२०८३ बैशाख २१ सोमबार
२०८३ बैशाख २१ सोमबार

रामेछाप । नेपाली कांग्रेस रामेछापका नेता वीर बहादुर तामाङ धराैटीमा रिहा भएका छन् । मंगलबार प्रहरीले दायर गरेको मुद्दाको सुनुवाई गर्दै जिल्ला अदालत रामेछापले तामाङलाई ३ लाख २५ हजार रुपैयाँ ढरौटीमा रिहा गर्न आदेश दिएसँगै उनी हिरासतमुक्त भएका हुन् ।

त्यसैगरी सोही घटनामा वीर बहादुर तामाङ समुहले दिएको किटानी जोहेरीको आधारमा पक्राउ परेका नेता जित बहादुर मगर भने प्रहरी हिरासतमै रहेका छन् ।

केहि दिन अगाडि गाल्बा बजारमा आदिवासी जनजाति महासंघको जिल्ला अधिवेशनको क्रममा कुटाकुटबाट सुरु भएको विवाद जिल्ला प्रहरी कार्यालयमा पुगेको हो । दुवै पक्षले नौ/नौ जनाको विरुद्धमा किटानी जाहेरी दिएपछि प्रहरीले धमाधम घटनामा सलग्न कांग्रेसका नेताहरुलाई पक्राउ गर्दै अदालतमा मु्द्दा दर्ता गर्दै आएको छ ।

काठमाडौँ । बागमती सुधार आयोजना अन्तर्गत धाप ड्यामबाट उपत्यकामा पानी वितरण सुरु गरिएको छ ।

मेलम्ची खानेपानी आयोजना बन्द भएपछि मंगलबारदेखि धाप ड्यामबाट उपत्यकामा पानी वितरण सुरु गरिएको हो । मेलम्ची खानेपानी आयोजनालाई मनसुनजन्य विपत्तिबाट जोगाउन साेमबारदेखि आयोजना बन्द गरिएको थियो ।

बागमती सभ्यता–एकीकृत विकास समितिसँग धाप ड्यामको पानी ल्याएर उपत्यकावासीलाई वितरण गर्ने सहमति भएको काठमाडौँ उपत्यका खानेपानी लिमिटेडका प्रवक्ता प्रकाशकुमार राईले जानकारी दिए ।

राईका अनुसार उपत्यकामा मेलम्चीको खानेपानी बन्द भएपछि खानेपानी अभाव बढ्ने भएकाले आपूर्ति व्यवस्थापनलाई केही सहज गर्न धाप ड्यामबाट दैनिक तीनदेखि चार करोड लिटर पानी ल्याउने सहमति भएको हो ।

रामेछाप । सुनापति गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८१/०८२ को लागि ५६ करोड ९० लाख ५२ हजार रुपैयाँको बजेट ल्याएको छ ।

उपाध्यक्ष गिता विष्ट चौलागाईँले गाउँ सभामा प्रस्तुत गरेको बजेटमा आर्थिक विकास तर्फ ८५ लाख ३८ हजार ८ सय, सामाजिक विकास तर्फ २ करोड ४६ लाख २५ हजार, पूर्वाधार विकास तर्फ ७ करोड ४२ लाख ५० हजार, वन तथा वातावरण विपद् व्यवस्थापन तर्फ ४० लाख, संस्थागत विकास र सुशासन तर्फ ४१ लाख ३४ हजार विनियोजन भएको घाेषणा गरेकी थिइन् ।

उमाकुण्ड गाउँपालिकाले ल्यायो २०८१/०८२ को लागि ५३ करोड,यस्तो छ नीति तथा कार्यक्रम

त्यस्तै वडा तर्फ वडा नं १ लाई ४५ लाख ७५ हजार, वडा नं २ लाई ४२ लाख ८८ हजार, वडा नं ३ लाई ४२ लाख ९५ हजार वडा नं ४ लाई ४७ लाख ६४ हजार र वडा नं ५ लाई ४५ लाख ७८ हजार गरी कुल वडागत रूपमा योजनाहरू तर्फ २ करोड २५ लाख रकम विनियोजन भएको छ ।

गोकुलगंगा गाउँपालिकाले ल्यायो ५० करोड ३३ लाखको बजेट;यी हुन् प्राथमिकताका क्षेत्र र आधारहरु

गाउँपालिकाले आर्थिक विकासलाई प्राथमिकतामा राखेर कृषि, पशु सेवा, उद्यम विकास, सहकारी क्षेत्र, वैदेशिक रोजगार, पर्यटन जस्ता क्षेत्रलाई आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा समेटेको छ ।

संघीय शशर्त अनुदान तर्फ कुल २२ करोड ४ लाख प्राप्त भएकोमा राजस्व बाँडफाँड तर्फ ७ करोड ६९ लाख, वित्तिय समानीकरण अनुदान तर्फ १० करोड ७३ लाख बजेट प्राप्त भएको छ ।

मन्थली नगरपालिकाले ल्यायो १ अर्व १ करोडको बजेट,कुन क्षेत्रमा कति बजेट

त्यस्तै शशर्त अनुदान चालु तर्फ २० करोड ८६ लाख प्राप्त भएको छ । संघीय समपुरक अनुदान(पुजिगत तर्फ) १ करोड बजेट प्राप्त भएको छ साथै शशर्त अनुदान ( पुँजिगत ) तर्फ १ करोड १८ लाख बजेट प्राप्त भएको छ । वागमति प्रदेश सरकारबाट कुल ६ करोड ५१ लाख ९७ हजार बजेट प्राप्त भएको छ जस मध्ये वित्तिय समानिकरण अनुदान तर्फ १ करोड ९ लाख २९ हजार शर्शत अनुदान पूजिगत तर्फ १ करोड १५ लाख शर्शत अनुदान चालु तर्फ १ करोड ७७ लाख ६८ हजार तथा समपुरक अनुदान तर्फ २ करोड र विशेष अनुदान तर्फ ५० लाख बजेट प्राप्त भएको छ।

संघीय राजस्व बाँडफाँड मार्फत कुल ७ करोड ६९लाखप्राप्त भएको तथा प्रदेश राजश्व बाँडफाँड मार्फत कुल १ करोड ९६ लाख २१ हजार प्राप्त भएको छ । यस मध्य चालु तर्फ ११ करोड ३२ लाख ५० हजार तथा पुजिगत तर्फ ११ करोड ९२ लाख ४७हजार ८ सय तथा वित्तिय व्यवस्था तर्फ ३ करोड ४२ लाख ३६ हजार २ सय रुपैया विनियोजन भएको छ ।

आर्थिक बर्ष 2081_82 बजेट सुनपाती गाउँपालिका Download

कास्की । पोखरामा जारी पाँचौं गिरिजाप्रसाद कोइराला स्मृति राष्ट्रिय पुरुष हक्की प्रतियोगतामा मंगलबार सेमीफाइनल समिकरण तयार भएको छ ।


समूह ‘ए’ बाट नेपाल आर्मी विजेता र कर्णाली प्रदेश उपविजेता हुँदै सेमिफाइनलमा प्रवेश गरे । समूह ‘बी’ बाट नेपाल प्रहरी विजेता र गण्डकी प्रदेश उपविजेताका हैसियतले सेमिफाइनल यात्रा तय गरे । सेमिफाइनलमा आर्मीको भेट गण्डकीसंग हुनेछ भने प्रहरीले कर्णालीको सामना गर्ने छ ।


पोखरा रंगशालास्थित बहुउद्देश्यीय कभर्डहलमा मंगलबार लिग चरणका ६ खेल सम्पन्न भए । आर्मीले मधेश प्रदेशलाई ६–० गोलले पराजित ग¥यो । दोहोरो जित हात पारेको प्रहरीले कोशी प्रदेशलाई ४–१ तथा लुम्बिनी प्रदेशलाई ८–१ गोलले हरायो ।


नेपाल हक्की संघको आयोजनामा भइरहेको प्रतियोगितामा कर्णालीले पनि दोहोरो जित आत्मासात् ग¥यो । बागमती प्रदेशलाई २–० ले पन्छाएको कर्णालीले मधेशको चुनौती पनि २–० ले समाप्त पा¥यो । घरेलु टोली गण्डकीले लुम्बिनी प्रदेशमाथि १०–० को आराम्दायी जित दर्ता गरेकाे थियो ।


प्रतियोगिताको अन्तिम दिन बुधबार सेमिफाइनल र फाइनल हुने आयोजक हक्की संघकी महासचिव सुवर्ण श्रेष्ठले जनाएकी छन् । शीर्ष तीन स्थान हात पार्ने टिमले क्रमशः ५० हजार, ३५ हजार र १५ हजार नगद पुरस्कार प्राप्त गर्ने छन् ।

काठमाडौं । नेपालले सातौं एसिया कप खुला अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा पाँच स्वर्णसहित ७ पदक जितेको छ ।

प्रतियोगितामा सात खेलाडी सहभागी भएकोमा सबैले पदक जिते हुन् । नेपालले थप १ रजत र १ कांस्य पनि जित्यो । नेपाली टोलीले ग्योरोगीमा ६ र पुम्सेमा १ गरी ७ पदक जितेको हो ।
पुरुष सिनियर ८० केजीमुनि रन्जित डंगौरा, ६८ केजीमुनि कुमार लवत र ५८ केजीमुनि प्रवीणजंग खड्काले स्वर्ण जिते । पुरुष सब जुनियरको २३ केजीमुनि संयोग खड्का तथा क्याडेट महिलाको ३३ केजीमुनि सुसन्ध्या खड्काले स्वर्ण हात पारे ।


भारतको गोआमा जुन २१ देखि २३ तारिखसम्म भएको प्रतियोगिताको सब जुनियर पुरुष ३२ केजीमुनि रघुनाथ भण्डारीले रजत तथा  यु–१२ एकल पुम्सेमा आभास देवले कांस्य प्राप्त गरे  । नेपाली टोलीको प्रशिक्षकमा दिपेश जोशी र टिम व्यवस्थापकमा सरिता थापा रहेका छन् ।

काठमाडौं : भक्तपुर सूर्यविनायक नगरपालिका-४ दधिकोटस्थित डिल्ली बहादुर राउतको घरमा भएको डाँका चोरी तथा लुटपाटमा संलग्न रहि फरार रहेका ४ जनालाई प्रहरीले पक्राउ गरेको छ । 

पक्राउ पर्नेहरूमा काठमाडौं गोकर्णेश्‍वर बस्ने सिन्धुपाल्चोक बाह्रबिसे नगरपालिका-२ घर भएका ३० वर्षीय सुजन रसाईली तथा सिन्धुपाल्चोक भोटेकोशी गाउँपालिका-२ घर भएका ३१ वर्षीय भिम बहादुर तामाङ, ओखलढुङ्गा मानेभञ्ज्याङ गाउँपालिका-३ घर भई ललितपुर इमाडोल बस्ने ३६ वर्षीय मुना राज राई र सिन्धुपाल्चोक भोटेकोशी गाउँपालिका-२ घर भई काठमाडौं महाराजगंज बस्ने ३८ वर्षीय कृष्ण बहादुर बोहोरा रहेका छन् । 

राउतको घरबाट असार ४ गते करिब २ करोड रूपैयाँ चोरी तथा लुटपाट भएको घटनाको अनुसन्धानको क्रममा उनीहरूको संलग्नता देखिएपछि काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो । राउतका मामा कुल बहादुर खत्रीले आफ्नो चिनजानका सुजन रसाईलीलाई राउतको घर रेक्की गर्न लगाई लुटपाट गर्ने योजनासहित रसाईली समेत ४ जना राउतको घरमा गई सिआईबीको प्रहरी हौँ भन्दै प्रहरीको परिचयपत्र र खुकुरी देखाई उक्त रकम लुटी भिम बहादुरको घर कोठामा गएर ५ जनाले बाँडफाड गरेको प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको छ ।    

उनीहरूबाट प्रहरीले नगद ३६ लाख ३६ हजार रूपैयाँ, घटनामा प्रयोग भएको बा.प्र.०२-०४० प ५५३८ र बा.प्र.०२-०३३ प ६१७४ नम्बरको मोटरसाइकल, मोबाईल १० थान, रकम बोक्न प्रयोग गरेको झोला २ थान, डाँका चोरी तथा लुटपाट गर्दा लगाएको कपडाहरू तथा जुत्ता ३ जोर र खुकुरी १ थान समेत बरामद गरेको छ ।  

उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि जिल्ला प्रहरी परिसर भक्तपुर पठाइएको छ । 

काठमाडौं । सिरहामा एक युवकले यौनशक्ति बढाउने औषधिको सेवन गरी प्रेमिकासँग शारीरिक सम्पर्क राख्दा मृत्यु भएको छ । सोमबार वैदेशिक रोजगारीबाट घर फर्किएकै दिन प्रेमिकासँग यौन सम्बन्ध राख्न होटेल पुगेका सिरहाको धनगढी नगरपालिका वडा नम्बर १० का ३२ वर्षीय पुरुषको मृत्यु भएको प्रहरीले जनाएको छ ।

सिरहाका प्रहरी प्रमुख रमेश पण्डितले मृतकको शव पोस्टमार्टम तथा फरेन्सिक ल्याबमा परीक्षणका लागि पठाइएको जानकारी दिए ।

मृतक सोमबार बिहान मात्रै मलेसियाबाट घर (सिरहा) फर्केका थिए । प्रहरीले गरेको सोधपुछमा मृतक सोमबार बिहान साढे ९ बजे एक महिलासँगै स्थानीय धनगढीमाइ होटेल एण्ड लजमा इन्ट्री गरेको पाइएको छ । जसमा आफू विदेशबाट आएको राहदानी देखाउँदै होटेलमा श्रीमतीसँग बस्ने भनेर होटेल बुक गरेको खुलेको छ ।

प्रहरीले मृतकसँगै गएकी महिलाको पहिचान भइसकेको र उनको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ ।

काभ्रे । काभ्रे जिल्लाको पश्चिम क्षेत्रमा अवस्थित काभ्रेको कर्णाली भनेर चिनिने खानिखोला गाउँपालिकाको वडा न: ७ मा नयाँ ट्रयाक ओपन भएसंगै सडक उदघाटन भएको छ ।

सुकुमफेदी , पाक्दोल , देउपाल , महांकाल , तालढुङ्गा ,सडक ट्रयाक ओपन उदघाटन कार्यक्रमका पालिका अध्यक्ष इन्द्र बहादुर थिङ (छिन्ताङ) को प्रमुख अतिथ्यतामा उदघाटन कार्यक्रम सम्पन्न भएको हो ।

च्याम्राङवेसी हुँदै खजुली वेसी, पाक्दोल,देउपाल सडक २०७० साल देखि निरन्तर प्रयत्न र लक्ष्यमा रहेको यो सडक १० बर्ष पछि ट्रयाक खुल्न सफलसंगै खानिखोलाका जनसमुदायलाई धुलिखेल सदरमुकाम पुग्नका निम्ति करिब १ घण्टा छिटो हुने भएको छ ।

सडक उदघाटन पछि आयोजित कार्यक्रम सम्बोधन गर्दै अध्यक्ष छिन्ताङले समृद्धि, विकास र सुशासनका लागि ठूलो ऐतिहासिक अवसर आएको बताए । जनताले निर्वाचन मार्फ विश्वास गरेका छन्, सरकारले विकास र सुशासनमा केन्द्रीत हुने संकल्प लिएको अध्यक्ष छिन्ताङले बताए ।

जनताले विश्वास गरि जिताएर पठाए पश्चात् विकास र सुशासन ऐतिहासिक अवसरलाई उपयोग गरेर समृद्धितर्फ जाने सरकारको मुख्य संकल्प रहेको उनले बताए छ ।

बिगत लामो समयको प्रयत्नले करिब १० बर्षमा बाटो ट्रयाक ओपन भएकोमा स्थानीयवासीलाई धन्यवाद दिएका थिए ।

”तपाईहरुले एउटा लहर सिर्जना गर्नुभएको छ । यस सडकको निम्ति जिल्ला बिकास समिति भए देखि निरन्तर प्रयत्न संघीय सरकार , प्रदेश सरकार , गाउँपालिका सरकारले बिगत ३ बर्ष देखि निरन्तर प्रयाससंगै यो ट्रयाक खोल्नका लागि प्रदेश सरकार मार्फत आर्थिक बर्ष ०७९/०८० मा रु २५ लाख सहयोगमा केही भाग खुलेको थियो । गत साल ट्रयाक खोल्न चालू आर्थिक बर्षमा रु ४८ लाख बजेट बिनियोजित गरि ट्रयाक खोल्न सफल भएको” अध्यक्ष छिन्ताङले बताए ।

यस सडकलाई अझ व्यवस्थित बनाउन खानिखोला सरकारको निरन्तर माग संघीय सरकार मार्फत आर्थिक बर्ष ०८१/०८२ को लागि संघीय सरकारले यसै सुकुमफेदी , पाक्दोल, देउपाल, महांकाल, तालढुङ्गा सडकको लागि रु १ करोड रुपैयाँ पार्न सफल भएकोमा अध्यक्षले खुसी व्यक्त गरे ।

कार्यक्रमका विशिष्ट अतिथी पालिका उपाध्यक्ष दोर्जेमान जिम्बा , प्रमुख प्रशासकीय अधिकृत जीवन गैर, प्राविधिक शाखा प्रमुख इन्जिनियर जीवन अर्याल , पुर्वधार बिकास संयोजक वडा न: ५ का अध्यक्ष बुद्धि बहादुर स्याङतान, बिपत्त व्यवस्थापन संयोजक तथा ७ नम्बर अध्यक्ष राम बहादुर मोक्तान, १ नम्बर वडा अध्यक्ष सन्चमान थिङ,युवा नेता व्यवसाय सुवर्ण थिङ, समाजसेवी युवा नेता राजन अधिकारी , वडा सदस्य रोहन रुम्बा लामा , युवा नेता वीर बहादुर घिसिङ, उपभोक्ता समिती अध्यक्ष नेमार मोक्तान , समितिका सम्पुर्ण पदाधिकारीहरु लगाएत स्थानीयहरु बुद्धिजीवी , युवाहरुको उपस्थितिमा ट्रयाक खुलेसंगै सडक अनुगमन गरि उदघाटन गरिएको थियो।

काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पार्टीका भ्रातृ संस्थालाई महाधिवेशन गर्न र नगरे पद छोडेर घर जान आग्रह गर्नुभएको छ । नेपाल लोकतन्त्रवादी आदिवासी जनजाति महासङ्घको प्रथम राष्ट्रिय महाधिवेशन उद्घाटन समारोहलाई सम्बोधन गर्नुहुँदै उहाँले गत माघमा सम्पन्न महासमिति बैठकले यही असार १५ गतेसम्म सबै भ्रातृ संस्थाको महाधिवेशन गरिसक्ने अवधि तोकेको स्मरण गराउनुभयो ।

महासङ्घको प्रथम महाधिवेशनले सबै भ्रातृ संस्थालाई महाधिवेशन गर्न सन्देश दिएको उहाँको भनाइ थियो । महासङ्घले गुट, उपगुटबाट मुक्त भएर महाधिवेशन गर्नुपर्ने उल्लेख गर्नुहुँदै सकेसम्म सर्वसम्मत नेतृत्व चयन गर्न र नसके स्वस्थरुपमा लोकतान्त्रिक अभ्यास गर्नुपर्नेमा जोड दिनुभयो । असारभित्र पार्टी केन्द्रीय समितिको बैठक बसी महासमितिका प्रतिवेदन टुङ्ग्याउने र विधान संशोधनको काम अघि बढ्ने महामन्त्री थापाले बताउनुभयो ।

“यो संसद्को बाँकी अवधि कांग्रेसले सत्तातिर हेर्नु हुँदैन, पार्टी निर्माणमा लाग्नुपर्छ, २०८४ को निर्वाचनमा २०४८ जस्तै ४० प्रतिशत मतसहित बहुमत ल्याउने गरी लागौँ, एक सय ६५ प्रत्यक्ष निर्वाचन क्षेत्रमध्ये एक सय क्षेत्र जित्ने गरी लागौँ”, उहाँले भन्नुभयो । पार्टीका अर्का महामन्त्री विश्वप्रकाश शर्माले विधानले तोकेको अवधि वि.सं.२०८२ मै कांग्रेसको महाधिवेशन हुने बताउनुहुँदै त्यसैको तयारीका रूपमा भ्रातृ संस्थाको महाधिवेशन सुरु भएको जानकारी दिनुभयो ।

जनजाति समुदायले ब्रिटिस गोरखा रेजिमेन्टमा गरेको योगदान महत्त्वपूर्ण रहेको उल्लेख गर्नुहुँदै उहाँले जीवी याक्थुम्बाले वि.सं.२००७ मा प्रजातन्त्र स्थापनाका लागि गर्नुभएको योगदानको स्मरण गर्नुभयो । जनजाति समुदायबाट कांग्रेसमा प्रतिनिधित्व गर्नुहुने सर्वोच्च नेता गणेशमान सिंहले प्रधानमन्त्रीको पद छोड्नुभएको, नेता भीमबहादुर तामाङले अप्ठ्यारो अवस्थामा ‘द्वन्द्व मेटिने, पहिचान भेटिने’ नाराका साथ योगदान गर्नुभएको उहाँको भनाइ थियो ।

कांग्रेस केन्द्रीय सदस्य सीता गुरुङले कांग्रेस कमजोर हुँदा जनजातिका अधिकार खोसिने गरेको बताउनुभयो । बागमती प्रदेश सभापति इन्द्रबहादुर बानियाँ, दोलखाका सभापति बर्मा लामा, संविधानसभा सदस्य नगेन्द्र कुमाल, नेपाल विद्यार्थी सङ्घका अध्यक्ष दुजाङ शेर्पा, नेपाल तरुण दलका अध्यक्ष विद्वान गुरुङ, नेपाल महिला सङ्घका अध्यक्ष उषा रावत, महासङ्घ बागमती प्रदेश अध्यक्ष एवम् प्रदेशसभा सदस्य क्षेत्र बम्जनलगायतले पार्टीले आगामी दिनमा लिनुपर्ने नीति, कार्यक्रमका बारेमा नेतृत्वको ध्यानाकर्षण गराउनुभएको थियो ।

सुर्खेत । अछाममा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् ।

मृत्यु हुनेमा तुर्माखाँद गाउँपालिका–६ रानिवनका १५ वर्षीय विमल विक रहेका छन् । यस्तै सोही ठाउँका झङ्कार विक घाइते भएको प्रहरीले जनाएको छ ।

दुवै जना कामेश्वरी माध्यमिक विद्यालय रानिवनमा कक्षा ९ मा अध्ययनरत थिए । असार १६ गतेदेखि हुने त्रैमासिक परीक्षाका लागि आवश्यक किताब, कपि किन्न भनेर उनीहरू मंगलबार घरदेखि तुर्माखाद बजार जाँदै थिए ।

वडा नम्बर ७ तोसीको नथखोलास्थित भुईँमा लछारिएको ९अलपत्र० विद्युत्को तारमा करेन्ट प्रवाह हुन गई उक्त घटना घटेको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय अछामका प्रहरी प्रमुख सन्तोष पाठकका अनुसार घाइते विकलाई उपचारका लागि जिल्ला सदरमुकाम मंगलसैन लगिएको छ भने मृतक विकको शव पनि पोष्टमार्टमका लागि उतै लगिएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको उनले बताए ।

error: कपि गर्नु राम्रो होइन ! कृपया आफ्नो भाषामा लेख्नु होला !

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।