२०८२ श्रावण १ बिहीबार
२०८२ श्रावण १ बिहीबार

प्रिन्सलाई सदस्य सचिवको सुझाव ; बाँकी समय तयारीमा उपयोग गर्नुस्

राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव टंकलाल घिसिङले पेरिस ओलम्पिकका लागि वाइल्ड कार्ड मार्फत छनोट भएका ब्याडमिन्टन खेलाडी प्रिन्स दाहाललाई भेट गरी बाँकी सयम तयारीका लागि भरपुर उपयोग गर्न बताएका छन् । सदस्य–सचिव घिसिङले सोमबार त्रिपुरेश्वरस्थित आफ्नै कार्यकक्षमा प्रिन्सलाई भेट गरी सो सुझाव दिएका हुन् ।

‘पेरिस ओलम्पिकका लागि छनोट हुनु भएकोमा हार्दिक बधाई । अब वाइल्ड कार्डका लागि खेल्न नपरेपनि अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागिता भने टुट्नु हुँदैन ।’ सदस्य–सचिव घिसिङले भने– ‘अन्तर्राष्ट्रिय सहभागिता भन्दैमा जुनसकै प्रतियोगिता खेल्ने पनि होइन । आफू भन्दा वरीयतामा माथि र बलिया खेलाडीसंग खेलने वातावरण बनाउन संघको ध्यानकर्षण गराउन चाहन्छु । अझ ओलम्पिककै लागि छनोट भएका अन्य राष्ट्रका खेलाडीसंग प्रतिस्पर्धा गर्ने अवसर मिले झन् राम्रो । तयारीका लागि परिषद्ले गर्ने सहयोगमा कुनै कमी हुने छैन ।’

सदस्य–सचिव घिसिङले प्रिन्सको तयारी प्रशिक्षणका लागि विशेषज्ञ प्रशिक्षकलाई नेपालमा बोलाउने वा प्रिन्सलाई विदेशमा पठाउने के गर्दा उपयुक्त हुन्छ त्यसको समन्वय गर्न संघलाई निर्देशन दिदै हरेक अन्तर्राष्ट्रिय प्रतियोगितामा प्रिन्स सहभागी हुँदा होस् वा वैदेशिक प्रशिक्षणमा जाँदा नेपाली प्रशिक्षक पनि संगै जाने व्यवस्था मिलाउनु पर्नेमा जोड दिए ।

भेटकै दौरान सदस्य–सचिव घिसिङले प्रिन्सलाई आवश्यक पर्ने खेल सामाग्रीका विषयमा सोध्दै प्रिन्सले माग गरेको खेल सामाग्री सोमबारै राखेपले उपलब्ध गारएको छ ।

प्रिन्सले ओलम्पिकमा छनोट भएकोमा खुशी व्यक्त गर्दै जिम्मेवारी पनि थपिएको महशुस गरेको प्रतिक्रिया दिए । प्रिन्स ओलम्पिकको ब्याडमिन्टनमा प्रतिस्पर्धा गर्ने पहिलो नेपाली खेलाडी हुने छन् ।

भेटका अवसरमा नेपाल ब्याडमिन्टन संघका अध्यक्ष रामजीबहादुर श्रेष्ठ र ब्याडमिन्टनका मुख्य प्रशिक्षक सुदिप योञ्जनको पनि उपस्थिति रहेको थियो । अध्यक्ष श्रेष्ठले प्रिन्सलाई वाइल्ड कार्ड दिलाउन संघले पनि धेरै मिहिनेत गरेको बताए ।

प्रिन्स हाल विश्व वरीयतामा १ सय ७९ औं स्थानमा छन् । जुनियर विश्व वरीयतामा प्रिन्स २०२३ देखि २०२४ को अवधिमा ६ महिना शीर्ष स्थानमा पनि थिए ।

छुटाउनुभयो कि ?

error: कपि गर्नु राम्रो होइन ! कृपया आफ्नो भाषामा लेख्नु होला !

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।