२०८३ बैशाख १७ बिहीबार
२०८३ बैशाख १७ बिहीबार

बजेटप्रति असन्तुष्ट जनाउँदै केदार कार्कीले मुख्यमन्त्रीलाई भने-‘आठौं दिन सडकमा भेट हुन्छ’

विराटनगर। कोशी प्रदेशका पूर्व मुख्यमन्त्री केदार कार्कीले मुख्यमन्त्री हिक्मतकुमार कार्कीसँग रिसाएका छन् । उनले प्रदेशको बजेटप्रति असन्तुष्ट जनाउँदै मुख्यमन्त्रीको वर्णन हजार जिब्रो भएको नागले पनि गर्न नसक्ने बताएका हुन् ।

कार्कीले आफ्नो क्षेत्रका पर्ने केसलिया करिडोर निर्माणको योजना मुख्यमन्त्रीले काटेको बताए । सधै बाढीले डुब्ने क्षेत्रका जनतालाई सरकारले अपराध गरेको बताए ।

१० वर्ष मुनिको बालबालिकाको उपचार अनुदान शीर्षकको बजेट कटाती ‍भएको भन्दै उनले असन्तुष्टि जनाए ।

सुकुम्बासीलाई जग्गा खरिदमा अनुदान दिने बजेट कटौती गरेको, सैलेजा आचार्य स्मृति अस्पतालको बजेट कटौतीमा पनि उनले असन्तुष्टि जनाए ।

आफ्नो नेतृत्व सरकारले ल्याएका जनमैत्री कामलाई पुन समेट्न आग्रह गरे । उनले सात दिन भित्र बजेट नसच्याई आठौं दिन सडकमा भेट हुने बताए ।

https://www.khabarpetika.com/2024/08/30/7322

छुटाउनुभयो कि ?

error: कपि गर्नु राम्रो होइन ! कृपया आफ्नो भाषामा लेख्नु होला !

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।