२०८२ जेष्ठ ३ शनिबार
२०८२ जेष्ठ ३ शनिबार

फ्रान्सको कब्जामा रहेको न्यू क्यालेडोनिया टापुमा हिंसात्मक प्रदर्शन, ५ जनाको ज्यान गयो

फ्रान्सको कब्जामा रहेको न्यू क्यालेडोनिया टापुमा मतदानको नियमलाई लिएर तीन दिनदेखि जारी प्रदर्शन हिंसात्मक हुन थालेको छ । प्रदर्शनमा अहिलेसम्म पाँच जनाको ज्यान गएको र ६४ जना घाइते भएका समाचार संस्था अलजजिराले जनाएको छ । प्रहरीले दुई सय जनालाई पक्राउ गरेको छ ।

प्रदर्शन हिंसात्मक हुन थालेपछि १२ दिनका लागि सङ्कटकाल घोषणा गरिएको फ्रान्स सरकारले जानकारी दिएको छ । फ्रान्सले हालै न्यू क्यालेडोनियामा मतदान नियम परिवर्तन गर्ने विधेयक पारित गरेको थियो । यो विधेयकअन्तर्गत न्यू क्यालेडोनियाका मूल निवासीबाहेक फ्रान्सबाट त्यहाँ बसोबास गर्ने व्यक्तिलाई पनि मतदान गर्ने अधिकार दिइएको छ । यसैको विरोधमा त्यहाँ प्रदर्शन भइरहेको हो ।

फ्रान्सबाट १६ हजार किलोमिटर टाढा दक्षिण प्रशान्त महासागरमा रहेको यो टापु फ्रान्सले एक सय ७१ वर्षदेखि आफ्नो कब्जामा राखेको छ ।

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।