२०८२ असार ३१ मंगलवार
२०८२ असार ३१ मंगलवार

नुवाकोटमा हाप्किडोको राष्ट्रिय प्रतियोगिता हुने

काठमाडौं । नुवाकोट जिल्ला हाप्किडो संंघको आयोजनामा हाप्किडोको राष्ट्रिय प्रतियोगिता हुने भएको छ ।

आमन्त्रण ओपन हाप्किडो राष्ट्रिय च्याम्पियन ७ र ८ बैशाखमा नुवाकोटको बेलकोटगढीमा आयोजना हुने भएको हो । प्रतियोगिता नयाँ वर्ष २०८१ को उपलक्ष्यमा आयोजना हुन लागेको नेपाल हाप्किडो संंघका मुख्य प्रशिक्षक प्रविण गुरुङले जानकारी दिए ।

प्रतियोगितामा स्पाइरिङ, हाइ फल, लङ फल र डेमोन्सट्रेसन समावेश गरिएका छन् । खुला प्रतियोगितामा ५ सयको हाराहारीमा खेलाडीको सहभागिता रहने गुरुङले जानकारी दिए ।

प्रतियोगिता बेलकोटगढी नगरपालिकास्थित अबिसरा शहिद स्मृती खेल मैदानमा हुने छ ।

नुवाकोट जिल्ला हाप्किडो संंघको आयोजनामा हुने सो प्रतियोगितामा बाग्मती प्रदेश हाप्किडो संघ तथा नेपाल हाप्किडो संघको सहकार्य रहने छ ।

छुटाउनुभयो कि ?

error: कपि गर्नु राम्रो होइन ! कृपया आफ्नो भाषामा लेख्नु होला !

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।