
राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव टंकलाल घिसिङले पेरिस ओलम्पिकका लागि वाइल्ड कार्ड मार्फत छनोट भएका ब्याडमिन्टन खेलाडी प्रिन्स दाहाललाई भेट गरी बाँकी सयम तयारीका लागि भरपुर उपयोग गर्न बताएका छन् । सदस्य–सचिव घिसिङले सोमबार त्रिपुरेश्वरस्थित आफ्नै कार्यकक्षमा प्रिन्सलाई भेट गरी सो सुझाव दिएका हुन् ।
‘पेरिस ओलम्पिकका लागि छनोट हुनु भएकोमा हार्दिक बधाई । अब वाइल्ड कार्डका लागि खेल्न नपरेपनि अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागिता भने टुट्नु हुँदैन ।’ सदस्य–सचिव घिसिङले भने– ‘अन्तर्राष्ट्रिय सहभागिता भन्दैमा जुनसकै प्रतियोगिता खेल्ने पनि होइन । आफू भन्दा वरीयतामा माथि र बलिया खेलाडीसंग खेलने वातावरण बनाउन संघको ध्यानकर्षण गराउन चाहन्छु । अझ ओलम्पिककै लागि छनोट भएका अन्य राष्ट्रका खेलाडीसंग प्रतिस्पर्धा गर्ने अवसर मिले झन् राम्रो । तयारीका लागि परिषद्ले गर्ने सहयोगमा कुनै कमी हुने छैन ।’
सदस्य–सचिव घिसिङले प्रिन्सको तयारी प्रशिक्षणका लागि विशेषज्ञ प्रशिक्षकलाई नेपालमा बोलाउने वा प्रिन्सलाई विदेशमा पठाउने के गर्दा उपयुक्त हुन्छ त्यसको समन्वय गर्न संघलाई निर्देशन दिदै हरेक अन्तर्राष्ट्रिय प्रतियोगितामा प्रिन्स सहभागी हुँदा होस् वा वैदेशिक प्रशिक्षणमा जाँदा नेपाली प्रशिक्षक पनि संगै जाने व्यवस्था मिलाउनु पर्नेमा जोड दिए ।
भेटकै दौरान सदस्य–सचिव घिसिङले प्रिन्सलाई आवश्यक पर्ने खेल सामाग्रीका विषयमा सोध्दै प्रिन्सले माग गरेको खेल सामाग्री सोमबारै राखेपले उपलब्ध गारएको छ ।
प्रिन्सले ओलम्पिकमा छनोट भएकोमा खुशी व्यक्त गर्दै जिम्मेवारी पनि थपिएको महशुस गरेको प्रतिक्रिया दिए । प्रिन्स ओलम्पिकको ब्याडमिन्टनमा प्रतिस्पर्धा गर्ने पहिलो नेपाली खेलाडी हुने छन् ।
भेटका अवसरमा नेपाल ब्याडमिन्टन संघका अध्यक्ष रामजीबहादुर श्रेष्ठ र ब्याडमिन्टनका मुख्य प्रशिक्षक सुदिप योञ्जनको पनि उपस्थिति रहेको थियो । अध्यक्ष श्रेष्ठले प्रिन्सलाई वाइल्ड कार्ड दिलाउन संघले पनि धेरै मिहिनेत गरेको बताए ।
प्रिन्स हाल विश्व वरीयतामा १ सय ७९ औं स्थानमा छन् । जुनियर विश्व वरीयतामा प्रिन्स २०२३ देखि २०२४ को अवधिमा ६ महिना शीर्ष स्थानमा पनि थिए ।
काठमाडौं । नेपाल प्रहरी प्रधान कार्यालय प्रहरी महानिरीक्षकको सचिवालयका प्रहरी वरिष्ठ उपरीक्षक दान बहादुर कार्कीलाई नेपाल प्रहरीको केन्द्रीय प्रहरी प्रवक्ता तोकिएको छ ।
नेपाल प्रहरीद्वारा सम्पादित जनसरोकारका काम कारवाहीलाई यथार्थ तथा तथ्यगत रूपमा सञ्चार माध्यमहरूमा सम्प्रेषण गर्नका लागि प्रहरी वरिष्ठ उपरीक्षक दान बहादुर कार्कीलाई केन्द्रीय प्रहरी प्रवक्ता तोकिएको उक्त सचिवालयले सोमबार जनाएको छ ।
प्रहरी वरिष्ठ उपरीक्षक कार्कीलाई ९८५१२९२१११ र ईमेल ठेगाना spokesperson@nepalpolice.gov.np मा सम्पर्क गर्न सकिने छ ।
काठमाडौं । अनलाइनमार्फत यौन व्यवसाय सञ्चालन गरेको आरोपमा प्रहरीले एक युवतीलाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा सिन्धुपाल्चोकको पाँचपोखरी थाङपाल गाउँपालिका–६ घर भई काठमाडौं माकलबारी बस्ने १९ वर्षीया अञ्जली अधिकारी छिन् । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले उनलाई आइतबार माकलबारीबाटै पक्राउ गरेको हो ।
आर्थिक अवस्था कमजोर भएका बालबालिकालाई प्रलोभनमा पारी अनलाइन टाइपिङको रोजगारी दिने भन्दै अनलाइन यौन क्रियाकलापमा लगाएको पाइएको अपराध अनुसन्धान कार्यालयका एसपी तथा प्रवक्ता रवीन्द्र रेग्मीले बताए ।
स्ट्रिप च्याटमा अकाउन्ट खोली लाइभ भिडिओ च्याटमा बस्न लगाई यौनका कुरा गर्ने, गोप्य अंग देखाउन लगाउने जस्ता कार्यमा बालबालिकाहरुलाई प्रयोग गरिएको पाइएको प्रहरीले जनाएको छ । ग्राहकसँग पहिल्यै रकम लिएर मात्रै भिडिओ च्याटमा बस्न लगाउने गरिएको पाइएको प्रहरीले जनाएको छ ।
पक्राउ परेकी युवतीविरुद्ध बालबालिका सम्बन्धी ऐन २०७५ को परिच्छेद ८ को दफा ३ बमोजिमको कसुरमा अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ ।

राष्ट्रिय खेलकुद परिषद् (राखेप) अन्तर्गतको राष्ट्रिय खेलाडी कल्याणकारी कोषले दुई खेलाडीलाई स्वास्थ्य उपचारका लागि सोमबार आर्थिक सहयोग प्रदान गरेको छ ।
भारोत्तोलनका पूर्व खेलाडी सञ्जयकुमार महर्जनलाई ५ लाख तथा सुटिङ खेलाडी सविता बस्नेतलाई १ लाख ५० हजार आर्थिक सहयोग उपलब्ध गराइयो । कोषका अध्यक्ष समेत रहेका राखेपका सदस्य–सचिव टंकलाल घिसिङले उक्त रकम बराबरको चेक हस्तान्तरण गरे ।
महर्जनको मृगौला प्रत्यारोपण गर्नु पर्ने भएको छ । प्रशिक्षणका दौरान चोट बोकेका महर्जनले दुखाई कम गर्न ३ वर्ष ‘पेन किलर’ औषधि सेवन गरेका थिए । त्यही ओषधि सेवनका कारण महर्जनको मृगौलामा समस्या उत्पन्न भएको थियो । सविता ‘ब्रेस्ट क्यान्सर’ बाट पीडित छिन् । सविताको ‘रेडियोथेरापी’ सकिएको कोषका सदस्य–सचिव एवं नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघका अध्यक्ष दीपक श्रेष्ठले जनाएका छन् ।
काठमाडौँ । नेपाली काँग्रेस निकट भातृसंगठन नेपाल तरुण दलले सहकारी पीडितको पक्षमा बृहत् र्याली निकाल्ने भएको छ ।
सोमबार बसेको तरुण दल केन्द्रीय समितिको बैठकले बुधबार मध्यान्ह १२ बजे माइतीघर मण्डलामा बृहत् र्याली निकाल्ने निर्णय गरेको हो ।
अध्यक्ष विद्वान गुरुङको सभापतित्वमा बसेको बैठकले सहकारी पीडितहरुको पक्षमा र सहकारी ठगको विरुद्धमा माइतीघर मण्डलादेखि नयाँ बानेश्वरसम्म बृहत् र्याली आयोजना गर्ने निर्णय गरेको हो ।
बैठकले सम्पूर्ण सहकारी पीडितलाई र्यालीमा सहभागी हुन आह्वानसमेत गरेको छ । नेपाली कांग्रेसले लामो समयदेखि सहकारी पीडितको न्यायका लागि संसदीय छानबिन समिति बनाउन माग गर्दै आइरहेको छ ।
काठमाडौँ । नेपाली काँग्रेस निकट भातृसंगठन नेपाल तरुण दलले सहकारी पीडितको पक्षमा बृहत् र्याली निकाल्ने भएको छ ।
सोमबार बसेको तरुण दल केन्द्रीय समितिको बैठकले बुधबार मध्यान्ह १२ बजे माइतीघर मण्डलामा बृहत् र्याली निकाल्ने निर्णय गरेको हो ।
अध्यक्ष विद्वान गुरुङको सभापतित्वमा बसेको बैठकले सहकारी पीडितहरुको पक्षमा र सहकारी ठगको विरुद्धमा माइतीघर मण्डलादेखि नयाँ बानेश्वरसम्म बृहत् र्याली आयोजना गर्ने निर्णय गरेको हो ।
बैठकले सम्पूर्ण सहकारी पीडितलाई र्यालीमा सहभागी हुन आह्वानसमेत गरेको छ । नेपाली कांग्रेसले लामो समयदेखि सहकारी पीडितको न्यायका लागि संसदीय छानबिन समिति बनाउन माग गर्दै आइरहेको छ ।
काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधव कुमार नेपालले वर्तमान सत्ता गठबन्धन फेरिन सक्ने बताएका छन् ।
सोमबारदेखि सुरू भएको पार्टीको पोलिटब्यूरो बैठकमा छलफलका लागि पेस भएको राजनीतिक प्रतिवेदनमा अध्यक्ष नेपालले संसदभित्रका विभिन्न राजनीीतक दलहरू सम्मिलित समीकरणमा रहनु मोर्चा नभएको स्पष्ट पार्दै यसलाई तत्कालिक राजनीतिक सहकार्य मात्रै भएको तर्क गरेका छन् ।
तत्काल कम्युनिस्ट पार्टीहरूबीच एकता वा वाम एकता सम्भव नभएको निष्कर्ष निकालेका अध्यक्ष नेपालले अहिले एमाले र माओवादीसँगको सत्ता सहकार्य पनि फेरिन सक्ने निष्कर्ष निकालेका छन् ।
‘यो समीकरण वर्तमान संसदको संरचना अनुसार सरकार निर्माण र सञ्चालनका निम्ति बनाइएको हो । यो दीर्घकालीन होइन तत्कालिक राजनीतिक सहकार्य मात्र हो । त्यसैले तात्कालिक राजनीतिक परिस्थिति बदलियो भने यस्तो तात्कालिक राजनीतिक समीकरण वा सहकार्य पनि बदलिन सक्छ’, प्रतिवेदनमा उल्लेख गरिएको छ ।
काठमाडौँ । उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी नेपालले सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ ।
अध्यक्ष उपेन्द्र यादवले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिइएको बताएका हुन्।
सभामुख देवराज घिमिरेलाई सोमबार पत्र पठाउँदै अध्यक्ष यादवले पार्टीले सरकारलाई दिएको समर्थन फिर्ता लिएको उल्लेख गरेका छन्।
साथै आफूहरू सरकारबाट पनि बाहिरिएको उनको भनाइ छ । यादव उपप्रधान एवं स्वास्थ्य तथा जनसंख्या मन्त्री थिए भने पार्टीका सांसद दीपक कार्की वन राज्यमन्त्री थिए । उनीहरूले सोमबार नै पदबाट राजीनामा दिएका थिए ।
अध्यक्ष यादवले आफूहरू अब प्रतिपक्षमा बस्ने उल्लेख गरेका छन् ।
काठमाडौं । विभिन्न खेलहरूमा सट्टेबाजी गर्न प्रयोग हुने बेटिङ एप्लिकेशन वानएक्स बेट, जुवा ३६५, क्रिप्टो मार्फत सट्टाबाजी लगाउन रकम संकलन गर्ने/ गराउनेमा संलग्न रहेको अभियोगमा काभ्रेपलाञ्चोक मण्डनदेउपुर नगरपालिका-८ घर भई भक्तपुर सूर्यविनायक नगरपालिका-२ बस्ने २४ वर्षीय अनिल ढुंगानालाई प्रहरीले पक्राउ गरेको छ । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
ढुंगानाले विभिन्न ब्यक्तिहरूको नाममा रहेका मोबाइल नम्बरहरूबाट ११ वटा कनेक्ट आइपिएस एकाउन्ट, १५ वटा इसेवा वालेट एकाउन्ट लगायतका एकाउन्टहरूमा लिंक अप भएका ५६ वटा बैंक खाताबाट हालसम्म २ अर्ब १ करोड १८ लाख ४४ हजार १ सय २ रूपैयाँ बराबरको कारोबार गरेको प्रारम्भिक अनुसन्धानको क्रममा खुल्न आएको छ । सट्टेबाजी गर्न/गराउन प्रयोग भएका ल्यापटप १ थान, मोबाइल ६ थान, वाइफाइ राउटर १ थान, सिमकार्ड ३८ थान, एटिएम कार्ड ५ थान, चेकबुक १६ थान, भारतीय आधारकार्ड १ थान, भारतीय प्यान कार्ड १ थान लगायत अन्य कागजातहरू समेत प्रहरीले बरामद गरेको छ ।
उनलाई आवश्यक अनुसन्धान एवं कारवाहीको लागि जिल्ला प्रहरी परिसर भक्तपुरमा पठाइएको छ ।
बेलगोरोड (रूस), ३१ वैशाख । रुसको दक्षिणपश्चिमी शहर बेलगोरोडमा सोमबार दश तले आवासीय अपार्टमेन्ट भवन आंशिकरूपमा क्षतिग्रस्त हुँदा कम्तीमा १५ जनाको मृत्यु भएको रूसी समाचार एजेन्सी तासले रूसी आपत्कालीन मन्त्रालयको बयानलाई उद्धृत गर्दै बताएको छ । समाचारअनुसार आइतबार भएको ‘युक्रेनी आक्रमण’ पछि भवन ढलेको हो ।
यसअघि बेलगोरोड र यसका उपनगरहरूमा आइतबार युक्रेनी सशस्त्र बलले ठूलो गोलाबारी गरेको थियो । खसालिएको टोच्का–यू सामरिक मिसाइलका टुक्राहरूले आवासीय भवनलाई क्षति पुर्याउँदा भवनको एउटा भाग ढलेको स्रोतले जनाएको छ ।
यसैगरी रुसको दक्षिणपश्चिमी शहर बेलगोरोडमा आंशिकरूपमा ध्वस्त भएको आवासीय अपार्टमेन्ट भवनमा खोजी र उद्धार कार्य सम्पन्न भएको रूसी आपत्कालीन मन्त्रालयका प्रवक्ताले बताए । उनका अनुसार १७ जनाको भग्नावशेषबाट उद्धार गरिएको थियो भने भग्नावशेषमुनिबाट १५ जनाको शव निकालिएको थियो ।
यसअघि आपत्कालीन मन्त्रालयले दुई बच्चासहित १२ जनालाई घटनास्थलबाट उद्धार गरिएको बताएको थियो । बेलगोरोडका गभर्नर व्याचेस्लाभ ग्ल्याडकोभले टेलिग्राममा पोस्ट गरेको भिडियोमा ठुलो प्वाल भएको भवन ढलेको देखाइएको छ ।
युक्रेनी सेनाले गरेको ‘बृहत् बम विस्फोट’ को निन्दा गर्दै उनले आवासीय भवनमा प्रत्यक्ष गोलाबारीपछि।दशौँतलादेखि भुइँतलासम्मको सम्पूर्ण प्रवेशद्वार ढलेको बताए ।
रूसी रक्षा मन्त्रालयले सामानिक सञ्जालमा भवनमा टोच्का–यू टीआरसी मिसाइलको टुक्रा खसेको बताएको थियो । बेलगोरोड क्षेत्रमा हवाई सुरक्षाले धेरै रकेट खसालिएको र दुईवटा ड्रोन छुट्टै घटनामा नष्ट भएको पनि अल जजिराले जनाएको छ । रासस





