
दैलेख । दैलेख जिल्लाको भगवतीमाई गाउँपालिकामा भीरबाट लडेर एकजनाको मृत्यु भएको छ। भगवतीमाई गाउँपालिका-१ बेस्तडाका रूपबहादुर खड्काका १९ वर्षीय छोरा सुजन खड्काको भीरबाट लडेर शनिवार मृत्यु भएको हो ।
मेहलतोली सडेनीमा रहेको स्याउ बगैँचा हेर्न जाने क्रममा भीरबाट लडेर १९ वर्षीय सुजन खड्काको मृत्यु भएको दैलेखका प्रहरी प्रमुख सुनिल दाहालले बताए। घटनाका विषयमा थप अनुसन्धान भइरहेको दैलेख प्रहरीले जनाएको छ ।
काठमाडौँ । सरकारले यही वैशाख १६ र १७ गते आइतबार र सोमबार लगानी सम्मेलनको आयोजना गर्दैछ । दुई दिनसम्म चल्ने तेस्रो लगानी सम्मेलनमा विश्वका ५५ भन्दा धेरै देशबाट १६ सयभन्दा बढी लगानीकर्ता सहभागी हुने लगाानी बोर्डको कार्यालयर्ले जानकारी दिएको छ ।
बोर्डले विश्वभरका २४ सयभन्दा बढी लगानीकर्तालाई सहभागिताको निम्तो दिएको थियो । त्यसमध्ये १६ सय जना सहभागी हुने भएका हुन् ।
लगानी सम्मेलनमा नेपालबाट ३८५ जना लगानीकर्ता सहभागी हुने बोर्डको कार्यालयले जनाएको छ । यस्तै चीनबाट २६५ जना र भारतबाट १४३ जना सहभागी हुने बताइएको छ ।
आजसम्म बोर्डले तयार पारेको सूचीअनुसार सम्मेलनमा अमेरिकाबाट ३३ जना लगानीकर्ता आउँदै छन् । जापानबाट २८ जना सहभागी हुनेछन् भने बेलायतबाट १४ जना र बंगलादेशबाट १३ र संयुक्त अरब इमिरेट्सबाट समेत १३ जना आउनेछन् । यसबाहेक जर्मनीबाट १० जना आउने बताइएको छ ।
बझाङ । बझाङ प्रदेशसभा १ मा आज भएको प्रदेशसभा सदस्यको उपनिर्वाचनमा ४९ दशमलव १२ प्रतिशत अर्थात् ३० हजार तीन सय २८ मतदान भएको छ ।
बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म भएको मतदानमा ४९.१२ प्रतिशत मतदान भएको मुख्य निर्वाचन अधिकृत सुदर्शन लामिछानेले जानकारी दिए । उनका अनुसार जिल्लामा ६१ हजार सात सय ४८ मतदाता छन् ।
जिल्लाका ७४ वटा मतदान स्थल र ९३ केन्द्रमा मतदान शान्तिपूर्ण रूपमा सम्पन्न भएको उनले बताए । उनका अनुसार प्रदेशसभा सदस्यका लागि विभिन्न राजनीतिक दलका ११ उम्मेदवार प्रतिष्पर्धामा छन् ।
काठमाडौँ – जापान वाटा द्वारा आयोजित २० औँ वाटा ओपन अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगिता २०२४ मा शनिबार नेपालले दुई पदक जितेको छ ।
टार्जन .कायात मगर र उकेश थापा मगरले पुरुष ३० केजी मुनि तौल समूहमा काश्य पदक जित्नुभएको हो । टार्जनले ६.६० र उकेशले ६.६३ स्कोर गर्नुभएको थियो । २४ देशको सहभागिता रहेको सो प्रतियोगिताअन्तर्गत आइतबार साग स्वर्णधारी वीरबहादुर महराले ७४ केजी मुनि प्रतिस्पर्धा गर्नुहुनेछ ।
यसैगरी निरज देउवा, चन्द्रबहादुर राना मगर, धनबहादुर तामाङ, सानी राना मगर लगायत अन्य खेलाडीको पनि आइतबार पदक जित्ने प्रयास गर्नुहुनेछ । प्रशिक्षक भजिन्द्र बहादुर क्षेत्रीले आइतबार नेपालले स्वर्ण पदक जित्ने भनाइ राख्नुभएको छ । जापानको ओसाकामा भइरहेको प्रतियोगितामा अल जापान तेक्वान्दो संघ र ओसाका तेक्वान्दो संघको सहयोग रहेको छ ।
धुलिखेल । छैटौं सहाना प्रधान स्मृति राष्ट्रिय महिला हक्की प्रतियोगितामा विभागीय टोली नेपाल आर्मी क्लबले शनिबार विजयी सुरुआत गरेको छ ।
धुलिखेल खेल मैदानमा भएको उद्घाटन खेलमा आर्मीले गण्डकी प्रदेशलाई ३–० गोल अन्तरले पराजित गर्यो । आर्मीको जितमा सिमा खड्का, डम्मरा भट्ट र सरस्वती तामाङले समान १–१ गोल योगदान गरे । खेलको २१ औं मिनेटमा सिमाले गोल गर्दै टिमलाई अग्रता दिलाइन् । आर्मीका लागि डम्मराले खेलको ५० औं मिनेटमा गोल गर्दै टिमको अग्रता दोब्बर बनाइन् । सरस्वतीले ५६ औं मिनेटमा टिमका लागि तेश्रो गोल गरिन् । जितसंगै आर्मीले ३ अंक जोडेको छ ।
नेपाल हक्की संघद्वारा आयोजित प्रतियोगिताको दोस्रो खेलमा लुम्बिनी प्रदेशले अग्रता जोगाउन नसक्दा मधेस प्रदेशसँग १–१ गोलको बराबरीमा चित्त बुझाउनु पर्यो । लुम्बिनीका लागि अनन्या बर्नावालले खेलको ७ औं मिनेटमा गोल गर्दै टिमलाई अग्रता दिलाएकी थिइन् । मधेसकी आरतीकुमारी महतोले ४० औं मिनेटमा गोल गर्दै खेललाई बराबरीमा ल्याइन् । दुवैले १–१ अंक बाँडेका छन् ।
प्रतियोगिताअन्तर्गत आइतबार चार खेल हुनेछन् । पहिलो खेलमा आर्मीले बागमती प्रदेशसँग खेल्दा दोस्रो खेलमा सुदूरपश्चिम प्रदेशले मधेस प्रदेशसँग खेल्नेछ । तेस्रो खेलमा गण्डकीले बागमतीको सामना गर्दा अन्तिम खेलमा लुम्बिनी प्रदेशले सुदूरपश्चिमसँग खेल्नेछ ।
प्रतियोगितामा नेपाल आर्मी, बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश, मधेश प्रदेश र सुदूरपश्चिम प्रदेश गरी ६ टिमको सहभागिता रहेको छ । सहभागी टिमलाई दुई समूहमा विभाजन गरी लिग कम नकआउट आधारमा खेल खेलाइएको छ ।
प्रतियोगितामा पहिलो हुने टोलीले १ लाख पाउँदा दोस्रोले ७५ हजार र तेस्रो हुनेले ५० हजार नगद पुरस्कार प्राप्त गर्ने छन् ।
काठमाडौँ । साविक उपविजेता नेपाल एपीएफ क्लबले सातौं केएनपी नेरोलेक शेरबहादुर खड्का स्मृति राष्ट्रिय महिला भलिबल प्रतियोगिताको उपाधि जितेको छ ।
शनिबा त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा भएको फाइनलमा एपीएफले अर्को विभागीय टोली नेपाल प्रहरीलाई २५–२२, २६–२४ र २५–१९ को सोझो सेटमा पराजित ग¥यो । एपीएफकी पूजा थारु फाइनलको ‘प्लेयर अफ दि म्याच’ घोषित भइन् ।
सातौं संस्करणको समाप्तिमा एपीएफ छैटौंपटक च्याम्पियन बनेको हो । छैटौं संस्करणमा मात्र एपीएफ उपविजेतामा सीमित भएको संस्करणको फाइनलमा एपीएफ न्यु डायमन्डसंग चुकेको थियो । अपराजित रहँदै उपाधि जितेको एपीएफले राउन्ड रोविन लिगमा प्रहरी, आर्मी र न्यु डायमन्डलाई हराएको थियो । विजेता एपीएफले चार लाख ९९ हजार तथा उपविजेता प्रहरीले दुई लाख ५० हजार नगद पुरस्कार पाए ।
केएनपी नेरोलेकको मुख्य प्रायोजनमा शेरबहादुर खड्का स्मृति प्रतिष्ठानद्वारा आयोजित प्रतियोगितामा डिफेन्डिङ च्याम्पियन न्यु डायमन्डले तेश्रो स्थानमा चित्त बुझाउनुपर्योे । तेश्रो स्थानका लागि भएको खेलमा न्यु डायमन्डले नेपाल आर्मीलाई २४–२६, २५–२०, २५–१५ र २५–२० ले हराएको थियो । न्यु डायमन्डकी रिमा कुँवर ‘प्लेयर अफ दि म्याच’ बनिन् । न्यु डायमन्डले १ लाख २५ हजार तथा आर्मीले ६२ हजार ५ सय रुपैयाँ नगद पुरस्कार प्राप्त गरे ।
एपीएफकी निरुता ठगुन्ना सर्वोत्कृष्ट खेलाडी घोषित हुँदै ५० हजार नगदबाट पुरस्कृत भइन् । प्रहरीकी लक्ष्मी चन्द उत्कृष्ट स्पाइकर, एपीएफकी कविता भट्ट उत्कृष्ट सर्भर, न्यु डायमन्डकी सुमित्रा रेग्मी उत्कृष्ट ब्लकर, एपीएफकी जसना महतो उत्कृष्ट सेटर, प्रहरीकी शान्तिकला तामाङ उत्कृष्ट लिबेरो तथा एपीएफका महेश चौधरी उत्कृष्ट प्रशिक्षक चुनिए । आ–आफ्नो विधामा उत्कृष्ट हुनेले जनही २५ हजार नगद पुरस्कार जिते । हरेक खेलको ‘प्लेयर अफ दि म्याच’ लाई १५ हजारका दरले नगद पुरस्कार प्रदान गरिएको थियो ।
विजेतालाई प्रदेश खेलकुद विकास परिषद्, बागमती प्रदेशका सदस्य–सचिव सूर्यलाल भण्डारी, नेपाल भलिबल संघका अध्यक्ष जितेन्द्रबहादुर चन्द, आयोजक प्रतिष्ठानकी संरक्षक गमली खड्कालगायतले एक कार्यक्रमबीच पुरस्कार वितरण गरिएको थियो । चारदिने प्रतियोगितामा ४ टिमले प्रतिस्पर्धा गरेको आयोजक प्रतिष्ठानका अध्यक्ष रञ्जन खड्काले बताए ।
जापान । जापानका परराष्ट्र मन्त्री कामिकावा योकोले मे महिनाको ५ तारिकमा नेपालको औपचारिक भ्रमण गर्ने जापानको परराष्ट्र मन्त्रालयले जनाएको छ ।
भ्रमणको सिलसिलामा उनले आफ्नो समकक्षी नेपाल सरकारका उपप्रधान तथा परराष्ट्र मन्त्री नारायणकाजी श्रेष्ठसँग दुईपक्षीय हितका विषयहरूमा वार्ता गर्ने कार्यक्रम रहेको बताइएको छ । भेटमा सन् २०२६ मा नेपाल र जापानको कूटनीतिक सम्बन्ध स्थापनाको ७०औँ वर्ष पुग्ने विषयमा कुराकानी गरिने जापानको परराष्ट्र मन्त्रालयले उल्लेख गरेको छ ।
विभिन्न औपचारिक तथा अनौपचारिक भेटघाटहरूमा राजदूत डा सुवेदीले कूटनीतिक च्यानल तथा व्यक्तिगत रूपमा पनि नेपाल भ्रमणको निमन्त्रणा गरेका थिए ।
आसन्न नेपालको लगानी सम्मेलनमा पनि जापानबाट ४० भन्दा बढी सहभागीहरूले भाग लिने योजना रहेको छ ।
काठमाडौँ । भारतको नयाँ दिल्लिमा संचालित पिपल्स फोरम फर राईज अफ साउथ एसिया कार्यक्रममा रामेछापका युवा सुन्दर घिमिरे सम्मानित भएका छन् । दुई दिनसम्म चलेको कार्यक्रममा विभिन्न देशका युवाहरू सँगै रामेछाप नगरपालिका वडा नं ४ स्थायी निवासी घिमिरेलाई पनि सम्मान गरिएको हो ।
कार्यक्रममा घिमिरेसहित लाभा मोबाइल्सका सहसंस्थापक विशाल सहगल, रजनीश कुमार सचिव ,राजघाट, डा. गीता आर ठाकुर डीन, विद्यार्थी कल्याण, वेदव्यास कुण्डु, डा.ओमप्रकाश कंसल लगायतका विभिन्न सामाजिक व्यक्तित्वहरु रहेको थियो ।उनीहरुलाई PFFROSA Youth Leadership Awards बाट सम्मानित गरिएको घिमिरेले जानकारी दिए ।
एआरएसपी फाउन्डेसनका महासचिव सञ्जय भल्ला र यस पहलका आयोजक युवसत्ता एनजीओका संस्थापक श्री प्रमोद शर्माले सबैको हितका लागि कुनै पनि अभियानलाई अन्तिम रूप दिनको लागि लगनशीलता र निरन्तरताका आवश्यक रहेको बताए ।
महात्मा गान्धीको राष्ट्रिय स्मारक (समाधी) राजघाटमा दक्षिण एसियाको ऐक्यबद्धताका लागि सबै सहभागी प्रतिनिधिहरूद्वारा सामाजिक परिवर्तनका महात्मा गान्धीका विचारहरू र प्रार्थनाहरू पुन अवलोकन गर्दै गान्धी दर्शनमा अन्तरक्रियात्मक सत्रको साथ कार्यक्रमको समापन गरिएको छ ।
प्युठान । कर्तव्य ज्यान मुद्दाका एकै गाउँका ५ जना महिला प्रतिवादीहरूलाई १७ वर्षपछि प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सरूमारानी गाउँपालिका-४ ओखरडाँडा बस्ने ६७ वर्षीया हुमी कुमारी देवी सारू, ७५ वर्षीया दिलिसरा देवी सोमै, ४० वर्षीया सिता देवी पुलामी, ३९ वर्षीया झविसरा पुलामी र ४९ वर्षीया पुतली देवी नेपाली रहेका छन् ।
सरूमारानी गाउँपालिका-४ ओखरडाँडा बस्ने ३० वर्षीया हरिकला बुढाथोकीले अवैध सम्बन्धबाट छोरा जन्माएको विषयमा २०६३ असोज ९ गते हुमी कुमारी देवी सारू, दिलिसरा देवी सोमै र हिमी कुमारी राना समेतले कुटपिट गर्दा गम्भीर घाइते भएकी हरिकलाको तत्कालीन बुटवल अञ्चल अस्पतालमा उपचारको क्रममा मृत्यु भएको थियो । जिल्ला प्रहरी कार्यालय प्युठानबाट खटिएको प्रहरीले घटनामा संलग्न उनीहरूलाई पक्राउ गरेको हो । साथै घटनामा संलग्न अभियुक्तमध्ये हिमी कुमारी रानाको मृत्यु भइसकेको समेत खुल्न आएको छ ।
उनीहरूलाई फैसला कार्यान्वयको लागि जिल्ला अदालत प्युठानमा पेश गरिएको छ ।
कप्तान रोहित पौडेलले शतक प्रहार गरेपछि नेपालले वेस्ट इन्डिजलाई चार विकेटले हराएको छ।
वेस्ट इन्डिजले दिएको २०५ रनको लक्ष्य नेपालले ६ विकेटको गुमाएर १९.४ ओभरमा पूरा गरेको हो । नेपालका लागि कप्तान पौडेलले ५४ बलमा ११२ रन बनाए। उनले १० चौका र ६ छक्का प्रहार गरे।
त्यस्तै, नेपालका लागि दीपेन्द्रसिंह ऐरीले २४, कुशल भुर्तेल र कुशल मल्लले १६-१६ तथा गुल्सन झाले नौ, विवेक यादवले सात, अनिल साह र प्रतिश जीसीले पाँच-पाँच रन बनाए ।





