२०८२ कार्तिक २७ बिहीबार
२०८२ कार्तिक २७ बिहीबार

भारतको सिक्किममा ३२ सदस्यीय विधानसभामा प्रेमसिंह तामाङको मोर्चाले गरे ३१ सिट कब्जा

काठमाडौँ । भारतको सिक्किममा एक पटक फेरि ‘सिक्किम क्रान्तिकारी मोर्चा’ले सरकारको नेतृत्व गर्ने भएको छ । सिक्किम विधानसभाको हालै सम्पन्न मत परिणामले ‘सिक्किम क्रान्तिकारी मोर्चा’ प्रचण्ड बहुमतका साथ सरकारको नेतृत्व गर्ने सुनिश्चित गरिदिएको हो ।

३२ सदस्यीय विधानसभामा ‘सिक्किम क्रान्तिकारी मोर्चा’ले ३१ सिट कब्जा गरेको छ । सिक्किम विधानसभामा कांग्रेस आई र भारतीय जनता पार्टीको उपस्थिति शून्य भएको छ ।

‘सिक्किम क्रान्तिकारी मोर्चा’का नेता प्रेमसिंह तामाङ मुख्यमन्त्रीमा दोहोरिने भएका छन् । आफ्नो पार्टीको प्रचण्ड जितपछि उनले दोस्रो कार्यकाल सुरु गर्ने सहज अवस्था प्राप्त गरेका हुन् ।

‘पीएस गोले’ उपनामबाट समेत चिनिने प्रेमसिंह तामाङले सन् २०१९ को निर्वाचनमा आफ्नो पार्टीलाई १७ सिट दिलाएका थिए । त्यसपछि सिक्किमको मुख्यमन्त्री बनेका उनले अहिले विधानसभामा आफ्नो पार्टीको उपस्थिति एकलौटीजस्तो बनाएका हुन् ।

सन् २०१९ मा उनले २४ वर्षदेखि सत्तामा रहँदै आएका पवन चाम्लिङलाई विस्थापित गरेका थिए । तामाङले सन् २०१३ मा पूर्वमुख्यमन्त्री चाम्लिङको पार्टी ‘सिक्किम डेमोक्रेटिक फ्रन्ट’मा विद्रोह गरेर ‘सिक्किम क्रान्तिकारी मोर्चा’ गठन गरेका थिए । त्यसको अर्को वर्ष भएको निर्वाचनमा ‘सिक्किम क्रान्तिकारी मोर्चा’ले विधानसभाका ३२ मध्ये १० सिटमा जित हासिल गरेको थियो ।

को हुन् प्रेमसिंह तामाङ ?

नेपाली भाषी आमाबुबा धनमाया तामाङ र कालुसिंह तामाङका छोरा प्रेमसिंह तामाङको जन्म ५ फेब्रुअरी १९६८ मा भएको हो । उनले दार्जिलिङको एक कलेजमा बीएसम्मको अध्ययन गरेका छन् । त्यसपछि उनले शिक्षकका रुपमा काम गर्न थाले ।

तीन वर्षको अध्यापनपछि उनले समाजसेवामा काम गर्न भन्दै जागिर छाडे । उनी सिक्किम डेमोक्रेटिक फ्रन्टमार्फत राजनीतिमा सक्रिय भए । तीन दशक लामो राजनीतिक जीवन उनको उतारचढावमय रह्यो । उनी सन् १९९४ पछि लगातार पाँच पटक सिक्किम विधानसभामा चुनिए । उनले मन्त्रीको भूमिकासमेत निर्वाह गरे ।

सिक्किम डेमोक्रेटिक फ्रन्ट सरकारको चौथो कार्यकाल (२००९–०१४) मा पवन चालम्लिङले तामाङलाई मन्त्री पद दिन अस्वीकार गरे । त्यसपछि तामाङले सो पार्टी छाडेर आफ्नै नेतृत्वमा नयाँ पार्टी गठन गरे ।

उनी भ्रष्टाचारको आरोपमा जेल पनि परे । त्यसपछि उनको विधानसभा सदस्यता खारेज भएको थियो । सन् २०१८ मा जेलबाट रिहा भएपछि उनले राजनीतिमा फेरि सक्रियता बढाएका हुन् । एजेन्सी

छुटाउनुभयो कि ?

error: कपि गर्नु राम्रो होइन ! कृपया आफ्नो भाषामा लेख्नु होला !

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।