२०८३ बैशाख २६ शनिबार
२०८३ बैशाख २६ शनिबार

काठमाडौँ । सत्तारुढ दल नेकपा (एकीकृत समाजवादी)का बहुमत सांसदहरूले सत्ता गठबन्धनबाट बाहिर निस्कन पार्टी अध्यक्ष माधवकुमार नेपालाई दबाब दिएका छन् ।

सोमबार संसद् भवन नयाँ बानेश्वरमा बसेको पार्टीको संसदीय दलको बैठकमा अधिकांश सांसदहरूले सत्ता गठबन्धनबाट बाहिरिनु नै पार्टी हितको पक्षमा हुने धारणा राखेका थिए ।

बैठकमा बोल्ने केही सांसदले भने यही गठबन्धनलाई निरन्तरता दिनुपर्नेमा जोड दिएका थिए ।

झण्डै चार घण्टा लामो बैठकमा पार्टीका सबै सांसदलाई धारणा राख्न समय दिइएको थियो । एकीकृत समाजवादीका प्रतिनिधि सभा र राष्ट्रिय सभा गरी १८ सांसद रहेका छन् ।

बुटवल । गैरकानुनी रुपमा अनलाइन गेम सट्टेबाजी गर्ने १३ जनालाई बुटवलबाट प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्ने सबै राजस्थान जयपुरका भारतीय नागरिक रहेका छन् । बुटवलको कालिकानगरमा एक घर भाडामा लिएर अनलाइन गेम र सट्टेवाजी गराउनेलाई बुटवल प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ परेका युवाहरूले २ वटा फ्ल्याट भाडामा लिएर अवैध गतिविधि गरेको भन्ने सूचनाको आधारमा इलाका प्रहरी कार्यालय बुटवल र वडा प्रहरी कार्यालय रामनगरको टोलीले प्रक्राउ गरेको छ ।

प्रहरीले १३ जना भारतीय नागरिक र उनीहरूले प्रयोग गर्ने ३९ थान मोवाईल १३ थान कम्यूटर लगायतका सामान नियन्त्रणमा लिएको इलाका प्रहरा कार्यालय बुटवलका प्रमुख विजय राज पण्डितले बताए ।

उनीहरुले गत मंसिर देखि अफिस संचालनका लागि भन्दै घरको २ वटा प्यालाट भाडामा लिएको बताइएको छ । उनीहरूको बारेमा थप अनुसन्धान जारी रहेको प्रनाउ पण्डितले बताए ।

राइड सेयरिङ एप इन्ड्राइभ औपचारिक रूपमा नेपाल भित्रिएको छ। सोमबार एक कार्यक्रममा गर्दै ग्लोबल मोबिलिटी र अर्बन सर्भिस प्लेटफर्म इन्ड्राइभले औपचारिक रूपमा सेवा सुरू गरेको हो।

आगामी दिनमा राइडरसँग १० प्रतिशत शुल्क लिएर पारदर्शी सेवा दिने इन्ड्राइभ एसिया प्यासिफिक कम्युनिकेसन्स लिड पवित नन्दा आनन्दले बताइन्।

‘हामी परीक्षणको रूपमा केही समयदेखि थियौं,’ उनले भनिन्, ‘अब औपचारिक रूपमा आयौं।’

यसअघि भने इन्ड्राइभले राइडरसँग शुल्क लिने गरेको थिएन। उनका अनुसार हालसम्म यहाँ बाइक र ट्याक्सी गरी ७० हजार राइडर दर्ता भएका छन्।

इन्ड्राइभले यात्रु र चालक दुवैलाई स्वतन्त्र रूपमा भाडा तय गर्ने सुविधा दिएको छ। यसका साथै, सवारी साधनको मोडेल, राइडरको रेटिङ र आउन लाग्ने समयको आधारमा राइडर प्रस्ताव गर्न सक्छन्।

भुक्तानीका लागि इन्ड्राइभले आइएमइसँग साझेदारी गरको छ।

धनुषा । धनुषाको जनकपुरधामस्थित एक सहकारी संस्थाका कर्मचारीबाट ८० लाख लुटिएको छ ।

आज दिउँसो शुभश्री बचत तथा ऋण सहकारी संस्था मैनाथपुरमा कार्यरत वीरेन्द्रकुमार महतोलाई पेस्तोल देखाएर तीन जनाले रु ८० लाख लुटेका जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी नायब उपरीक्षक रञ्जन आबाले जानकारी दिए ।

जनकपुरधामको भानुचोकमा रहेको राष्ट्रिय सहकारी बैंकबाट रकम झिकेर सहकारीतर्फ जाँदै गर्दा जनकपुरधाम उपमहानगरपालिका १९ मा महतोका साथमा रहेको सो रकम लुटिएको र जानकारी प्राप्त भएलगत्तै प्रहरी घटनास्थल पुगेर लुटेराको खोजी भइरहेको बताए।

काठमाडौं । कतार उड्न लागेको कतार एयरवेजको जहाजबाट धुँवा निस्किएको छ ।

त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट कतारका लागि उड्न लागेको जहाजको पछाडि पट्टिको भागबाट धुवाँ निस्किएको हो । जहाज उड्नका लागि पुस ब्याक गर्दा धुवाँ देखिएको। अहिले जहाजको चेकजाँच भइरहेको छ । सबै परीक्षण भएपछि जहाजलाई पुन: उडाउने उनले बताए ।

काठमाडौँ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट कतारको दोहा उड्न लागेको कतार एयरवेजको जहाजमा बाहिरपट्टि धुँवाजस्तो देखिएपछि करिब तीन घन्टासम्म यात्रु जहाजभित्रै बस्नु परेको छ।

यात्रु चढेर जहाज उड्नका लागि पार्किङ बेबाट धावनमार्गतर्फ लान ‘पुस ब्याक’ (तान्दा) गर्ने क्रममा पुच्छरपट्टि भागमा सामान्य धुँवाजस्तो देखिएपछि प्राविधिक परीक्षण गर्नुपर्दा यात्रुहरु जहाजभित्रै करिब तीन घन्टा बस्नु परेको विमानस्थलका प्रवक्ता सुवास झाले जानकारी दिए । जहाजमा ३ सय १८ यात्रु छन्।

बिहान ११ बजेर ४५ मिनेटका लागि उड्न निर्धारित जहाज २ बजेर ५४ मिनेटमा बल्ल उडेको झाले बताए ।

जहाजलाई पार्किङ बेबाट पुस ब्याक गर्दा बाहिरपट्टि पछाडिको भागमा धुँवा देखिएपछि जहाज रोकिएको र प्राविधिक परीक्षण गरिएको बताए। कतार एयरवेजको उडान नम्बर क्यूआर ६५३ को ‘ए३३०’ सिरिजको वाइड बडी जहाज निर्धारित समयभन्दा ३ घन्टा ९ मिनेट ढिला उडेकाे उनले बताए।

‘अहिले जहाज पूर्ण जाँच गरी उडिसक्यो,’ विमानस्थलका प्रवक्ता सुवास झाले भने ।

काठमाडौं । वैदेशिक रोजगारका लागि कुवेत पठाईदिन्छु भनि कुवेत पुर्‍याई मानवबेचबिखन गरेको अभियोगमा धादिङ बेनिघाट रोराङ गाउँपालिका-३ बस्ने ४७ वर्षीय श्याम बाबु बराकोटीलाई शुक्रबार प्रहरीले पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय धादिङ समेतको समन्वयमा मानवबेचबिखन अनुसन्धान ब्यूरो बबरमहलबाट खटिएको प्रहरीले उनलाई धादिङ बेनिघाट रोराङ गाउँपालिका-३ बाट पक्राउ गरेको हो ।

श्याम बाबु समेतले पीडितलाई नेपाल सरकारबाट श्रम स्वीकृति लिई वैदेशिक रोजगारीमा कुवेत पठाईदिने भनि झुक्याई २०७९ माघ २५ गते भिजिट भिसामा कुवेत पुर्‍याएको, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल र कुवेतको एअरपोर्टमा देखाउने कागजातहरू समेत फरक-फरक बनाई पठाएको, कुवेतको एअरपोर्टमा पुगे पश्चात जाहेरवालाको सक्कल नेपाली राहदानी लगायतका कागजातहरू नियन्त्रणमा लिई श्रीलंकन मुलको एजेन्टलाई जिम्मा लगाएको र कुवेती नागरिकको घरमा पुर्‍याई बेचबिखन गरेको प्रारम्भिक अनुसन्धानको क्रममा खुल्न आएको छ ।

साथै पीडितले कुवेतमा काम नगर्ने नेपाल फिर्ता गरिदिन भनि आग्रह गर्दा ५ लाख रकम माग गरेको र नेपालमा रहेका आफन्तलाई सम्पर्क गरी श्याम बाबु समेतले उपलब्ध गराएको खातामा ३ लाख रकम जम्मा गरे पश्चात पीडित कुवेतबाट २०७९ फागुन २१ गते नेपाल फर्कन सफल भएका थिए ।

उनी उपर मानवबेचबिखन तथा ओसार पसार मुद्दामा जिल्ला अदालत काठमाडौंबाट ५ दिन म्याद थप अनुमति लिई आवश्यक अनुसन्धान गर्नुका साथै घटनामा संलग्न अन्य प्रतिवादीहरूको समेत प्रहरीले खोजी गरिरहेको छ ।

कपिलवस्तु: विभिन्न हातहतियार र जंगली जनावर मृगको जस्तो देखिने मासु करिब ३० किलोसहित ४ जनालाई आइतबार राति प्रहरीले पक्राउ गरेको छ । 

पक्राउ पर्नेहरूमा वाणगंगा नगरपालिका-१ जितपुर बस्ने ७३ वर्षीय धन बहादुर सेन, सोही नगरपालिका-१ बुङची बस्ने असिम खाण,  सोही नगरपालिका-२ बस्ने ४१ वर्षीय दुर्गा बहादुर शाही र रूपन्देही बुटवल उपमहानगरपालिका-११ मिलनचोक बस्ने ५४ वर्षीय चित्र मल्ल रहेका छन् । 

असिम खाणको घरको बरान्डामा जंगली जनावरको मासु काटी भाग लगाउँदै गरेको भन्ने सूचनाको आधारमा इलाका प्रहरी कार्यालय पिपराबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त परिमाणको जनावरको मासुसहित पक्राउ गरेको हो । उक्त स्थानबाट बा.१३ च ८१८४ नम्बरको कार, लु.५१ प ५२६१ नम्बरको मोटरसाइकल  र १६ राउण्ड टोटा समेत प्रहरीले बरामद गरेको छ । 

साथै थप अनुसन्धानको क्रममा धन बहादुर सेनको घर तलासी गर्दा कोठाभित्र लुकाइछिपाई राखेको बाह्र बोर एकनाले बन्दुक २ थान, बाह्र बोर दुई नाले बन्दुक १ थान, दुबै बन्दुकमा लाग्ने टोटा २० थान,  २२ हर्नेट लेखेको गोली ३ थान, म्याग्नममा लाग्ने गोली थान ३ समेत प्रहरीले बरामद गरेको छ । 

यस सम्बन्धामा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)ले सबै उत्पीडित वर्ग, जाति र समुदायलाई पहिचान एवं अधिकारको मुद्दा कार्यान्वयनमा ऐक्यबद्धता जनाउन अपिल गरेका छन् ।

बागमती प्रदेश सरकारी कामकाजको भाषा ऐन, २०८० शुभारम्भ घोषणा तथा भाषा दिवस २०८१ को कार्यक्रममा प्रधानमन्त्री प्रचण्डले उत्पीडित वर्ग, जाति र समुदायले आफ्नो असली प्रतिनिधिको पहिचान गरेर अधिकारको रक्षा गर्न अपिल गरेका हुन् ।

नेपाल जनताको त्याग र बलिदानको बलमा संघीयता, गणतन्त्र, धर्मनिरपेक्षता, समावेशी समानुपातिक विशेषतासहितको संवैधानिक व्यवस्था स्थापना भएको उल्लेख गर्दै प्रधानमन्त्री प्रचण्डले संविधानलाई पूर्ण तुल्याउन पनि सबैको एक्यबद्धता आवश्यक रहेकोमा जोड दिए ।

‘नयाँ संविधानमा पहिचान र अधिकार स्थापित गर्न म र हाम्रो पार्टीले मुख्य संघर्ष गरेको थियो । जे–जति अधिकार लेखिएका छन्, त्यसका लागि निर्णायक भूमिका खेलेको थियो,’ प्रधानमन्त्री प्रचण्डले भने, ‘तसर्थ, सबै उत्पीडित वर्ग, जाति र समुदायले आफ्नो पनि आफ्नो असली प्रतिनिधिको पहिचान गरी पहिचान र अधिकारको राष्ट्रिय मुद्दा कार्यान्वयनमा ऐक्यबद्धता जाहेर गर्नुहुन म यस ऐतिहासिक अवसरमा हार्दिक अपील गर्दछु ।’

“नेपाली समाजको विशेषता र सामाजिक बनावटअनुसार सबै वर्ग, जाति, क्षेत्र, लैङ्गिक र समुदायको पहिचान तथा अधिकारका निम्ति मैले लगातार संघर्ष गर्दै आएको छु । आजको यस घोषणाले संघीय सरकारले लागु गरिसकेको नेपाल संवतको कार्यान्वयनलाई थप प्रभावकारी तुल्याउन र अन्य प्रदेशहरुलाई पनि संविधानले व्यवस्था गरेबमोजिम प्रादेशिक कानूनहरु निर्माण गरी भाषिक, सांस्कृतिक अधिकारलाई सम्बोधन गर्न दिशाबोध गर्नेछ । नेपाली जनताको त्याग र बलिदानको बलमा संघीय लोकतान्त्रिक गणतन्त्र, समावेशी समानुपातिकसहितको संवैधानिक व्यवस्था भएको छ । सबै उत्पीडित वर्ग, जाति र समुदायले आफ्नो पनि असली प्रवृत्तिको पहिचान गरी पहिचान र अधिकारको राष्ट्रिय मुद्दा कार्यान्वयनमा ऐक्यबद्धता जनाउन आग्रह गर्दछु,” प्रधानमन्त्री प्रचण्डले भने ।

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) पार्टीका अध्यक्ष तथा संसदीय दलका नेता माधव नेपालले संसदीय दलको बैठक बोलाएका छन् ।

सोमबार दिउँसो १ बजे संसदीय दलको बैठक नयाँ बानेश्वरस्थित संसद भवनमा बस्ने गरी बोलाएको हो ।

नेता राजेन्द्र पाण्डेले दिएको जानकारी अनुसार संसद्को वर्षे अधिवेशनमा पार्टीका सांसदले खेल्ने भूमिकाका बारेमा छलफल हुनेछ । संसद्को वर्षे अधिवेशन वैशाख २८ गतेबाट सुरु हुँदैछ ।

error: कपि गर्नु राम्रो होइन ! कृपया आफ्नो भाषामा लेख्नु होला !

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।