पर्क नम्बर लिएकी थिइन् ।बालिकाले सम्पर्क गरेपछि काठमाडौं महानगरपलिकाको टोली, नागार्जुन नगरपालिका, बालबालिका खोजतलास तथा समन्वय केन्द्र, प्रहरी वृत्त स्वयम्भु समेतको टोली पुगेर उद्दार गरेको थियो ।

बालिकाको बयानलगत्तै स्वयम्भु प्रहरीले शिवाकोटीलाई नियन्त्रणमा लिएको थियो । उनी उपत्यका अपराध अनुसन्धान कार्यालयमा कार्यरत थिए ।प्रहरीका अनुसार, तराई मूलकी बालिका ६ वर्षदेखि शिवाकोटीको घरमा बस्दै आएकी थिइन् । उनले घरायसी काममा सहयोग गर्दै कक्षा ८ मा पढ्दै आएकी थिइन् ।

४५ वर्षीय शिवाकोटीले आफूलाई तीन वर्षदेखि पटकपटक जबरजस्ती करणी गरेको बालिकाको बयान छ ।

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी)को दसौँ राष्ट्रिय महाधिवेशनको निर्वाचन निर्देशिका सार्वजनिक भएको छ । काठमाडौँको कमलादीमा जारी एकीकृत समाजवादीको दसौँ राष्ट्रिय महाधिवेशनको चौथो दिन बुधबार निर्वाचन निर्देशिका सार्वजनिक भएको हो ।  

पार्टीको अनुशासन र लेखापरीक्षण कमिटीले निर्वाचन निर्देशिका २०८१ तय गरिएको छ । 

महाधिवेशनमा विभिन्न दस्ताबेजमाथिको छलफल सकेर निष्कर्ष सुनाउने क्रम जारी छ । छलफलको निष्कर्ष सुनाएपछि हलबाट दस्ताबेज पारित गर्ने कार्यक्रम रहेको छ । त्यसपछि निर्वाचन प्रक्रिया सुरु हुने सो पार्टीले जनाएको छ ।

काठमाडौं । निर्वाचन आयुक्तमा सिफारिस कृष्णमान प्रधान विरुद्ध संसदीय सुनुवाइ समितिमा यौन दुर्व्यवहारको उजुरी परेको छ ।

मंगलबार सुनुवाइ समितिले प्राप्त उजुरीहरु समितिका सदस्यहरुलाई वितरण गरेको छ । सुनुवाइ समितिका सहसचिव निर्मलादेवी लामिछाने वस्तीका अनुसार प्रस्तावित आयुक्त प्रधान विरुद्ध प्राप्त उजुरीहरुमाथि बिहीबार समितिमा छलफल हुनेछ ।

स्रोतका अनुसार संसदीय सुनुवाइ समितिमा प्रधान विरुद्ध यौन दुर्व्यवहारसँग सम्बन्धित पाँच वटा उजुरी परेका छन् ।

प्रधान यसअघि नेपाल कानुन आयोगको कार्यकारी निर्देशक थिए । त्यहीं हुँदा आफूलाई कार्यालयमा इच्छाविपरीत यौन सम्पर्क गरेको भन्दै एक महिलाले उजुरी दिएकी छन् ।

२ असारमा बसेको संवैधानिक परिषद्को बैठकले प्रधानलाई निर्वाचन आयोगको आयुक्तमा नियुक्ति सिफारिस गरेको थियो । नियुक्ति सिफारिसको पत्र पाएपछि संसदीय सुनुवाइ समितिले प्रधान विरुद्ध ७ असारमा १० दिन समय दिएर उजुरी आह्वान गरेको थियो ।

कैलाली: लम्कीचुहा नगरपालिका-३ चिसापनीस्थित अछाम होटेलबाट सोही ठाउँ बस्ने ३१ वर्षीया दीपा बिष्टलाई अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ९ सय मिलिग्राम सहित मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय चिसापानीबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।

यसैगरी कैलाली, धनगढी उपमहानगरपालिका-१ अस्पताल लाईनस्थित सडकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ६ सय ६० मिलिग्राम सहित सोही उपमहानगरपालिका-१ बस्ने २४ वर्षीय पवन गुप्तालाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ ।  वडा प्रहरी कार्यालय धनगढीबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  

सुनसरी, धरान उपमहानगरपालिका-४ पत्रङबारीबाट नियन्त्रित लागूऔषध ट्रामाडोल ३ हजार २ सय ८३ क्याप्सुल, स्पास्मो प्रोक्सिभन ३ क्याप्सुल, कोलिबान १ सय ४८ ट्याब्लेट र नगद ४६ हजार ५० रुपैयाँ सहित सोही ठाउँ बस्ने ३३ वर्षीय खेम रानामगरलाई गए राति प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो । साथै धरान उपमहानगरपालिका-१५ देउराली पथ डेरा गरी बस्ने संखुवासभा मादी मुलखर्क घर भएका २६ वर्षीय सुरज देवानको कोठाबाट नियन्त्रित लागूऔषध नाईट्राजेपाम २ सय ९० ट्याब्लेट, ट्रामाडोल २ हजार २ सय ८० क्याप्सुल, स्पास्मो प्रोक्सिभन १ सय ४० क्याप्सुल र गाँजा २ केजी सहित देवान र उनका साथी धरान उपमहानगरपालिका-८ बस्ने २३ वर्षीय युनिसेस राईलाई गए राति प्रहरीले पक्राउ गरेको छ । 

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

एजेन्सी । आफ्नो स्वास्थ्यलाई राम्रो बनाइराख्न वा सानो भोक मेटाउनका लागि प्रायः बच्चादेखि बुढासम्मले खाने पहिलो फल भनेको केरा नै हो ।

तर, यो फलका साथै यसको फूल पनि स्वास्थ्यका लागि उत्तिकै फाइदाजनक छ । कतिपय स्थानमा यसको अचार, तरकारी आदि बनाएर खाने चलन पनि छ । तपाईं पनि केराको फूललाई खानपिनमा समावेश गराएर फाइदा उठाउन सक्नुहुन्छ ।

यदी तपाईं तौल घटाउन चाहनुहुन्छ भने केराको फूललाई आफ्नो खानपिनमा समावेश गराउनुहोस् । यसले पेटलाई लामो समयसम्म भरेर राख्छ जसले गर्दा तपाईंले अत्यधिक खानबाट बच्नुहुनेछ ।

केराको फूलको सेवन गरेर मृगौलामा भएको पत्थरीमा धेरै हदसम्म फाइदा पाउन सकिन्छ । यो मृगौलासम्बन्धी अन्य बिरामीहरुका लागि पनि फाइदाजनक हुन्छ ।

यदी तपाईं मधुमेहको बिरामी हुनुहुन्छ भने पनि केराको फूलको सेवन गर्न सक्नुहुन्छ । यसले शरीरमा सुगरको मात्रालाई नियन्त्रण गर्न सहयोग गर्छ ।

आफ्नो मुटुलाई स्वस्थ बनाइराख्नका लागि पनि केराको फूल एकदमै स्वस्थवर्धक छ । यसको नियमित सेवनले मुटुसम्बन्धी समस्याको जोखिम पनि कम गर्छ ।

यदी तपाईंलाई पखाला लागिरहेको छ भने केराको फूललाई आफ्नो खानपिनमा समावेश गराउनुहोस् । यसले छिटो तपाईंलाई पखालाबाट राहत दिनेछ ।

उच्च रक्तचापको समस्या पनि केराको फूलको सेवन गर्न सकिन्छ । यसमा हुने गुणले रक्तचाप नियन्त्रणमा पनि राम्रो काम गर्छ ।

कैयौंपटक स्तनपान गराइरहेकी महिलालाई दुध कम आउने वा नआउने समस्या हुन्छ । यस्तोमा सुत्केरी महिलाको खानपिनमा केराको फूल समावेश गराउनुभयो भने यसले दुधलाई बढाउन सहयोग गर्छ ।

काभ्रे । काभ्रेको पाचँखाल नगरपालिका वडा नम्बर १३ कोशिदेखमा नि:शुल्क  स्वास्थ्य शिविर कार्यक्रम सम्पन्न भएको छ ।

सोमबार श्री राम उउच्च माध्यमिक विद्यालयमा नेपाल अष्ट्रेलियन सर्भारकल क्यान्सर  फाउन्डेसन बनेपाका विशेष डाक्टरहरुको टोलीको उपस्थितिमा शिविर सन्चालन भएको हो ।

एक दिने नि:शुल्क स्वास्थ्य शिविरमा महिलाहरूको पाठेघर मुखको क्यान्सर र स्तन क्यान्सरको चेकजाँच गरिएको स्थानीय रेडियो नमोबुद्वका सम्पादक श्याम योन्जनले जानकारी दिए । 

शिविरमा एक सय भन्दा बढीले सेवा लिइएको  कोशिदेख स्वास्थ्य चौकी ईन्चार्ज उर्मीला खरेल थपलियाले बताए ।

काठमाडौं । नेकपा (एमाले) ले सरकारलाई दिएको समर्थन फिर्ता लिने भएको छ ।

पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारलाई दिएको समर्थन एमालेले आजै फिर्ता लिन लागेको हो । प्रचण्ड नेतृत्वको सरकारमा एमाले ९ मन्त्रालयका साथ सहभागी छ ।

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेससँग नयाँ सत्ता समीकरण बनाउने निर्णय गरेको एमालेले प्रधानमन्त्री प्रचण्डलाई मार्गप्रशस्त गर्न आग्रह गरेको छ ।

तर, प्रधानमन्त्री प्रचण्डले भने राजीनामा नदिने बरु सदनमा विश्वासको मतको सामना गर्ने निर्णय लिएका छन् । अब यसपछि राजनीतिक कोर्स कसरी अगाडि बढ्छ,अन्योल छ ।

नयाँ सरकार यसैगरी बन्छ भन्ने स्पष्ट बाटो छैन । संवैधानिक बाटो एउटा हुँदा अदालती व्याख्या अर्कोतिर छ । प्रधानमन्त्री प्रचण्ड एमाले अध्यक्ष केपी शर्मा ओलीलाई कुनै पनि हालतमा प्रधानमन्त्री बन्न नदिने रणनीतिमा छन् । तर, उता एमाले-कांग्रेसबीच भने ओलीलाई प्रधानमन्त्री बनाउने समझदारी बनिसकेको छ ।

यदि प्रधानमन्त्री प्रचण्डले राजीनामा नदिइ सदनमा विश्वासको मत पाएनन् भने सरकार गठनको प्रक्रिया ७६ को ३ मा जान्छ । त्यो भनेको ओली प्रधानमन्त्री बन्न नमिल्ने संवैधानिक उपधारा हो ।

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) को जारी १० औँ राष्ट्रिय महाधिवेशनका क्रममा राजनीतिक दस्तावेज, समाजवादी कार्यक्रम, विधान र साङ्गठनिक दस्तावेजमा आएका सुझाव आज पेस हुने भएको छ ।

बाह्र समूह बनाएर गरिएको छलफलबाट प्राप्त सुझाव आजको बैठकमा पेस गर्ने कार्यसूची छ । सम्बन्धित समूहका टोली नेताले सुझाव प्रस्तुत गरेपछि दस्तावेज परिमार्जनसहित अनुमोदन गरिनेछ ।

आजै एक हजार आठ सय ४९ प्रतिनिधि छनोट गरिएको महाधिवेशनले दुई सय ९९ सदस्यीय कार्यसमिति निर्वाचित गर्ने कार्यक्रम छ ।

एक हजार आठ सय ४९ प्रतिनिधिलाई विद्युतीय उपकरणबाट मतदानका लागि प्रशिक्षण दिइएको छ । शीर्ष नेतृत्वमा सहमतिको प्रयास भए पनि अन्य पदाधिकारी र सदस्यको निर्वाचन हुनेछ ।

error: कपि गर्नु राम्रो होइन ! कृपया आफ्नो भाषामा लेख्नु होला !

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।