२०८३ बैशाख ४ शुक्रबार
२०८३ बैशाख ४ शुक्रबार

इरान भ्रमणमा रहेका परराष्ट्रमन्त्री श्रेष्ठले भेटे ६ देशका विदेशमन्त्री

काठमाडौं । इरान भ्रमणमा रहेका उपप्रधान तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले तेहरानमा ६ देशका विदेशमन्त्रीसँग छुट्टाछुट्टै भेटवार्ता गरेका छन् ।

तेहरानमा सम्पन्न एसिया कोअप्रेसन डायलग (एसीडी)को १९औँ विदेशमन्त्री स्तरीय बैठकको साइडलाइनमा उनले ६ देशका विदेशमन्त्रीसँग भेटवार्ता गरेका हुन् ।

परराष्ट्रमन्त्री श्रेष्ठले इरानका कार्यवाहक विदेशमन्त्री डा. अली बगेरी, म्यानमारका उपप्रधान तथा विदेशमन्त्री उ थान स्वे, बहराइनका विदेशमन्त्री डा. अब्दुललातिफ बिन रसिद अलजायानी, कुवेतका विदेशमन्त्री अब्दुल्ला अली अल–याह्या, साउदी अरेबियाका उप–विदेशमन्त्री वालिद बिन अब्दुल रिम अल खराइजी र रुसका उप विदेशमन्त्री एन्ड्रीइ रुडेन्कोसँग द्विपक्षीय भेटवार्ता गरेका हुन् ।

छुट्टाछुट्टै भएका भेटवार्तामा क्षेत्रीय तथा विश्वव्यापी मुद्दा र आपसी हितका विषयमा छलफल भएको परराष्ट्र मन्त्रालयले जनाएको छ । इरान भ्रमण सम्पन्न गरी परराष्ट्रमन्त्री श्रेष्ठ मंगलबार स्वदेश फर्कँदै छन् ।

छुटाउनुभयो कि ?

error: कपि गर्नु राम्रो होइन ! कृपया आफ्नो भाषामा लेख्नु होला !

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।