२०८३ बैशाख १७ बिहीबार
२०८३ बैशाख १७ बिहीबार

काठमाडौं । सहकारीको बचत अपचलनको छानबिन गर्न बनेको संसदीय छानबिन विशेष समितिले गोरखा मिडिया नेटवर्कको लगानीसम्बन्धी फाइल माग गरेको छ ।

समितिको बुधबार बसेको बैठकले गोरखा मिडिया नेटवर्कमा गरिएको लगानीसहित संस्थाको वर्तमान अवस्थाको बारेमा पूर्ण जानकारी माग गर्ने निर्णय भएको समिति सदस्य इश्वरी न्यौपानेले जानकारी दिइन् । “गोरखा मिडिया नेटवर्कसम्बन्धी फाइल मगाएका छौँ,” उनले भनिन् ।

गोरखा मिडिया नेटवर्क गृहमन्त्री रवि लामिछानेले कार्यकारी निर्देशक भएर चलाइएको थियो । उक्त मिडिया नेटवर्कमा सहकारीबाट पैसा लिएर कानुनविपरीत लगानी गरिएको आरोप लाग्दै आएको छ ।

काठमाडौ । स्थानीय तहहरु वित्तीय अनुशासनमा निकै कमजोर देखिएका छन् । असार १० गतेभित्र बजेट ल्याइसक्नु पर्ने कानूनी व्यवस्थाअनुसार ४०५ स्थानीय तहले बजेट ल्याउन सकेनन् ।

सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका अनुसार ३४८ वटा स्थानीय तहले मात्र बजेट सार्वजनिक गरेका छन् । स्थानीय सरकार सञ्चालन ऐन २०७४ को दफा ७१ को व्यवस्थाअनुसार असार १ गते प्रदेश र असार १० गतेभित्र स्थानीय तहले बजेट ल्याउनुपर्ने हुन्छ ।

हालसम्म कोशीका ५४, मधेशका ९०, बागमतीका ७१, गण्डकीका ४०, लुम्बिनीका ६०, कर्णालीका ३५ र सुदूरपश्चिमका ५५ स्थानीय तहले बजेट ल्याएका छैनन् । समयमै बजेट नल्याउनेमा मधेश प्रदेशका सबैभन्दा बढी स्थानीय तह छन् ।

संघले जेठ १५ भित्र बजेट ल्याउनुपर्ने प्रावधान छ । संघ, प्रदेश र स्थानीय तहको बजेट साउन १ गतेबाट कार्यान्वयनमा जान्छ ।

बजेट समयमा नल्याउँदा आगामी आवको बजेट कार्यान्वयनका लागि गर्नुपर्ने तयारीसमेत नपुग्ने विज्ञहरु बताउँछन् ।

कलैया । बारा जिल्लाका किसानले यस वर्ष १४ हजार चार सय ९० हेक्टर जमिनमा हिउँदे र बर्खे मकैखेती गरी ८६ हजार छ सय ९५ मेट्रिकटन उत्पादन गरेका छन् ।

जिल्ला कृषि ज्ञान केन्द्रका अनुसार पाँच हजार आठ सय ६० क्षेत्रफलमा हिउँदे मकैखेती गरेर ३७ हजार पाँच सय चार मेट्रिकटन उत्पादन भएको हो । यसैगरी, आठ हजार ६ सय ३० हेक्टरमा गरिएको बर्खेमकैबाट ४९ हजार एक सय ९१ मेट्रिकटन उत्पादन भएको छ ।

गत वर्ष किसानले हिउँदे मकै पाँच हजार आठ सय ५० हेक्टर क्षेत्रफलमा खेती गरी ३७ हजार चार सय ४० मेट्रिकटन उत्पादन गरेका थिए । गत वर्षको तुलनामा यस वर्ष अधिक जमिनमा खेती गरिएको भए पनि अपेक्षाकृत उत्पादन नभएको केन्द्रले जनाएको छ ।

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा राजदूत बन्नका लागि करिब १ सय जनाको आवेदन परेको छ । रास्वपाको भागमा परेको दुई राजदुतको लागि बुधबारसम्ममा करिब १ सय जनाको आवेदन परेको हो ।

पार्टीको अन्तर्राष्ट्रिय सम्बन्ध विभागका प्रमुख शिशिर खनालको संयोजकत्वमा सोविता गौतम र प्रा.डा. अतिन्द्र दाहाल सदस्य रहेको कार्यदलले ‘राजदूत सिफारिस मापदण्ड २०८१’ तयार पारेको थियो । सोही मापदण्डका आधारमा गत असार १० गते सार्वजनिक सूचना जारी गर्दै राजदूतका लागि आवेदन माग गरिएको थियो ।

‘धेरै जनाको उम्मेदवारी परेको छ । त्यसैले छनोट प्रक्रिया लामो हुनसक्छ,’ उनले भने । गत असार ६ गते प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र गृहमन्त्री तथा रास्वपा सभापति लामिछानेबिच राजदूतमा भागबन्डा भएको थियो ।

सो अनुसार एमालेबाट ५, अशोक राई नेतृत्वको जसपाबाट २, रास्वपाबाट २ र माओवादीबाट १ जना राजदूत बन्ने सहमति भएको थियो ।

काठमाडौँ । राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा भोली (बिहीबार) बिहान सार्वजनिक गर्ने भएको छ । बोर्डका अध्यक्ष डाक्टर महाश्रम शर्माले बिहीबार बिहान ९ बजे नतिजा सार्वजनिक गरिने बताए ।

त्यसका लागि बिहान ७ बजे बोर्डको बैठक बस्ने अध्यक्ष शर्माले बताए । बोर्डले बुधबार नतिजा सार्वजनिक गर्ने तयारी गरेको थियो । तर, केही प्राविधिक तयारी नपुगेको भन्दै बोर्डले बिहीबार सार्वजनिक गर्न लागेको हो ।

बोर्डले अहिले नतिजाको डेमो गरिरहेको छ । त्यसको सबै प्रक्रिया पूरा गर्न अझ ४/५ घण्टा लाग्नेछ । त्यसपछि नतिजा सार्वजनिक गर्न सम्भव नहुने भन्दै बोर्डले बिहीबार बिहान नतिजा सार्वजनिक गर्ने निर्णय गरेको हो ।

गत चैतमा सञ्चालन भएको शैक्षिक सत्र २०८० को एसईई परीक्षामा देशभरबाट ४ लाख ९१ हजार ४९७ परीक्षार्थी सहभागी भएका थिए ।

बोर्डले यो वर्षदेखि लेटर ग्रेडिङ निर्देशिका, २०७८ अनुसार नतिजा सार्वजनिक गर्न लागेको हो । जसमा सैद्धान्तिक र आन्तरिकको मूल्याङ्कन फरक–फरक रूपमा गर्ने व्यवस्था छ ।

यस वर्षको नतिजामा विद्यार्थीले सैद्धान्तिकतर्फ ७५ अङ्कको परीक्षामा ३५ प्रतिशत अर्थात् २७ अङ्क अनिवार्य ल्याउनै पर्ने अन्यथा फेल भए सरह मानिने छ । त्योभन्दा कम आएमा ग्रेड सिटमा नट ग्रेडेड लेखिने छ । उक्त एनजी आएका विद्यार्थीले माथिल्लो कक्षामा अध्ययन गर्न पाउँदैनन् । पुनः ग्रेड वृद्धि परीक्षा दिनुपर्नेछ ।

डडेल्धुरा । पर्शुराम नगरपालिका-१ जोगबुढा घर भई आलिताल गाउँपालिका-३ डाँडाखर्कमा बाख्रा पालन गरी बस्ने ५५ वर्षीय भोज नाथलाई एकनाले भरूवा बन्दुक १ थानसहित मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय डडेल्धुराबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा उक्त बन्दुक फेला पारी उनलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

जुम्ला । जुम्ला जिल्लाको तातोपानी गाउँपालिकाले एकल पुरुष भत्ता कार्यक्रम लागू गर्ने भएको छ । आगामी आर्थिक वर्ष २०८१/८२ को नीति तथा कार्यक्रम र बजेटमा गाउँपालिकाभित्रका आर्थिक अवस्था कमजोर भएका, कुनै व्यवसाय नभएका एकल पुरुषको जीविकोपार्जन सहज बनाउन भत्ता कार्यक्रम लागू गरिएको हो ।

पालिकाले ५० वर्षदेखि ६० वर्षसम्मका एकल पुरुषलाई वार्षिक चार हजारका दरले भत्ता दिने कार्यक्रम नीति तथा कार्यक्रममा समावेश गरेको गाउँपालिकाका अध्यक्ष नन्दप्रसाद चौलागाईंले जानकारी दिनुभयो । सरकारले प्रदान गर्ने सामाजिक सुरक्षा भत्ताबाट लाभान्वित पुरुष बाहेक अन्य एकल पुरुषका लागि गरिएको उक्त कार्यक्रममा चार लाख बजेट विनियोजन गरिएको उहाँको भनाइ छ ।

किसानलाई व्यावसायिक पशुपालनतर्फ आकर्षित गर्न कम्तीमा एक सयभन्दा बढी भेडाबाख्रा पाल्नेलाई प्रोत्साहन भत्ता वितरण गर्नका लागि दुई लाख बजेट विनियोजन गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत तीर्थबहादुर कठायतले बताउनुभयो । उहाँका अनुसार पालिकाभित्रबाट एमबिबिएस अध्ययनका लागि प्रवेश परीक्षा उत्तीर्ण गर्नेमध्ये एक जनालाई पहिलो वर्षको पढाइ खर्चबापत १५ लाख दिने गरी रकम विनियोजन गरेको छ ।

जेहेनदार तथा विपन्न विद्यार्थीलाई निःशुल्क लोकसेवा तयारी कक्षा सञ्चालन गर्न १५ लाख बजेट विनियोजन गरिएको गाउँपालिकाका उपाध्यक्ष रेवती रावलले जानकारी दिनुभयो । सामुदायिक विद्यालयको शैक्षिक सुधार गर्न पालिकाभित्रका सबै विद्यालयमा शैक्षिक कचहरी कार्यक्रम सञ्चालनका लागि पाँच लाख बजेट विनियोजन गरिएको छ । त्यस्तै, अन्तरजातीय विवाह गर्ने जोडीलाई प्रोत्साहनस्वरुप २० हजार प्रदान गर्ने नीति तातोपानीले लिएको छ । अति विपन्न नागरिकको स्वास्थ्य सेवामा पहुँच वृद्धि गर्न निःशुल्क स्वास्थ्य बीमा कार्यक्रमलाई पालिकाले निरन्तारता दिएको छ ।

सो बीमा कार्यक्रमका लागि १६ लाख बजेट विनियोजन गरिएको गाउँपालिकाका अध्यक्ष चौलागाईंले बताउनुभयो । भौगोलिक रुपमा कठिन भएका वडाका ज्येष्ठ नागरिक, गर्भवती, बालबालिकालगायतको स्वास्थ्य परीक्षणका लागि घुम्ती शिविर सञ्चालन गर्न १० लाख बजेट नीति कार्यक्रमबाटट विनियोजन गरिएको गाउँपालिकाले जनाएको छ ।

काठमाडौँ । देशका ४ जिल्लामा बुधबार भारी वर्षा भएको छ । जल तथा मौसम विज्ञान विभाग अन्तरगतको बाढी पूर्वानुमान महाशाखाका अनुसार पाल्पा, चितवन, झापा र कास्कीमा भारी वर्षा भएको हो ।

महाशाखाको बुधबार साढे ३ बजेको अध्यावधिक विवरणअनुसार पाल्पाको बल्ड्याङ्दी स्टेनसनमा गरिएको रेकर्ड अनुसार पछिल्लो १२ घण्टामा १२६.८ मिलिमिटर वर्षा भएको छ ।

यस्तै कल्याणपुर स्टेनमा १६०.६, चितवनको गोविन्द बस्ती र चर्चरे स्टेसनमा गरिएको रेकर्डअनुसार पछिल्लो १२ घण्टामा क्रमशः १५५.८ र १२४ मिलिमिटर वर्ष भएको छ ।

यस्तै झापाको केचनकबलमा १२६.४ र कास्कीको लामापाटनमा ६७.४ मिलिमिटर वर्षा भएको छ । ती स्थानमा चेतावनी जारी गर्दै सावधानी अपनाउन महाशाखाले अनुरोध गरेको छ । अन्य स्थानमा भने खतराको लेबलभन्दा कम वर्ष भएको छ ।

यसैबिच सुनसरी जिल्लास्थित सुनसरी खोला जलमापन केन्द्रमा हालको जलसतह सतर्कता तहभन्दा माथि रहेको भन्दै साँझसम्म उच्च सतर्कता अपनाउन आग्रह गरिएको छ ।

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलसँग चीनका उपविदेशमन्त्री सुन वेइतोङले शिष्टाचार भेट गरेका छन् । राष्ट्रपति भवनमा भएको उक्त भेटमा नेपाल–चीन सम्बन्धका साथै आपसी हित र चासोका विषयमा कुराकानी भएको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।

त्यस अवसरमा राष्ट्रपति पौडेलले चीन नेपालको प्रमुख एवं लामो समयदेखिका विकास साझेदार रहेको बताउँदै करिब सात दशकदेखि नेपालको विकास प्रयासमा चीनले गरेको सहयोगका निम्ति कृतज्ञता ज्ञापन गरे। भेटमा राष्ट्रपति पौडेलले मित्रराष्ट्र चीन नेपालको प्रमुख एवं लामो समयदेखिको विकास साझेदार रहिआएको र यसले सधैँ नेपालको विकास प्रयासमा योगदान पुर्‍याएको बताए । उनले नेपाल सन् २०२६ मा अल्पविकसित देशको श्रेणीबाट स्तरोन्नति हुन लागेको सन्दर्भमा चीनले थप सहयोग गर्ने विश्वास व्यक्त गरेका थिए ।

राष्ट्रपतिले नेपाल र चीनबीच जनस्तरमा सुमधुर सम्बन्ध रहेको चर्चा गर्दै चिनियाँ तथा नेपाली भिक्षु, भृकुटी र कलाकार अरनिकोलगायत विभूतिले दुई देशबीचको जनस्तरको सम्बन्ध र सांस्कृतिक आदान प्रदानलाई समृद्ध बनाउन योगदान गरेका बताए।

उपविदेशमन्त्री सुन नेपाल–चीन परराष्ट्रसचिवस्तरीय कूटनीतिक परामर्श संयन्त्रको १६ औँ बैठकमा सहभागी हुने सिलसिलमा गत सोमबार नेपाल भ्रमणमा आएका हुन् । तीन दिनको भ्रमण सकेर उपविदेशमन्त्री सुन बुधबार दिउँसो स्वदेश फर्किएका छन् ।

नारायणगढ–मुग्लिन सडक खण्डअन्तर्गत इच्छाकामना गाउँपालिका–६ जलवीरेमा पहिरो खस्दा सडक अवरुद्ध भएको छ । 

जिल्ला प्रहरी कार्यालय चितवनका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक भेषराज रिजालका अनुसार आज बिहानदेखि परेको अविरल वर्षाका कारण पहिरो खसेपछि अवरुद्ध सडक खोल्ने प्रयास जारी छ ।

हाल पानी परिरहेकाले द्रुत गतिमा पहिरो पन्छाउन समस्या भएको उनले बताए ।  

error: कपि गर्नु राम्रो होइन ! कृपया आफ्नो भाषामा लेख्नु होला !

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।