रामेछाप । सुनापति गाउँपालिकाका शेरबहादुर पौडेलको निधन भएको छ ।
रामेछाप जिल्ला साविक खनियापानी गा.वि.स वडा नम्बर ५ मा २०२१ साल साउन ४ गते जन्मिएका पौडेलको २०८१ जेठ ६ गते राति २ बजे ललितपुरको नेशनल हस्पिटल एण्ड रिसर्च सेन्टरमा उपचारको क्रममा निधन भएको परिवारले जनाएकाे छ ।
परिवारले दिएकाे जानकारी अनुसार पाैडेल एक बर्ष देखि क्यान्सर संग लडिरहेका थिए ।
रामेछापमा जन्मेका पौडेल ललितपुरको बागडोलमा बस्दै आएका थिए । पौडेलका दुई श्रीमती नारायणी र सावित्री छन् भने र सन्तोष र साजन दुई छोरा छन् ।
समाजसेवी स्वभावका पाैडेलले धेरैलाई आर्थिक सहयाेगका साथै अगाडि बढ्न हौसला पनि प्रदान गरेका थिए । उनले विभिन्न मठमन्दिर बनाउन र सामाजिक कार्यहरु सफल बनाउन आर्थिक सहयोग गर्न पछी पर्दैन थिए । पौडेलले तत्कालिन माओवादीले सुरु गरेकाे जनयुद्ध सफल बनाउन समेत लागिपरेका थिए । सबैसंग सम्मान व्यवहार र सधै मिठो बोलि रहने पौडेलको निधनले आफन्तहरु दुखि भएका छन् ।
पौडेलको आज बिहान पशुपतिस्थित आर्यघाटमा अन्तिम दाहसंस्कार गरिएको छ ।