काठमाडौँ । भिजिट भिसामा कुवेत पुर्याई मानव बेचबिखन तथा ओसारपसारमा संलग्न दुई जना पक्राऊ परेका छन् ।

पक्राऊ पर्नेमा दैलेख नारायण न.पा का राकेश सुनार भन्ने गोपाल सुनार र आयुष भन्ने आकाश बाबु बि. क. रहेका छन् । उनीहरुलाइ काठमाडौँ का.म.न.पा. वडा नं.०६ बौद्ध पिपलबोटबाट पक्राउ गरीएको काठमाण्डौ उपत्यका अपराध अनुसन्धान कार्यालयले बताएको छ ।
बेरोजगार महिलाहरुलाई दुबईमा रहेको कम्पनीमा आकर्षक तलबको प्रलोभनमा देखाई भिजिट भिसामा दुबई बाट कुवेत पुर्याई घरेलु काम लगाइदिन्छु भनि शारीरिक तथा मानसिक यातना दिई बन्धक बनाई राखेको र कुवेत स्थित नेपाली राजदुतावास मार्फत उद्धार गरि नेपाल ल्याइएको छ ।













