२०८३ बैशाख ४ शुक्रबार
२०८३ बैशाख ४ शुक्रबार

अवैध लागूऔषधसहित विभिन्न स्थानबाट पाँच जना पक्राउ

पर्सा : वीरगंज महानगरपालिका-१६ रजतज्यन्ती चोकबाट नियन्त्रित लागूऔषध नाईट्राभेट ४५ ट्याब्लेटसहित बारा जितपुरसिमरा उपमहानगरपालिका-७ बस्ने २० वर्षीय मोहमद सहनवाजलाई बिहीबार बिहान प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी ईनर्वाबाट खटिएको प्रहरीले भारत रक्सौलबाट वीरगंजतर्फ आउँदै गरेका उनलाई उक्त लागूऔषधसहित पक्राउ गरेको हो । 

महोत्तरी, पिपरा गाउँपालिका-१ स्थित सडकबाट नियन्त्रित लागूऔषध फेनारगन ४ सय ८९ एम्पुल, डाइजेपाम ४ सय ८८ एम्पुल र टयालगेसिस ४ सय ९१ पिससहित २ जनालाई बिहीबार बिहान प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा भारत मधुवनी रामपुर बिरिज बस्ने ३० वर्षीय महमद गुल्जार उर्फ चुलाई र पर्सा मटिहानी नगरपालिका-४ बस्ने १७ वर्षीय किशोर रहेका छन् ।  इलाका प्रहरी कार्यालय सहोडवाबाट खटिएको प्रहरीले मटिहानीबाट जनकपुरतर्फ जाँदै गरेको ज.१ ह २७३४ नम्बरको ट्याम्पुलाई जाँच गर्ने क्रममा उक्त लागूऔषध फेला पारी ट्याम्पु चालक किशोर र ट्याम्पुमा सवार महमदलाई पक्राउ गरेको हो । 

चितवन, इच्छाकामाना गाउँपालिका-३ फिसलिङबाट अवैध लागूऔषध गाँजा करिब १६ किलोसहित २ जनालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा धादिङ गल्छी गाउँपालिका-५ बस्ने १९ वर्षीय जिवन लामा र २२ वर्षीय प्रकाश तामाङ रहेका छन् । अस्थायी प्रहरी पोष्ट फिस्लिङबाट खटिएको प्रहरीले बागमती प्रदेश ०३-००४ प २९१५ नम्बरको मोटरसाइकल जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार उनीहरूलाई उक्त गाँजासहित पक्राउ गरेको हो । 

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

छुटाउनुभयो कि ?

error: कपि गर्नु राम्रो होइन ! कृपया आफ्नो भाषामा लेख्नु होला !

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।