२०८२ चैत्र २१ शनिबार
२०८२ चैत्र २१ शनिबार

टीओआरमा सहमति जुटेन , कांग्रेसले माग्यो थप समय

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले संसदीय छानबिन समितिसम्बन्धी कार्यादेश (टीओआर)बारे छलफल गर्न समय मागेको छ।

आइतबार बिहानदेखि सिंहदरबारमा जारी बैठकमा कांग्रेसले छलफलका लागि २० मिनेटको समय मागेको नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौलाले जानकारी दिए।

‘केही समयमा फेरि बैठक बस्नेगरी नेपाली कांग्रेसले २० मिनेटका लागि छलफल गर्ने भनेर समय मागेको छ,’ बर्तौलाले सिंहदरबार बैठकपछि भने।

उनका अनुसार करिब करिब सहमतिको ठाउँमा पुगेपनि फिनिसिङ भने भइसकेको छैन।

‘आज बेलुकीसम्म फिनिसिङ गर्न सक्छौँ जस्तो लागेको छ,’ उनले भने। समग्र सहकारीको समस्या समाधान होस् भनेर छलफल लम्ब्याइएको पनि उनले बताए।

छुटाउनुभयो कि ?

error: कपि गर्नु राम्रो होइन ! कृपया आफ्नो भाषामा लेख्नु होला !

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।