काठमाडौं । भ्रष्टाचार निवारण ऐनलाई संशोधन गर्न बनेको विधेयकमा उल्लेख भ्रष्टाचार कसुरको पाँच वर्षे हदम्यादको प्रावधानलाई हटाइएको छ ।
सिंहदरबारमा शुक्रबार बसेको प्रतिनिधिसभा अन्तर्गतको राज्य व्यवस्था समिति बैठकमा भ्रष्टाचार निवारण ऐनलाई संशोधन गर्न बनेको विधेयकमाथिको छलफलका क्रममा गृहमन्त्री रमेश लेखकले हदम्यादको प्रावधान हटाउन प्रस्ताव गरेपछि बैठकले सर्वसम्मत रुपमा उक्त प्रावधान हटाइएको थियो ।
समिति सभापति रामहरि खतिवडाले भ्रष्टाचारजन्य कसुरमा पाँच वर्षे हदम्यादसम्बन्धी दफालाई सरकारको प्रस्तावमा सर्वसम्मतिले हटाउने निर्णय गरेको जानकारी दिए । अब विधेयकमा कुनै पनि हदम्यादको कुरा उल्लेख नरहेको उनको भनाइ छ ।
भ्रष्टाचारजन्य कसुरमा पाँच वर्षे हदम्यादको विषयमा सदनदेखि सडकसम्म विरोध हुँदै आएको थियो ।
केहिदिन देखि ३५ वर्षसम्म हराएका झापाका प्रकाश तामाङको कथा चर्चामा छ । पत्रकार विद्या चापागाँईले हेर्ने कथा मार्फत उनको भिडियो सार्वजनिक गरेपछि प्रकाशको चर्चा सुरु भएको हो । धेरैले कथा हेरेपछि आफु रोएको बताएका छन् भने केहिले पत्रकारले आँशुको व्यापार गरे समेत भन्न भ्याए । देश हुँदै विदेशसम्म चर्चामा रहेको प्रकाशको कथा हेरेपछि प्रधानमन्त्री केपी शर्मा ओलीले पनि चासो देखाए । प्रकाशको नागरिकता नबनेको थाहा पाएपछि गृहसचिवलाई बोलाएर आवश्यक समन्यय गरिदिन उनले निर्देशन दिइसकेका छन् ।
प्रकाशकाे साहुले श्रम शोषण गरे भन्दै चर्को विरोध भएपछि साहुका छोरा छेतेन दोण्डुपले भित्रि कुरा खुलाएका छन् । उनले हेर्ने कथाको टिमलाई आफ्नो कुरा राखेपछि हेर्ने कथाको टिमले उनका कुरा सामाजिक सञ्जाल मार्फत सार्वजनिक गरेको छ ।
हेर्ने कथाको फेसबुक पेजबाट प्रकाशित सामाग्री जस्ताको तस्तै :
चुम भ्यालीका प्रकाशका साहु (टासी) का छोरा छेतेनसँग आज हाम्रो भेट भएको थियो । काठमाडौं बसेर १२ कक्षासम्म पढेका २३ वर्षका छेतेन अहिले सामागाउँमा स्कुल पढाउँछन् । “हामीलाई त धेरैले नराम्रो भने, गाली गरे । हाम्रो कुरा पनि राखिदिनुस् न” – छेतेनले भने ।
छेतेनसँग गरिएका कुराकानी उनकै शब्दमा :
“हामी ठूलो मान्छे हैन । सबैले साहु भने पनि हामी धनी मान्छे पनि हैन । आम्दानी भनेको त्यही किरा मात्र हो । त्यो पनि सँधै भेटिँदैन । बाउ आमाले पढेको पनि छैन । बोल्न पनि जान्दैन । मलाई पहिलाको कुरा त धेरै थाहा छैन । तर सुनेको छु । प्रकाशलाई गाउँमा लिएर जाने चाहिँ मेरो काका हो । हाम्रो गाउँमा दाजुभाइले एउटै श्रीमती बिहे गर्ने चलन थियो । त्यो बेला मेरो बुबा र काकाको एउटै श्रीमती थियो । श्रीमती बित्नुभयो । त्यसपछि काका चाइनाको केरुङमा अर्को बिहे गरेर घरज्वाइँ बस्न जानुभयो । मेरो बुबाले पनि अर्को बिहे गर्नुभयो ।
मेरो आमासँग बुबाको विहे हुनु अगाडिदेखि नै प्रकाश दाइ हाम्रो घरमा हुनुहुन्थ्यो । मेरो बुबा र प्रकाशको उमेर पनि ५-७ वर्ष मात्र फरक होला । प्रकाशले मेरो बुबालाई दाइ (ज्योज्यो) भन्नुहुन्छ अनि मेरो आमालाई चाहिँ दिदी (आचे) भन्नुहुन्छ । हाम्रो घरमा जे पाक्छ त्यही खाएर एउटै परिवार जसरी हुर्केको हो । सामाजिक सन्जालमा आएजस्तो अन्याय गरेको छैन ।
पहिला देखिको चलन चल्ती चाहिँ घरमा दुइटा छोरा मान्छे हुँदा एउटाले घर व्यवहार र खेतीपाती हेर्ने अर्कोले चाहिँ चौंरी हेर्ने । प्रकाशले चौंरी हेर्थ्यो मेरो बुबाले चाहिँ घर खेत हेर्थ्यो ।
हामी सानो थियौं । हामीलाई स्याहार सुसार गरेर हुर्काउने नै प्रकाश दाइ हो । मलाई घरको कामहरु सिकाउने नै उहाँ हो । मैले खास काका भन्नुपर्थ्यो वहाँलाई । तर सबैले पक्का भन्ने भएर म पनि पक्का भन्छु ।
प्रकाशले कहिले पनि पैसाको कुरा गरेन । हामीले पनि गरेनौं । तर बेला बेलामा बाउ आमा खोज्न जान पाए हुन्थ्यो भन्थ्यो । बुबा आमाले पनि बाहिरी संसार खासै देखेको थिएन । कहाँ जाने !
प्रकाश घरको सदस्य जस्तो हो । हाम्रो गाउँमा वर्षेनी घोडे जात्रा हुन्छ । घोडे जात्रामा हरेक घरको प्रतिनिधि भएर छोरा मान्छे जानु पर्छ । हाम्रो घरबाट ड्रेस लगाएर प्रकाश नै जान्थ्यो ।
गोठालाको चलन चाहिँ कस्तो भने – सिजन हुन्छ । गाउँभरिको चौंरीको जिम्मा लिनुपर्छ । रक्सी खाएर जिम्मा लिसकेपछि त्यो सिजन छाड्न मिल्दैन । वचन दिइसकेको हुन्छ । तपाईंहरुले लिएर जाने बेला चाहिँ सिजन सुरु भइसकेको थियो । प्रकाशले रक्सी खाएर जिम्मा लिइसकेको थियो । त्यही भएर पठाउन अफ्ठ्यारो मानेको हो मेरो बुबाले । १० दिनमा ल्याइदिनु भनेको हो । अनि तपाईंहरु पनि अन्जान मान्छे हुनुभयो । नचिनेको मान्छेलाई कसरी आफ्नो घरको मान्छे जिम्मा लगाउनु । त्यही भएर त्यस्तो भनेको हो । साहु भएर त्यस्तो भनेको हैन ।
अनि तलबको कुरामा चाहिँ अब घर परिवार जस्तै भएपछि स्यालरी कसरी दिनु ! के कुरा गर्नु !
अनि हाम्रो गाउँमा बाहिरको मान्छेले किरा टिप्न पनि पाउँदैन । तर प्रकाश दाइले कीरा टिप्दा गाउँको मान्छेले केही भन्दैन । देखे नदेखे जस्तै गरिदिन्थ्यो । अनि कीरा बेचेको पैसाले प्रकाशले चौंरी किन्थ्यो घरकै लागि । अस्ति बाउआमा भेटे पछि पो उसलाई मेरो पनि बाउ आमा रहेछ जस्तो लाग्न थालेको, पैसाको महत्व लाग्न थालेको । उसले जे कमाउँथ्यो हाम्रै घरको लागि खर्च गर्थ्यो ।
उसलाई गोठालो काम मन पर्ने अर्को कारण पनि छ । उसलाई जनावर एकदम मन पर्छ । उ घरमा आउँदा कुकुर विरालोका छाउरा लिएर आउँछ ।
हरेक जनावर उसलाई मन पर्छ । माथि गोठतिर मान्छेहरुले चौंरीका बाच्छाबाच्छीलाई दुध खान दिँदैनन् । तर पक्का दाइले त्यस्तो गर्दैन । लुकी लुकी खान दिन्छ ।
हामीले नागरिकता पनि बनाइदिन खोजेको । तर त्यही हो – मिलेन ।
पाल्जोर भन्ने दाइ छ । अहिले फ्रान्समा छ । हाम्रा बाउ र काकाको बितिसकेकी साझा श्रीमतीको छोरा । उसले चाहिँ प्रकाशलाई धेरै माया गर्छ । उसले र प्रकाशले सँगै समय बिताएका थिए गाउँमा । उ कुरा बुझ्ने छ । पाल्जोरले आफ्नो भागको अंश प्रकाशलाई दिनु भनेका थिए ।
तर नागरिकता नभएर अंश दिन पनि मिलेन । प्रकाशको बिहे पनि गरिदिन खोजेको गाउँमै । तर आफ्नो नागरिकता नभए पछि बच्चाहरुको पनि नागरिकता हुँदैन भनेर प्रकाशले बिहे गर्न मान्नुभएन ।
बुबासँग कुरा भइराख्छ । बुबा पनि खुसि नै हुनुहुन्छ । यत्रो वर्ष बसेको मान्छे माया त लागिहाल्छ नि । सम्बन्धको हिसाबले छोड्न मन थिएन । तर उसको इच्छा ।
केरुङमा बस्ने काकाले १० लाख दिन्छु भनेको छ । अनि फ्रान्समा बस्ने दाइले २ लाख ।
उसलाई भोजपुरमा कसकसले जग्गा दिन्छु भनेको छ रे । दिए हुन्थ्यो । नागरिकता बने हुन्थ्यो । बरु मिल्छ भने त चुमबाटै नागरिकता दिए हुन्थ्यो । उसले हिमाली भेग बुझेको छ । भोजपुर बुझेको छैन । मेरो बिचारमा त उ बाउ आमाको मुख हेरेरै भोजपुर जान लागेको हो । उ फर्केर आउँछ भने त अझै पनि फ्रान्समा बस्ने पाल्जोर दाइले आफ्नो भागको अंश दिन्छु भनेको छ । केरुङ बस्ने काकाले अनि हामीले पनि उसले भोजपुरमा बिहे गरे पनि चुम आएर बिहे गरे पनि बिहे खर्च पनि दिन्छौं भनेका छौं ।
म त अहिले सानो नै छु । तर पनि प्रकाश मेरो बुबा जस्तो मान्छे हो । उसलाई भविष्यमा मैले गर्न सक्ने सबै सहयोग गर्न तयार छु । “
– छेतेन दोण्डुप

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली चढेको हेलिकोप्टर बिग्रिएको छ । बिहान काठमाडौं विश्वविद्यालयको दीक्षान्त समारोहमा पुगेका ओली चढेको हेलिकोप्टर बिग्रिएपछि अर्को हेलिकोप्टरमा फर्किएका छन् ।
ओली नेपाली सेनाको अगष्टा हेलिकोप्टरमा दीक्षान्त समारोहमा सहभागी हुन गएका थिए । फर्कने बेलामा प्राविधिक समस्या देखिएपछि प्रधानमन्त्रीलाई लिन सेनाको एमआई १७ हेलिकोप्टर गएको थियो ।
“अगष्टा हेलिकोप्टरमा सामान्य प्राविधिक समस्या देखिएपछि प्रधानमन्त्रीलाई लिन अर्को हेलिकोप्टर गएको हो,” नेपाली सेनाका प्रवक्ता गौरवकुमार केसीले भने, “एमआई १७ हेलिकोप्टरमा प्रधानमन्त्री काठमाडौं फर्किसक्नु भएको छ ।”
विराटनगर। कोशी प्रदेशका पूर्व मुख्यमन्त्री केदार कार्कीले मुख्यमन्त्री हिक्मतकुमार कार्कीसँग रिसाएका छन् । उनले प्रदेशको बजेटप्रति असन्तुष्ट जनाउँदै मुख्यमन्त्रीको वर्णन हजार जिब्रो भएको नागले पनि गर्न नसक्ने बताएका हुन् ।
कार्कीले आफ्नो क्षेत्रका पर्ने केसलिया करिडोर निर्माणको योजना मुख्यमन्त्रीले काटेको बताए । सधै बाढीले डुब्ने क्षेत्रका जनतालाई सरकारले अपराध गरेको बताए ।
१० वर्ष मुनिको बालबालिकाको उपचार अनुदान शीर्षकको बजेट कटाती भएको भन्दै उनले असन्तुष्टि जनाए ।
सुकुम्बासीलाई जग्गा खरिदमा अनुदान दिने बजेट कटौती गरेको, सैलेजा आचार्य स्मृति अस्पतालको बजेट कटौतीमा पनि उनले असन्तुष्टि जनाए ।
आफ्नो नेतृत्व सरकारले ल्याएका जनमैत्री कामलाई पुन समेट्न आग्रह गरे । उनले सात दिन भित्र बजेट नसच्याई आठौं दिन सडकमा भेट हुने बताए ।
सिन्धुली– कमलामाई नगरपालिका-१० दोभान बस्ने ४७ वर्षीय भिम बहादुर हायुलाई रिभल्बर र सोही रिभल्बरको गोली ६ राउण्ड सहित बिहीबार राती प्रहरीले पक्राउ गरेको छ ।
भिम बहादुरको घरमा हतियार लुकाई राखेको भन्ने सूचनाको आधारमा इलाका प्रहरी कार्यालय भिमानबाट खटिएको प्रहरीले घर तलासी गर्दा चामल राख्ने प्लास्टिको ड्रमभित्र लुकाई राखेको अवस्थामा उक्त रिभल्बर र गोली फेला पारी उनलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
सुर्खेत। माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले नेतृत्व हस्तान्तरण आवश्यक नरहेको बताएका छन् ।
प्रशिक्षण कार्यक्रममा सहभागी हुन सुर्खेत आएका उनले सरकारबाट बाहिरिएपछि आफू पार्टीलाई मजबुत बनाउन लागिपरेको उल्लेख गर्दै उनले भने– ‘म ७० वर्ष कट्दै छु, सधैँ नेतृत्वमा बसिरहनु पर्छ भन्ने छैन, प्रचण्ड अध्यक्ष भन्दा माथि भइसक्यो। एउटा राम्रो टिम बनेपछि म अर्का भूमिकामा जाने सोचिरहेको छु।’
भ्रष्टाचारीलाई जोगाउनकै लागि सरकार परिवर्तन भएको र सो तथ्य पुष्टि हुँदै गएको दाबी गर्दै उनले गलत कार्य गर्नेलाई माओवादी केन्द्रले नछोड्ने चेतावनी दिए । ‘गलत गरे छोड्दैनौँ, यो विद्रोहको भाषा होइनु,’ उनले भने ।
काठमाडौं । अमेरिकाको टेक्सास राज्यस्थित ह्युष्टनमा हत्या गरिएकी नेपाली विद्यार्थी मुना पाण्डेलाई लुटपाटको क्रममा हत्या भएको खुलेको छ । लुटपाट उद्देश्यले आएका बबी सिंह शाहले मुनाको गोली हानि हत्या गरिएको सार्वजनिक भएको हो ।
बुधवार पक्राउ परेका आरोपी ५१ वर्षका बबीको बयानको आधारमा यस्तो खुलासा भएको समाचार एजेन्सीहरूले जनाएका छन् । उनी पटके अपराधी भएको र पटक पटक जेल परेको पनि खुलेको छ ।
उनलाई सीसीटीभीमा देखिएको तस्बिरका आधारमा ह्युष्टन प्रहरीले पक्राउ गरेको थियो । बुधबार ट्राफिक लाइटमा सवारी साधन रोकिँदा उनी देखिएको प्रत्यक्षदर्शीको सूचनाको आधारमा प्रहरीले बबी सिंहलाई पक्राउ गरेको हो ।
उनीविरुद्ध जघन्य हत्याको अभियोग लगाइएको छ । जघन्य हत्याको अभियोग टेक्सासमा हत्याको सबैभन्दा गम्भीर रूप हो, जसमा मृत्युदण्डसम्म हुनसक्ने कानुनी व्यवस्था छ । बबीसिंहले लुटपाटका क्रममा घातक हतियारको प्रयोग गरी आशययुक्त तरिकाले मुना पाण्डेको गोली हानी हत्या गरेको अदालती कागजातमा उल्लेख गरिएको छ । उनीविरुद्ध २६२ औं स्टेट डिस्ट्रिक्ट कोर्टमा जघन्य हत्याको अभियोग दायर गरिएको हो ।
सेप्टेम्बर ३ मंगलबार बबी सिंहलाई अदालतमा पेश गरिने भएको छ । उनी विरुद्ध गैर कानुनी रुपमा हतियार बोकेको अर्को अभियोग पनि लगाइएको छ । गैरकानुनी रुपमा गाडीमा हतियार बोकेको र हतियार कभरले नछोपी देखिने गरी राखेको उक्त अभियोगमा बबी सिंहलाई सेप्टेम्बर ५ बिहीबार अदालतमा पेश गरिने भएको छ । शाहलाई ह्यारिस काउन्टी जेलमा राखिएको छ ।
मुना पाण्डे सोमबार साँझ गोली लागेको अवस्थामा अपार्टमेन्टमा भेटिएपछि प्रहरीलाई खबर गरिएको थियो । सोमबार बेलुका ५ बजेर ३५ मिनेटमा प्रहरी घटनास्थलमा पुग्दा उनलाई मृत अवस्थामा फेला पारेको थियो । उनी परिवारमा एकमात्र सन्तान हुन् ।
उनको शनिबारदेखि नै फोन अफ रहेकाले घटना शनिबार नै भएको हुनसक्ने आशंका गरिएको छ । तर घटना कहिले र कसरी भएको हो भन्नेबारे अझै पुष्ट विवरण प्राप्त भएको छैन । घटनाको उद्देश्य के थियो भन्नेबारे प्रहरीले अनुसन्धान गरिरहेको छ ।

काठमाडौं । कोसी प्रदेशसभाको बैठक आज दिउँसो १ बजे बस्ने भएको छ ।
कोसी प्रदेशसभा नियमावली, २०७४ को नियम ६ को उपनियम ३ बमोजिम बैठक बस्न लागेको कोसी प्रदेशसभा सचिवालयका सचिव गोपालप्रसाद पराजुलीले जानकारी दिए ।
यसअघि भदौ १८ मा बैठक बस्ने तय गरिएको थियो । विशेष कारण भन्दै आजका लागि बैठक बोलाइएको हो ।
गत असार ८ गते १३औँ बैठक बसेपछि अर्को सूचना जारी नभएसम्मका लागि कोसी प्रदेशसभाको बैठक स्थगन भएको थियो ।
मन्त्रीमण्डललाई पूर्णता दिएर आज प्रदेशसभाको बैठक बस्ने भनिएको मुख्यमन्त्रीको चाहना काँग्रेसको कारण पुरा नहुने भएके छ । काँग्रेसले मन्त्रीको नाम टुँगो लगाउन नसक्दा मन्त्रीमण्डल विस्तारमा समस्या भएको हो ।
विराटनगर । पाँचथरको फालेलुङ गाउँपालिका–५, डाँडागाउँमा हिजो भएको विस्फोटमा परी घाइतेमध्ये दुई बालबालिकाको मृत्यु भएको छ ।
घटनामा घाइते दिलीप साँवाकी अढाई वर्षीया छोरी प्रिन्सा र ११ वर्षीय छोरा दिप्सनको मृत्यु भएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रहरी नायव उपरीक्षक हेमन्त भण्डारी क्षेत्रीका अनुसार प्रिन्साको उपचारका लागि लैजाने क्रममा बाटैमा र दिप्सनको इलाममा उपचारको क्रममा मृत्यु भएको हो ।
स्थानीय आइतराज केरुङको घरमा हिजो भएको विस्फोटमा चारजना बालबालिका घाइते भएका थिए । ज्ञानबहादुर राईका ९ वर्षीय छोरा पवन र अर्का एक बालकको अवस्था सामान्य रहेको बताइएको छ ।
प्रहरीका अनुसार ग्रिनेडजस्तो देखिने वस्तु विस्फोट भएको थियो । यसबारे प्रहरीले अनुसन्धान भइरहेको जनाएको छ ।