काठमाडौं । सहकारीको बचत अपचलनको छानबिन गर्न बनेको संसदीय छानबिन विशेष समितिले गोरखा मिडिया नेटवर्कको लगानीसम्बन्धी फाइल माग गरेको छ ।
समितिको बुधबार बसेको बैठकले गोरखा मिडिया नेटवर्कमा गरिएको लगानीसहित संस्थाको वर्तमान अवस्थाको बारेमा पूर्ण जानकारी माग गर्ने निर्णय भएको समिति सदस्य इश्वरी न्यौपानेले जानकारी दिइन् । “गोरखा मिडिया नेटवर्कसम्बन्धी फाइल मगाएका छौँ,” उनले भनिन् ।
गोरखा मिडिया नेटवर्क गृहमन्त्री रवि लामिछानेले कार्यकारी निर्देशक भएर चलाइएको थियो । उक्त मिडिया नेटवर्कमा सहकारीबाट पैसा लिएर कानुनविपरीत लगानी गरिएको आरोप लाग्दै आएको छ ।