२०८३ बैशाख १६ बुधबार
२०८३ बैशाख १६ बुधबार

ललितपुर । ललितपुरका विभिन्न स्थानहरूमा पार्किङ गरी राखेका बा.१५ च ९८२५, बा.१२ च ४७०६ र बा.७ च ७७० नम्बरका ३ वटा पिकअप गाडीहरू श्रृखलावद्ध रूपमा चोरी भएको घटना संलग्न रहेको अभियोगमा रामेछाप दोरम्वा गाउँपालिका-५ घर भई ललितपुर सानेपा वस्ने २९ वर्षीय गणेश वहादुर गौतमलाई प्रहरीले पक्राउ गरेको छ ।

उक्त गाडीहरू चोरी भएको घटनाको अनुसन्धान तथा खोजतलास गर्ने क्रममा बा.१५ च ९८२५ नम्बर र बा.१२ च ४७०६ नम्बरको गाडीहरूको ब्याट्री नभएको अवस्थामा नैकाप र सतुङ्गलबाट फेला परेको थियो । साथै बा.७ च ७७० नम्बरको पिकअप गाडी इलाका प्रहरी कार्यालय खानीखोला धादिङसँगको समन्वयमा खानिखोलाबाट नियन्त्रणमा लिइएको थियो । जिल्ला प्रहरी परिसर ललितपुरबाट खटिएको प्रहरीले जिल्ला प्रहरी कार्यालय काभ्रेसँगको समन्वयमा गौतमलाई काभ्रे भुम्लु गाउँपालिका-१० दोलालघाटबाट पक्राउ गरेको हो ।

उनलाई ललितपुर जिल्ला अदालतबाट चोरी सम्बन्धी कसूरमा ५ दिन म्याद थप अनुमति लिई सम्बन्धमा अनुसन्धान भइरहेको छ ।

भारतबाट पेट्रोलियम पदार्थको मूल्य घटेकाले यहाँ पनि घटेको निगमले जनाएको छ ।

नेपाल आयल निगमले बिहीबारबाट लागू हुनेगरी पेट्रोलमा प्रति लिटर सात रुपैयाँ र डिजेल र मट्टितेलमा पाँच रुपैयाँ मूल्य घटाएको हो ।

काठमाडौँ । पेट्रोलियम पदार्थको मूल्य घटेको छ । नेपाल आयल निगमले बिहीबारबाट लागू हुनेगरी पेट्रोलमा प्रति लिटर सात रुपैयाँ र डिजेल र मट्टितेलमा पाँच रुपैयाँ मूल्य घटाएको हो ।

अब पेट्रोल लिटरको १७१ र डिजेल र मट्टितेल १५४ रुपैयाँ भएको छ । वैशाख ३ गते बिहान १ बजेदेखि यो मूल्य लागू हुने पनि निगमले जनाएको छ ।

प्रेस-2081.02.02Download

प्रतिनिधि सभाका सम्माननीय सभामुख,

राष्‍ट्रिय सभाका सम्माननीय अध्यक्ष,

सङ्‍घीय संसद्का माननीय सदस्यहरू,

माननीय सदस्यहरू,

माननीय सदस्यहरू,

माननीय सदस्यहरू,

माननीय सदस्यहरू,

माननीय सदस्यहरू,

माननीय सदस्यहरू,

माननीय सदस्यहरू,

माननीय सदस्यहरू,

माननीय सदस्यहरू,

माननीय सदस्यहरू,

माननीय सदस्यहरू,

 

 

माननीय सदस्यहरू,

माननीय सदस्यहरू,

माननीय सदस्यहरू,

माननीय सदस्यहरू,

माननीय सदस्यहरू,

माननीय सदस्यहरू,

माननीय सदस्यहरू,

माननीय सदस्यहरू,

माननीय सदस्यहरू,

माननीय सदस्यहरू,

माननीय सदस्यहरू,

माननीय सदस्यहरू,

माननीय सदस्यहरू 

धन्यवाद !

facebook sharing button

काठमाडौँ । उच्च अदालत पाटनले क्रिकेटर सन्दीप लामिछानेलाई बलात्कार मुद्दामा सफाइ दिएको छ ।

न्यायाधीशद्वय सुदर्शनदेव भट्ट र अञ्जु उप्रेतीको इजलासले काठमाडौँ जिल्ला अदालतको यसअघिको फैसलालाई उल्ट्याउँदै लामिछानेलाई सफाइ दिने फैसला गरेको हो ।

जिल्ला अदालत काठमाडौंले १३ पुस, २०८० मा लामिछानेलाई बलात्कारको मुद्दामा दोषी ठहर गर्दै उनलाई ८ वर्ष जेल सजायको फैसला सुनाएको थियो ।

काठमाडौँ । भिजिट भिसामा कुवेत पुर्‍याई मानव बेचबिखन तथा ओसारपसारमा संलग्न दुई जना पक्राऊ परेका छन् ।

पक्राऊ पर्नेमा दैलेख नारायण न.पा का राकेश सुनार भन्ने गोपाल सुनार र आयुष भन्ने आकाश बाबु बि. क. रहेका छन् । उनीहरुलाइ काठमाडौँ का.म.न.पा. वडा नं.०६ बौद्ध पिपलबोटबाट पक्राउ गरीएको काठमाण्डौ उपत्यका अपराध अनुसन्धान कार्यालयले बताएको छ ।

बेरोजगार महिलाहरुलाई दुबईमा रहेको कम्पनीमा आकर्षक तलबको प्रलोभनमा देखाई भिजिट भिसामा दुबई बाट कुवेत पुर्‍याई घरेलु काम लगाइदिन्छु भनि शारीरिक तथा मानसिक यातना दिई बन्धक बनाई राखेको र कुवेत स्थित नेपाली राजदुतावास मार्फत उद्धार गरि नेपाल ल्याइएको छ ।


काठमाडौं । सरकारको आगामी आर्थिक वर्ष २०८१/८२ को वार्षीय नीति तथा कार्यक्रम प्रतिनिधि सभाबाट जेठ ९ गते पारित हुने भएको छ। प्रतिनिधिसभाले तय गरेको सम्भावित कार्यसूची अनुसार जेठ ३ गतेबाट सभामा सरकारको नीति तथा कार्यक्रममाथि छलफल प्रारम्भ हुने र ९ गते पारित गर्ने उल्लेख छ ।

सम्भावित कार्यतालिका अनुसार जेठ ४ , ६, ७ र ८ गते नीति तथा कार्यक्रममाथि छलफल हुनेछ । त्यसपछि ९ गते छलफल गरेर निर्णयार्थ प्रस्तुत गर्ने तयारी छ। सम्भावित कार्यसूचीमा निर्णयार्थ पेश गर्नु अगाडि शून्य सयम, विशेष समय, प्रधानमन्त्रीबाट वार्षिक नीति तथा कार्यक्रममाथिको छलफलमा उठेका प्रश्नहरुको जवाफ, प्राप्त संशोधनहरु र वार्षिक नीति तथा कार्यक्रम निर्णयार्थ प्रस्तुत गरिने उल्लेख छ ।

काठमाडौँ । बुधबर अन्तर्राष्ट्रिय परिवार दिवस मनाइँदै छ । परिवार दिवसको यस वर्षको नारा ‘विविधतालाई सुदृढ पार्दै परिवारहरूलाई बलियो बनाउँ’ भन्ये नारा सहित यस वर्षको परिवार दिवस मनाउन लागिएको हो । एउटा व्यक्तिको जीवनमा परिवारको भूमिका र महत्त्वलाई स्मरण गरी हरेक वर्ष मे १५ तारिखका दिन यो दिवस मनाउने गरिएको छ ।

संयुक्त राष्ट्र सङ्घले सन् १९९४ लाई परिवार वर्षको रूपमा घोषणा गरे पछि विश्वभर यो दिवस मनाउन थालिएको हो । यसको मुख्य उद्देश्य भनेको विश्वका धेरै क्षेत्रमा परिवारको संरचना र स्थायित्वमा प्रभाव पार्दै आएको सामाजिक आर्थिक संरचनामा परिवर्तन गर्ने हो ।

सुनसरी । देवानगंज गाउँपालिका-५ मेहता टोलबाट अवैध लागूऔषध गाँजा ४ सय ४० किलोग्राम, १ लाख ५० हजार भारतीय रूपैयाँ र ५२ हजार नेपाली रूपैयाँसहित ३ जनालाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा मकवानपुर भिमफेदी नगरपालिका-१४ बस्ने २५ वर्षीय चन्द्र बहादुर पाख्रिन, मोरङ लेटाङ नगरपालिका-६ बस्ने बल बहादुर लिम्बु र सुनसरी देवानगंज गाउँपालिका-४ बस्ने ३० वर्षीय अरबिन्द पाल रहेका छन् ।

इलाका प्रहरी कार्यालय साहेबगंजबाट खटिएको प्रहरीले राजगंज सिनबारीबाट साहेबगंजतर्फ जाँदै गरेको को.१ ख ७१२३ नम्बरको मिनि ट्रकलाई जाँच गर्ने क्रममा १३ वटा बोरामा रहेको उक्त परिमाणको गाँजा फेला पारी ट्रक चालक चन्द्र बहादुर तथा ट्रकमा सवार बल बहादुर र अरबिन्दलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान जारी राखेको छ ।

झापा। झापाको दमकमा एक सामुदायिक विद्यालय नजिकै एकैसाथ चार जना लागूऔषध कारोबारिहरु पक्राउ परेका छन् । मङ्गलवार राती १० बजेतिर दमक नगरपालिका वडा नं. २ स्थित हिमालय माध्यमिक विद्यालय नजिकै बाटोमा लागूऔषध ब्राउन सुगर बिक्री गरिरहेको अवस्थामा चार जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता कृष्णकुमार चन्दले बताएका छन् ।

लागूऔषध बिक्री गरिरहेको भन्ने विशेष सूचना आधारमा प्रहरी टोली पुगेर खानतलासी गर्दा दमक वडा नं. २ बस्ने ४३ वर्षीय नेत्र थापा, सोही ठाउँका २६ वर्षीय भेषबहादुर भुजेल, १९ वर्षीय किरण थापा र दमक वडा नं. ५ का २६ वर्षीय प्रकाश लिम्बूको साथबाट स–सानो प्लास्टिकको पोकामा ३० पोका ब्राउन सुगर भेटिएको चन्दले बताए ।

पोकाहरु डिजिटल तराजुमा तौल गर्दा प्लास्टिकसहित ७ ग्राम ५१० मिलिग्राम ब्राउनसुगर रहेको र चारै जनालाई पक्राउ गरेर इलाका प्रहरी कार्यालय दमकमा राखेर अनुसन्धान सुरु गरिएको चन्दले बताए ।

नेपाली बजारमा बुधबार सुन–चाँदीको मूल्य बढेको छ। अघिल्लो दिन प्रतितोला सात सय रूपैयाँ घटेको सुनको भाउ यसदिन प्रतितोला एक हजार रूपैयाँ बढेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ३८ हजार चार सय रूपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख ३७ हजार सात सय ५० रूपैयाँमा कारोबार भइरहेको छ।

मंगलबार छापावाल सुन प्रतितोला एक लाख ३७ हजार चार सय रूपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख ३६ हजार सात सय ५० रूपैयाँमा कारोबार भएको थियो।

त्यसैगरी, बुधबार चाँदीको मूल्य पनि बढेको छ। आज चाँदी प्रतितोला १७ सय ४५ रूपैयाँमा कारोबार भइरहेको छ।

मंगलबार चाँदी प्रतितोला १७ सय ४० रूपैयाँमा कारोबार भएको थियो।

मंगलबारको तुलनामा बुधबार चाँदी प्रतितोला ५ रूपैयाँ बढेको हो।

आज अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस २३ सय ५७ अमेरिकी डलरमा कारोबार भइरहेको छ।

error: कपि गर्नु राम्रो होइन ! कृपया आफ्नो भाषामा लेख्नु होला !

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।