२०८३ बैशाख १८ शुक्रबार
२०८३ बैशाख १८ शुक्रबार

बाढी-पहिरोमा परी हालसम्‍म २३९ जनाको मृत्यु, १९ जना बेपत्ता

काठमाडौँ । यही असोज १२ गतेदेखि आएको बाढी-पहिरोमा परी हालसम्म २ सय ३९ जनाको मृत्यु भएको छ। घटनामा परी १९ जना बेपत्ता छन् भने एक सय ७७ जना घाइते भएका छन्।

बाढी-पहिरो प्रभावित क्षेत्रबाट हालसम्म १७ हजार एक सय ३१ जनाको उद्धार भएको गृह मन्त्रालयका प्रवक्ता ऋषिराम तिवारीले जानकारी दिए। उनका अनुसार सहायता परिचालन र अवरुद्ध राजमार्गहरू मर्मत गरी यातायात सञ्चालनको प्रयास जारी छ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका अनुसार गत शुक्रबार रातिको बाढी-पहिरो र डुबानका कारण देशभर ३४ वटा राजमार्गका ८०५ ठाउँ अवरुद्ध भएको छ। तीमध्ये ७७४ ठाउँको पहिरो हटाएर २९ वटा राजमार्गमा यातायात सुचारु गरिएको छ।

हालसम्म प्रारम्भिक अनुमानअनुसार सडक तथा पुलतर्फ अस्थायी रूपमा यातायात चालू गर्न साढे २ देखि ३ अर्ब लाग्ने देखिएको साथै क्षतिग्रस्त सम्पूर्ण संरचना स्थायीरूपमा पुन:स्थापना गर्न २० देखि २५ अर्ब लाग्ने अनुमान छ।

प्रकोपले ६ वटा पुलमा पनि क्षति पुगेको छ। मन्त्रालयले प्रेस मिटमा क्षति पुगेका सडक/पुल खुलाउनेबारे योजना पनि सार्वजनिक गरेको छ।


५ वटा मुख्य राजमार्गका ३१ स्थान अझै अवरुद्ध छ। पहिरो हटाउनुका साथै कटिङ फिलिङ टेवा पर्खालका साथै ह्युम्पाइप र अस्थायी प्रकृतिको बेलिब्रिज समेत राखी यातायात सञ्चालन काम भइरहेको मन्त्रालयका सचिव केशवकुमार शर्माले बताए।

छुटाउनुभयो कि ?

error: कपि गर्नु राम्रो होइन ! कृपया आफ्नो भाषामा लेख्नु होला !

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।