२०८२ कार्तिक २७ बिहीबार
२०८२ कार्तिक २७ बिहीबार

भारतको नयाँ दिल्लिमा रामेछापका युवा सुन्दर घिमिरे सम्मानित

काठमाडौँ । भारतको नयाँ दिल्लिमा संचालित पिपल्स फोरम फर राईज अफ साउथ एसिया कार्यक्रममा रामेछापका युवा सुन्दर घिमिरे सम्मानित भएका छन् । दुई दिनसम्म चलेको कार्यक्रममा विभिन्न देशका युवाहरू सँगै रामेछाप नगरपालिका वडा नं ४ स्थायी निवासी घिमिरेलाई पनि सम्मान गरिएको हो ।

कार्यक्रममा घिमिरेसहित लाभा मोबाइल्सका सहसंस्थापक विशाल सहगल, रजनीश कुमार सचिव ,राजघाट, डा. गीता आर ठाकुर डीन, विद्यार्थी कल्याण, वेदव्यास कुण्डु, डा.ओमप्रकाश कंसल लगायतका विभिन्न सामाजिक व्यक्तित्वहरु रहेको थियो ।उनीहरुलाई PFFROSA Youth Leadership  Awards बाट सम्मानित गरिएको घिमिरेले जानकारी दिए ।

एआरएसपी फाउन्डेसनका महासचिव सञ्जय भल्ला र यस पहलका आयोजक युवसत्ता एनजीओका संस्थापक श्री प्रमोद शर्माले सबैको हितका लागि कुनै पनि अभियानलाई अन्तिम रूप दिनको लागि लगनशीलता र निरन्तरताका आवश्यक रहेको बताए ।

महात्मा गान्धीको राष्ट्रिय स्मारक (समाधी) राजघाटमा दक्षिण एसियाको ऐक्यबद्धताका लागि सबै सहभागी प्रतिनिधिहरूद्वारा सामाजिक परिवर्तनका महात्मा गान्धीका विचारहरू र प्रार्थनाहरू पुन अवलोकन गर्दै गान्धी दर्शनमा अन्तरक्रियात्मक सत्रको साथ कार्यक्रमको समापन गरिएको छ ।

छुटाउनुभयो कि ?

error: कपि गर्नु राम्रो होइन ! कृपया आफ्नो भाषामा लेख्नु होला !

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।