२०८३ बैशाख १७ बिहीबार
२०८३ बैशाख १७ बिहीबार

काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेलाई टी–२० विश्वकप खेल्ने नेपाली टोलीमा समावेश गर्न अन्तर्राष्ट्रिय क्रिकेट परिषद् आईसीसीले अनुमति दिएको छ ।

विश्वकप खेल्ने टोलीमा सन्दीपलाई समेट्न नेपाल क्रिकेट संघ क्यानले गरेको प्रस्तावलाई आईसीसीले स्वीकृत गरेको हो । योसँगै क्यानले सन्दीपलाई त्यसतर्फ पठाउने तयारी गरेको छ ।

यसअघि नै टी–२० विश्वकप क्रिकेटका लागि नेपालले रोहित पौडेलको कप्तानीमा १५ सदस्यीय टोली त्यहाँ पठाइसकेको छ । त्यतिबेला सन्दीपको मुद्दा अदालतमा विचाराधीन भएकाले टोलीमा समेटिएका थिएनन् । बलात्कार मुद्दामा सन्दीपले सफाई पाएसँगै विश्वकप खेल्ने बाटो खुलेको हो ।

काठमाडौँ । काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाह कान्स फिल्म फेस्टिभलको ७७औँ श्रृङ्खलाको रेड कार्पेट सहभागी भएका छन् ।

बालेन कान्सका मेयर डेभिड लिसनार्डको निमन्त्रणामा कान्स फिल्म फेस्टिभलमा सहभागी भएका हुन् ।

बालेन फेस्टिभलका विभिन्न कार्यक्रममा सहभागी हुने कार्यक्रम रहेको छ । फेस्टिभलको रेडकार्पेट र प्रिमियर कार्यक्रममा सहभागी भएका छन् भने उनले यस क्रममा बालेनले मेयर लिसनार्ड र फेस्टिभल निर्देशकसँग भेटवार्ता गरेका छन् ।

यस्तै उनले अडियो भिजुअल कन्टेन्ट क्रियशन चेनको अवलोकन गर्ने छन् । उनको सम्मानमा कान्सको मल्टिमिडिया लाइब्रेरीमा रिसेप्सनको आयोजना हुनेछ । फेस्टिभल १२ दिन चल्नेछ । यीमध्ये प्रमुख शाह ३ दिनको कार्यक्रममा सहभागी भएर जेठ ७ गते स्वदेश फर्किने उनको सचिवालयले जनाएको छ ।

मोरङ। बिराटनगर महानगरपालिका-१६ दरैयाबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ३ सय १० मिलिग्रामसहित सुनसरी दुहबी नगरपालिका-२ बस्ने २२ वर्षीय चेतन गच्छादारलाई शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

इलाका प्रहरी कार्यालय रानीबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेको प्रदेश १-०२-०४९ प ५५८ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा चालक चेतनलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

काठमाडौँ । सशस्त्र प्रहरी बल, नेपालको प्रवक्ताको जिम्मेवारी सशस्त्र प्रहरी नायब महानिरीक्षक कुमार न्यौपानेलाई दिइएको छ ।

यसअघि प्रवक्ता रहेका सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्र खड्काको सशस्त्र प्रहरी बल, नेपाल यू.एन. शान्ति स्थापना तालिम शिक्षालय ककनी नुवाकोटमा समादेशकको जिम्मेवारीमा सरुवा भएपछि सशस्त्र प्रहरी नायब महानिरीक्षक न्यौपानेलाई सो जिम्मेवारी दिइएको हो ।

नायब महानिरीक्षक न्यौपाने यसअघि सशस्त्र प्रहरी बल, नेपाल नं. ७ बैद्यनाथ बाहिनी मुख्यालय अत्तरिया कैलालीको वाहिनीपति थिए ।

काठमाडौँ । सशस्त्र प्रहरी बल, नेपालको प्रवक्ताको जिम्मेवारी सशस्त्र प्रहरी नायब महानिरीक्षक कुमार न्यौपानेलाई दिइएको छ ।

यसअघि प्रवक्ता रहेका सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्र खड्काको सशस्त्र प्रहरी बल, नेपाल यू.एन. शान्ति स्थापना तालिम शिक्षालय ककनी नुवाकोटमा समादेशकको जिम्मेवारीमा सरुवा भएपछि सशस्त्र प्रहरी नायब महानिरीक्षक न्यौपानेलाई सो जिम्मेवारी दिइएको हो ।

नायब महानिरीक्षक न्यौपाने यसअघि सशस्त्र प्रहरी बल, नेपाल नं. ७ बैद्यनाथ बाहिनी मुख्यालय अत्तरिया कैलालीको वाहिनीपति थिए ।

काठमाडौँ । काठमाडौंको बूढानीलकण्ठ नगरपालिका ११ कपनबाट कटुवा पेस्तोलसहित एकजना पक्राउ परेका छन् ।

सिन्धुपालचोक हेलम्बु गाउँपाकिला २ स्थायी वतन भई हाल कपन पैयुटार बस्ने वर्ष २३ को अर्जुन दर्नाल सुनारलाई प्रहरीले पक्राउ गरेको हो ।

अवैध हातहतियार लुकाई छिपाई राखेको भन्ने गोप्य सूचनाको आधारमा प्रहरी प्रभाग, कपनबाट खटिएको प्रहरी टोलीले सुनारलाई नियन्त्रणमा लिइ निजको डेरा कोठामा खानतलासी गर्दा लुकाई छिपाई राखेको अबस्थामा कटुवा पेस्तोल थान १ फेला परेको जनाएको छ।

उनीउपर काठमाडौं जिल्ला अदालतंबाट हातहतियार खरखजाना सम्बन्धी कसूरमा ५ दिनको म्याद थप अनुमति लिई प्रहरी वृत्त बौद्धबाट थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

हेटौँडा । बागमती प्रदेशसभाको २ वटा समितिमा कांग्रेसका २ सांसदले मनोनयन दर्ता गरेका छन् । कांग्रेसका छिरिङ दोर्जे लामाले प्रदेश मामिला समितिमा मनोनयन दर्ता गरेका हुन् ।

उनले सांसद कुन्दनराज काफ्लेको प्रस्ताव र प्रभात तामाङको समर्थनमा मनोनयन दर्त गरेका हुन् । सांसद लामा काठमाडौँ क्षेत्र नम्बर ३ (१) बाट निर्वाचित सांसद हुन् ।

त्यस्तै कांग्रेसका सांसद श्रीराम लामिछानेले प्रदेशसभाको सार्वजनिक लेखा समितिमा मनोनयन दर्ता गरेका छन् ।

लामिछानेले सांसद कुमार तामाङको प्रस्ताव र माया श्रेष्ठको समर्थनमा मनोनयन दर्ता गरेका हुन् । सांसद लामिछाने काठमाडौँ क्षेत्र नम्बर ४ (१) बाट निर्वाचित सांसद हुन् ।

सचिवालयले उम्मेदवारको अन्तिम नामावली साँझ ६ बजे प्रकाशन गर्ने छ भने निर्वाचनको कार्यक्रम शनिबार दिउँसोका लागि तय गरेको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले चौथो पटक विश्वासको मत लिने भएका छन् । जनता समाजवादी पार्टी नेपाल सरकारबाट बाहिरिएर समर्थन फिर्ता लिएपछि प्रधानमन्त्री प्रचण्डले चौथो पटक विश्वासको मत लिन लागेका हुन्।

उनले जेठ ७ गते विश्वासको मत लिने विषयलाई संसदको कार्यसूचीमा राख्नका सभामुख देवराज घिमिरेलाई पत्र पठाएका छन्। प्रधानमन्त्रीले पठाएको पत्र प्राप्त भएको र सोही अनुसारको तयारी थालिएको सभामुखको सचिवालयले जनाएको छ।

प्रधानमन्त्रीले प्रतिनिधित्व गर्ने दल विभाजित भएमा वा सरकारमा सहभागी दलले आफ्नो समर्थन फिर्ता लिएमा तीस दिनभित्र प्रधानमन्त्रीले विश्वासको मतका लागि प्रतिनिधि सभा समक्ष प्रस्ताव राख्नुपर्ने प्राबधान छ।

जसपा फुटेपछि वैशाख ३१ गते उपेन्द्र यादव नेतृत्वको जसपा नेपाल सरकारबाट बाहिरिँदै समर्थन फिर्ता लिएको थियो।

प्रधानमन्त्रीले विश्वासको मत लिन लागेको यो चौथोपटक हो।

२०७९ पुस १० गते प्रधानमन्त्री नियुक्त भएका प्रचण्डले त्यही २६ गते विश्वासका मत लिएका थिए। त्यतिबेला सदनमा उपस्थित २७० सांसदमध्ये २६८ जनाले उनलाई समर्थन गरेका थिए।

२०७९ फागुन १५ गते एमाले सरकारबाट बाहिरिएर गठबन्धन फेरबदल भयो। चैत ६ गते प्रधानमन्त्री प्रचण्डले पुनः विश्वासको मत लिएका थिए।

गत फागुन २१ गते प्रधानमन्त्री प्रचण्डले नेपाली कांग्रेससँगको गठबन्धन तोडेपछि नेकपा (एमाले), राष्ट्रिय स्वतन्त्र पार्टी, जनता समाजवादी पार्टी, एकीकृत समाजवादी सहितका दलको नयाँ समीकरण बनेको थियो।

नयाँ समीकरण बनेको ९ दिनमा फागुन ३० गते उनले तेस्रोपटक विश्वासको मत लिएका थिए। त्यतिबेला १५७ सांसदले पक्षमा मतदान गरेका थिए।

२७५ सदस्यीय प्रतिनिधि सभामा विश्वासको मत पाउन १३८ सांसदको समर्थन आवश्यक रहन्छ।

काठमाडौं । सरकारले मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक गर्ने निर्णय गरेको छ । मन्त्रिपरिषद्को बिहीबार बसेको बैठकले मन्त्रिपरिषद् सदस्यहरूको विवरण सार्वजनिक गर्ने निर्णय गरेको हो ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार अहिले मन्त्री रहेकामध्ये स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप यादव, वन राज्यमन्त्री हसिना खानबाहेक सबैले सम्पत्ति विवरण समेत बुझाएका छन्

सरकारले २० असार २०७५ मा प्रकाशित गरेको राजपत्रअनुसार प्रधानमन्त्री, मन्त्री, राज्य मन्त्री र सहायकमन्त्रीले आफ्नो सम्पत्ति विवरण प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा बुझाउनुपर्छ । यस्तो विवरण २ महिनाभित्र राष्ट्रिय सतर्कता केन्द्रमा पठाउनुपर्छ । त्यस्तो विवरण सार्वजनिक गर्ने पुरानो अभ्यास हो ।

तर, अहिलेसम्म वर्तमान सरकारका स्वयम् प्रधानमन्त्रीसहित मन्त्रिपरिषद्मा सहभागी भएका कुनै पनि मन्त्रीको सम्पत्ति विवरण सार्वजनिक भइसकेको छैन । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड आफ्नो र मन्त्रीहरुको सम्पत्ति विवरण सार्वजनिक नगर्ने पक्षमा उभिंदै आएका थिए ।

यसपटक सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी भने सम्पत्ति विवरण सावर्जनिक गर्नुपर्ने पक्षमा उभिएपछि प्रधानमन्त्री प्रचण्ड सम्पत्ति विवरण सार्वजनि गर्न तयार भएका हुन् । स्वतन्त्र पार्टीबाट सरकारमा सहभागी ४ मन्त्रीहरुले आफ्नो सम्पत्ति सार्वजनिक गर्न प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई सम्पत्ति विवरण सार्वजनिक गर्न माग गर्दै औपचारिक पत्र नै पठाएका थिए । रास्वपाका सभापति समेत रहेका उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने, श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री उपसभापति डोलप्रसाद अर्याल, शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठ र युवा तथा खेलकुद मन्त्री विराजभक्त श्रेष्ठले यस्तो पत्र पठाएका थिए ।

काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोक जिल्ला पाँचखाल नगरपालिका वडा न.१३ कालिञ्जोरका राम तमाङको छोरा वर्षा २७ को बलराम तमाङ लामो समय देखि घर परिवार सग सम्पर्क बिहिन भएका छन् ।

२०८० फगुन ५ गते सुर्यविनायक सडक मर्मत गर्न जान्छु भनि घरबाट सोहि दिन बेलुका जोरपाटी जान्छु भनि परिवार संग फोनमा कुरा भएको र फागुन ६ गते देखि सम्पर्क बिहिन भएको र आज सम्म पनि सम्पर्कमा नआए पछि घर परिवारले खोजिदिन आग्रह गरेका छन् ।

देख्नु हुने र भेट्नु हुने महानुभावहरुले नाजिकैको प्रहारी चौकि तथा दिएको मोबाई नाम्बारहरुमा सम्पर्क गरि दिनु होल । मो.न:बुबा राम तमाङ : ९८०३३९८२६३ ,सुर्जे तमाङ ब्लोन :९८४११३०५१९ ,९८२७६७२३०१ रेडियो नमोबुद्ध स्थानिय सम्पदाक श्याम योञ्जन :९८१३०२४६८० ,९८४१९८३३०३ रेडियो नमोबुद्ध कार्यलय काभ्रे धुलिखेल :०११४९०६१८

error: कपि गर्नु राम्रो होइन ! कृपया आफ्नो भाषामा लेख्नु होला !

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।