२०८२ कार्तिक २५ मंगलवार
२०८२ कार्तिक २५ मंगलवार

विद्यालय नजिक लागूऔषध बिक्री गर्ने चार जना पक्राउ

झापा। झापाको दमकमा एक सामुदायिक विद्यालय नजिकै एकैसाथ चार जना लागूऔषध कारोबारिहरु पक्राउ परेका छन् । मङ्गलवार राती १० बजेतिर दमक नगरपालिका वडा नं. २ स्थित हिमालय माध्यमिक विद्यालय नजिकै बाटोमा लागूऔषध ब्राउन सुगर बिक्री गरिरहेको अवस्थामा चार जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता कृष्णकुमार चन्दले बताएका छन् ।

लागूऔषध बिक्री गरिरहेको भन्ने विशेष सूचना आधारमा प्रहरी टोली पुगेर खानतलासी गर्दा दमक वडा नं. २ बस्ने ४३ वर्षीय नेत्र थापा, सोही ठाउँका २६ वर्षीय भेषबहादुर भुजेल, १९ वर्षीय किरण थापा र दमक वडा नं. ५ का २६ वर्षीय प्रकाश लिम्बूको साथबाट स–सानो प्लास्टिकको पोकामा ३० पोका ब्राउन सुगर भेटिएको चन्दले बताए ।

पोकाहरु डिजिटल तराजुमा तौल गर्दा प्लास्टिकसहित ७ ग्राम ५१० मिलिग्राम ब्राउनसुगर रहेको र चारै जनालाई पक्राउ गरेर इलाका प्रहरी कार्यालय दमकमा राखेर अनुसन्धान सुरु गरिएको चन्दले बताए ।

छुटाउनुभयो कि ?

error: कपि गर्नु राम्रो होइन ! कृपया आफ्नो भाषामा लेख्नु होला !

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।