२०८३ बैशाख २० आईतवार
२०८३ बैशाख २० आईतवार

काठमाडौं । विश्व बैंकबाट १३ अर्ब ३३ करोड रुपैयाँ बराबर सहुलियतपूर्ण ऋण नेपाल सरकारले लिने भएको छ ।

बुधबार बसेको मन्त्रिपरिषद् बैठकले विश्व बैंकबाट उपलब्ध हुने १ सय मिलियन डलर बराबरको सहुलियतपूर्ण ऋण स्वीकार गर्ने निर्णय गरेको हो ।

विश्व बैंक नेपालको सबैभन्दा ठूलो विकास साझेदारमध्ये एक हो । यस संस्थाले नेपाललाई अनुदान पनि दिने गरेको छ ।

रामेछाप । सुनापती गाउँपालिका स्थित डहु माध्यमिक विद्यालययको होस्टेलमा तीन जना बालक माथी कुटपिट भएको छ । सोही विद्यालयमा पढ्नका लागी कक्षा ६ मा भर्खरै भर्ना भएका मन्थली १० चनखुका इनसाङ तामाङ माथि निलडाम बस्नेगरी कुटपिट भएको केशब तामाङले जानकारी दिए । केशव इनसानका बुवा हुन् ।

`मेरो छोराले परिक्षा  दिएको थियो । पछि पास भएको खबर आएपछी  वैशाख ९ गते त्यँहा लगेर भर्ना गरे ´ केशवले भने -`एउटा सिद्वार्थ नाम गरेको भाइले छोरालाई कुटेको रहेछ । जिआइ पाइपको रडले हानेर बाबुलाई पिडा दिइएको पाइयो  ।´  गत सनिवार छोराले फोन गर्दै त्यस्तो बताएपछि आफू झसङ्ग भएको उनले बताए । 

त्यस्तै मन्थली १४ फुलासीका कृष्ण बहादुर तामाङका छोरा वर्ष १३ का कक्षा ८ मा पढ्ने धिरज तामाङ र सोही वडाका धावा तामाङलाई पनि कुटपिट गरेको  पाइएको छ । धावा र धिरज पनि भर्खरै भर्ना भएर अध्ययन गर्न त्यहीँ होस्टेलमा बसेका थिए ।  `नाम चलेको स्कुल । राम्रो पढाउँछ भनेर घर नजिकैको स्कुल हुँदाहुँदै पनि त्यँहा लगेको अहिले यस्तो भयो । सोचेको भन्दा फरक रहेछ । मेरो छोरालाई कुट्दै -दुख्यो कि दुखेन भनेर  सोध्न्दै फेरि कुट्दै राखेको रहेछ,´ तामाङले भने ।

उनीहरुका अनुसार सिद्धार्थ नामका कक्षा १२ मा अध्ययनरत विद्यार्थीले आफ्नो हजुरबुबा नेता त बुना डन बएको बताउँदै कुटपिट गरिएको हो । कुटपिट गरिएको कुरा आफ्नो बुबाआमा र प्रधानध्यापकसम्म पुर्याए ज्यानै मार्ने सम्मको धम्की दिएको इनसाङको भनाइ छ । 

के भन्छन् प्रधानध्यापक दल बहादुर तामाङ ?

घट्नाबारे जानकारी लिन प्रधानध्यापक दल बहादुर तामाङलाई सम्पर्क गर्दा उनले कुटपिट नभएको बताए । `ति बाबू कसैले भनेको नम्माने रहेछ । एक पटक सम्झाउदा एक दुई घण्टा चुपचाप बस्ने फेरि त्यस्तै गतिविधि गर्ने रहेछन् ´ प्रधानध्यापक तामाङले भने `घरको याद आयो भन्दै जान खोज्ने ,जसले समातेर सम्झाउन खोज्दा पनि न्यु खोज्ने भएपछि मैले बाबुको प्यारेन्ट्सलाई खबर गरे ।´ 

उनले होस्टेलको कोठा  संख्या कम भएकोले व्यवस्थापनमा समस्या भएको बताए । सुनापतिकै कक्षा १२ मा पढ्ने सिद्वार्थ नामका व्यक्ति त्यहीँ बसेर पढिरहेको र हाल कक्षा १२ को परिक्षा सन्चालन भइरहेकोले डिस्टर्व भएपछि बाबुलाई सम्झाएको उनको भनाइ छ । कुटपिट नभएको बताउँदै उनले विद्यालयमा २४ सै घण्टाको  सिसि क्यामेराको रेकर्ड रहेको  बताए । `अहिले हामी संग सिसि क्यामेरामा २४ सै घण्टाको रेकर्ड छ । आवस्यक परे सिसि क्यामेराको रेकर्ड देखाउन तयार छौँ  ।´

पश्चिम नवलपरासी । नेकपा एमालेका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान गठबन्धन भत्काउने प्रयत्न भइरहेको बताएका छन् ।

आज भएको नेकपा एमाले पश्चिम नवलपरासीको नवौँ जिल्ला अधिवेशनलाई सुनवलमा उद्घाटन गर्दे अध्यक्ष ओलीले गठबन्धन भत्काउने खेल सुरु भइसकेको बताएका हुन् ।

देशी विदेशी शक्तिहरु र प्रतिक्रियावादी शक्तिले अहिलेको गठबन्धन भत्काए भने आगामी निर्वाचनबाट एमाले निर्णायक शक्तिको रुपमा उदाउने बताउँदै त्यसपछि गठबन्धनको आवश्यकतानै नपर्ने दाबी पनि गरे ।

ओलीले मुलुकका आन्तरिक मामिलामा हुने बाह्य हस्तक्षेपबाट देशलाई मुक्त गर्न राष्ट्रिय शक्ति निर्णायक रुपमा विकास गर्नुपर्ने सबैभन्दा टड्कारो आवश्यकता रहेको बताए ।

ओलीले भारतीय अतिक्रमणको चपेटामा पर्दे आएको पश्चिम नवलपरासीको सुस्तासहित पर्यटकीय तथा धार्मिकस्थल त्रिवेणी धाम र रामग्राम स्तुपको आजै अवलोकन गरेका थिए ।

काठमाडौं । गायक तथा संगीतकार सौगात जङ्ग थापको संंगीतमा हर्क चाम्लिङ राई र अनु चौधरीको आवाजमा ‘तिम्रो मीठो मायाले’ बोलको गित सार्वजनिक भएको छ।

विशाल निरौलाको एरेन्ज रहेको गित अलन्कार रेकर्डिङमा रेकर्ड गरिएको हो । केशब राज भटको कोरियोग्राफी र निर्देशनमा बनेको भिडियोलाइ उत्सब दाहालले खिचेका हुन भने दिनसन साहले सम्पादन गरेका हुन।

मनाङ जिलाको विभिन्न रमणिय स्थानमा छायांकन गरिएको गितमा प्रभात पल ठकुरी र सोफी धरेलले अभिनय गरेका छन ।

काठमाडौं । काठमाडौं महानगरपालिकाले खोलेको श्रम बैंकमार्फत चार सय ३० जनाले रोजगारी पाएका र थप तीन हजारले रोजगारीका लागि निवेदन दिएका छन्।

महानगरले गत वर्षको भदौ अन्तिममा सुरु गरेको श्रम बैंक अफलाइन र अनलाइनमा परेको निवेदनमार्फत रोजगार उपलब्ध गराइरहको श्रम बैंकका ‘फोकल पर्सन’ पवनकुमार ठाकुरले बताए।

उनका अनुसार रोजगार पाउनेमा स्थानीय र केही भाडामा बसोबास गर्ने व्यक्तिको निवेदन प्राथमिकतामा परेको छ। व्यक्तिको कार्यक्षमताका आधारमा दैनिक ज्यालामा रोजगार दिने गरिएको उनले बताए।

“कार्यालयमै आएर फाराम बुझाउनेहरु थुप्रै हुनुहुन्छ”, उनले भने, “यद्यपि श्रमप्रतिको सम्मान भाव नभएका कारण अझै रोजगार खोज्दै आउने युवाको जमात थोरै देखिन्छ ।”

अनलाइन फाराम भर्ने भनिए पनि भौतिक उपस्थिति अनिवार्य भएकाले बैंकसम्म आउनेको संख्या तुलनात्मकरुपमा थोरै भएको उनको बुझाइ छ । रासस

काठमाडौँ । सरकारले एक सय रुपैयाँको नोटमा चुच्चे नक्सा राख्ने भएको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले एक सय रुपैयाँको नोटमा चुच्चे नक्सा राख्ने निर्णय गरेको सञ्चार तथा सूचना प्रविधि मन्त्री तथा सरकारका प्रवक्ता रेखा शर्माले जानकारी दिइन् ।

उनले भनिन्,‘सय रुपैयाँको डिजाइन परिवर्तन गर्ने निर्णय भएको छ । स्वीकृत दिएको छ । पुरानो नक्सामा चुच्चे नक्सा प्रयोगमा ल्याउने छ ।’

सरकारले २०७७ जेठ ७ गते लिम्पियाधुरा, कालापानी र लिपुलेक समेटिएको नेपालको नयाँ सार्वजनिक गरेको थियो ।

काठमाडौं । नाबालिकालाई वेश्यावृतिमा लगाएको अभियोगमा २ जनालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा टोखा नगरपालिका-९ दिपज्योती मार्ग बस्ने दार्चुला व्यास गाउँपालिका-६ हुती घर भएका २९ वर्षीय लोकेन्द्र बडु र टोखा नगरपालिका-९ बस्ने सर्लाही हरिवन नगरपालिका-२ घर भएकी ३७ वर्षीया कान्छीमाया घिसिङ रहेका छन् ।

टोखा नगरपालिका-९ स्थित सुर्खेत खाजाघरमा नाबालिकाहरुलाई विभिन्न किसिमको डरत्राश र प्रलोभनमा पारी वेश्यावृतिमा लगाउने गरेको भन्ने सूचनाको आधारमा मानव बेचबिखन अनुसन्धान ब्यूरो बबरमहलबाट खटिएको प्रहरीले खाजाघर संचालक उनीहरूलाई पक्राउ गरेको हो । साथै पीडित बालिकाको पनि उद्दार गरिएको छ ।

नाबालिकालाई नेपालका विभिन्न स्थानबाट वेटर लगायतको काममा लगाउने भनि खाजाघरमा ल्याई विभिन्न किसिमको डरत्राश र प्रलोभन देखाई ग्राहकहरूसँग खाजाघरमा नै रहेको कोठामा र ग्राहकले चाहेमा बाहिरको होटल/गेष्टहाउसहरूमा समेत पठाई वेश्यावृतिमा लगाउने गरेको प्रारम्भिक अनुसन्धानको क्रममा खुल्न आएको छ ।

उनीहरू उपर मानव बेचबिखन तथा ओसारपसार मुद्दामा जिल्ला अदालत काठमाडौंबाट ५ दिन म्याद थप अनुमति लिई यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले यही वैशाख २३ गते गण्डकी प्रदेशसभामा विश्वासको मत लिने भएका छन् ।

मुख्यमन्त्री अधिकारीले नेपालको संविधानको धारा १६८ को उपधारा (४) बमोजिम प्रदेशसभामा वैशाख २३ गते विश्वासको मत लिने भएका हुन् ।

मुख्यमन्त्री अधिकारीले वैशाख २३ गते दिनको ३ बजे प्रदेशसभामा विश्वासको मतसम्बन्धी प्रस्ताव पेस गर्ने सूचना आजै गण्डकी प्रदेशसभाको सचिवालयमा दर्ता गराएको प्रदेशसभा सचिव हरिराज पोख्रेलले जानकारी दिए ।

झापा। झापाको दमकमा गोली लागेर एक जना विद्यार्थी घाइते भएकी छन्।

शुक्रबार दिउँसो एक युवकले चलाएको गोली लागेर हिमालय माध्यमिक विद्यालयमा अध्ययनरत कक्षा १२ मा अध्ययनरत एक छात्रा घाइते भएकी हुन् । गोली हान्ने युवक भागेको र खोजि भईरहेको प्रहरी स्रोतले बताएको छ।

घाइते विद्यार्थीको दमकस्थित लाइफ लाइन अस्पतालमा उपचार भइरहेको प्रहरीले बताएको छ ।

हिमालय माध्यमिक विद्यालयबाट कक्षा १२ को परीक्षा दिएर फर्कने क्रममा उनीमाथि गोली प्रहार भएको हो ।

उदयपुर घर भइ दमकमा डेरा गरि बस्ने अधिकारीलाई सिराहाका अमितकुमार यादवले गोली प्रहार गरेको प्रहरीले जनाएको छ।

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सङ्घीय लोकतान्त्रिक गणतन्त्रको प्रमुख हिस्सेदार नेपाली पत्रकारिता क्षेत्र रहेको बताएका छन् ।

नेपाल पत्रकार महासंघको २७औँ महाधिवेशनका अवसरमा आज आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले जसको पत्रकारिता क्षेत्रको संलग्नताविना देशमा ठूलो राजनीतिक उपलब्धि प्राप्त गर्न सम्भव नभएको बताए । प्रधानमन्त्री प्रचण्डले भने, ‘अब पत्रकारिता क्षेत्रसमेत सहभागी भएर प्राप्त भएका उपलब्धीको रक्षा गर्दै राज्यमाथि निरन्तर खबरदारी र निगरानी गर्ने मिसन बनाउनुपर्छ।’

राजनीतिक स्वतन्त्रता स्वयं पत्रकारिता क्षेत्रको सहभागितामा समेत प्राप्त भएकाले प्रेस स्वतन्त्रता यसको अनिवार्य पक्ष बन्न पुगेको प्रधानमन्त्रीको भनाइ छ ।

“प्रेस जगतसँग मेरो आग्रह छ, प्रेस स्वतन्त्रताको रक्षा गरौँ र उपभोगको सहज वातावरण पनि बनाऔँ,” प्रधानमन्त्री प्रचण्डले भने, “सँगसँगै मिथ्या सूचनाको बाढीलाई रोक्ने काम पनि गरौँ । असत्य, भ्रामक र मिथ्या सूचनाका कारण नेपाली समाजलाई भ्रमित तुल्याउने, नकारात्मक मानसकिताको विकास गराउने, सामाजिक सद्भाव बिथोल्ने वा नेपाली सभ्यता र संस्कृतिमाथि हमला गर्ने किसिमका सामग्रीहरूको प्रकाशन प्रसारणका लागि स्वनियमन प्रणाली विकास गर्न आमसञ्चार माध्यमहरूलाई मेरो आग्रह छ ।”

नेपालको संविधानले पूर्ण प्रेस स्वतन्त्रतालाई आफ्नो प्रस्तावनामै उल्लेख गरेर संस्थागत गरिसकेकाले प्रेस स्वतन्त्रता संघीय लोकतान्त्रिक गणतन्त्रकै एउटा अंग बनेको बताउँदै प्रधानमन्त्री प्रचण्डले अब कसैले पनि प्रेस स्वतन्त्रता कुण्ठित गर्न नसक्ने स्पष्ट पारे ।

error: कपि गर्नु राम्रो होइन ! कृपया आफ्नो भाषामा लेख्नु होला !

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।